भुवन केसीको डायरी

/
0 Comments

जीवनमा के मात्रै गरिएन । म नेता भए, डाक्टर भए, वकिल भए, समाजको अगुवा भए तर सबै फिल्ममा मात्रै । फिल्ममा हुनु र जीवनमा हुनु फरक कुरा रैछ । फिल्ममा त एउटै डाईरेक्टरको आदेश माने हुन्थ्यो । उसलाई घुर्की लाएपनि हुन्थ्यो । तर राजनीतिमा त्यस्तो हुंदो रैनछ । डाईरेक्टर पनि कतिथरीका हुन ? भनिसाध्धे भए पो, गनिसाध्धे भए पो । सम्झदै दिक्क लाग्छ । 

फिल्ममा कथा मोडिन्छ । कथासंगै पात्रको जीवन पनि मोडिन्छ । तर राजनीतिमा कथा एकातिर पात्रको जीवन अर्कोतिर हुंदो रैछ । बल्ल आज थाह पाए । म सधै चर्चाको वरिपरी रहे । त्यही चर्चाको फेरो समातेर राजनीतिको धुरी चढछु भन्ने लागेको थियो । त्यसका लागी मैले के मात्रै गरिन । सम्झेर ल्याउंदा पनि आफैदेखी दिक्क लाग्छ । वाक्क लाग्छ । केटी घुमाएको वात लाग्यो मैले सहेरै बसे । मेरो पार्किङ्ग गरेर राखेको कार आफै हल्लियो भनेर मान्छेहरुले हल्ला चलाए । म चुपो लागेर बसे । कोटेश्वरमा अर्काको श्रीमानले मलाई कुट्यो भनेर पनि कतिले कुरा काटदै हिडे । अझै मेरा विरोधीहरुले त त्यतिबेला सानोतिनो भोज नै गरे रे ? तर म कुरा काटनेदेखी डराउने मान्छे भए पो । सबै कुरा पचाईदिए । तर यही एउटा कुरा पचाउन सकिन, राजनीतिको झेली खेल । झेली खेल त मैले पनि खेलिदिएको हुं । तर खेल्दा खेल्दै के के भो के के । एमाले भन्ने पार्टी पनि उस्तै रैछ । मदन भण्डारी बांचेको भए सायद यस्तो हुदैनथ्यो कि । 



टिकट पाएको खबर पाउनेवित्तीकै एक पेग हृविस्की पिए । जिउ नै चंगा भएको थियो त्यतीबेला । केही पत्रकारले फोन गरेर बधाई पनि दिए । त्यसरी दिएको बधाई नलिने कुरै भएन । केही अनलाईनलाई त अन्र्तवार्ता नै दिए । काईदाको उत्तर दिएको थिए । मेरा कुरा काटनेहरुको त सात्तै गएको थियो । दिनभर बधाईको ओईरोले केही काम गर्न भ्याएको भए मार्दिनु । 

तर आजको दिन अपसकुनले भरिएको दिन रैछ । यस्तै दिनलाई होला सायद मान्छेले कालो दिन भन्ने । मेरो टिकट त खोसिएको कुरा पो सुने । सुरु सुरुमा त विरोधीहरुले हल्ला फैलाएको होला भन्ठाने । तर जब हल्ला हैन सत्य भन्ने थाह भो । मलाई भाउन्न छुट्यो । पृथ्वी नै ग्लोब घुमेजस्तै भयो । मेरा आंखा तिरमिराए । मेरो कंचट तातो भयो । मेरो खुट्टा लगलगाए । यतिका धेरै फिल्म फल्प हुंदा पनि मलाई यस्तो भएको थिएन । धरोधर्म कहिल्यै यस्तो भएको थिएन । कम्ता झ्वाक  चलेको थिएन त्यतिबेला । हुनेभए फिल्ममा बोलेका तर सेन्सरमा परेका शब्दहरु मिसाएर डाईलग मार्दिने थिए । तर कसलाई भन्नु ? कसले सुनुन मेरो कुरा । 
थुक्क जिन्दगी । यो उमेरमा आएर यस्तो होला भन्ने ठानेकै थिईन । एमालेले मजाक गर्यो ।  त्यस्तो पनि कही पार्टी हुन्छ । म जस्तो हिरोलाई पनि तिनीहरुले पत्याएनन । तिन्ले मेरो फिल्म हेरेका भए थाह पाउदा हुन म को हुं भनेर । 

फिल्ममा हिरोको रोल पछि आउछ भन्थे । तर राजनीतिमा त्यस्तो हुंदो रैनछ । हिरोको रोल त पछि नै आयो । तर आउनेवित्तीकै खोसीयो । यस्तो पनि फिल्म हुन्छ कहिको । एमाले भन्ने पार्टीको डाईरेक्टर नै ठिक छैन । scriptमा नै नभएको सिन देखाईदियो । चुनाव त होला नहोला । तर एमालेले बनाएको चुनावरुपी फिल्म चल्दैन भन्ने मैले ठोकुवा गरिसके । 

अब के गर्नु गर्नु भो । आत्मा भतभती पोलीरहेको छ । लास्टमा आएर यस्तो गर्लान भन्ने नै लागेको थिएन । तर नलागेकै कुरा हुंदो रैछ । अब अर्को पार्टीमा जाने समय पनि छैन । जान भ्याए पो जानु । मझधारमा पारेर छोडिदिए । बरु अस्ति नै कमलदाईको पार्टीमो फुत्त गईहालेको भए हुने रहेछ । ठूलो पार्टी भनेर यतैको माया गरियो । घुर्की लाएर पनि यतै बसियो । अहिले लोप्पा ख्वाईदिए । 



You may also like

Powered by Blogger.

.

.

.

.