के टाउकोले पेटको ऋण खाएको छ ?

/
0 Comments
जनकराज सापकोटा 

हजारौ देवता ढोगेको निधार बोकेर मानीस बाच्ने यात्रामा निस्किएका छन । कैयन पहाड नाघेका पाईतालाहरु शरिरको भार बोकेर गाउबाट शहरतिर, शहरबाट राजधानीतिर र राजधानीबाट वर्षौदेखी भनीदैआइएको म्लेच्छको देशतिर कुदीरहेछन । मानीस अजिवका रहस्य भईदिएका छन, हिजोआज । तिनका पाईतालाबाट आंकक्षाका वेली लहराहरु टुसाईरहेका छन र आखामा अमूर्त जिन्दगीको सपना कुदीएको छ ।
copy from : http://www.deviantart.com/morelikethis/174346752?view_mode=2
कहीलेकाही तिनै सपनाहरुमा जेलीएर, कहीलेकाही तिनै रहरहरुमा बेरीएर आत्महत्या गर्नेहरुको समाचारले अखबारहरु भरीन्छन । र तिनै मृतकहरुको मुचुल्का उठाएर एउटा सिपाही आफ्नी स्वास्नीका लागी एक जोर खुशी किन्छ ।

त्यहीदिनदेखी शहरमा प्रशंसाका भोका आत्माहरुका निम्ती कविहरुले प्रायोजीत कविता र गीतकारहरुले प्रायोजीत गीत लेखेका थिए । प्रायोजीत कविता र गीतहरुमा गायकहरुले त्यही दिन स्वर भरेका थिए र संगीतकारहरुले धुन । त्यही दिनदेखी हो, शहरमा आत्महत्याको संख्या वढेको । सोही दिन समाजशास्त्रीहरुले टेलीभिजन च्यानलहरुमा आत्महत्याका सामाजीक कारणहरुबारे प्रवचन दिईरहेका थिए । तिनीहरु समवेत स्वरमा भन्दै थिए, कारण जे भए पनि आत्महत्या तत्क्षणको आवेगको परिणती हो ।


 त्यो सांझ म शहरको कुनै गल्ली छेउमा उभीएर हेरीरहेका थिए, एउटा दुव्र्यसनीको चर्तिकला । जो दिनभर शहरका अस्पतालहरु चहारेर दुई चार पिन्ट रगत बेच्छ र साझपख कुनै गल्लीको कुनामा उभीएर पाखुरामा सिरीन्ज खोप्छ । उसको नाम, थर र मान्छे हुनका निम्ती चाहीने परिचयका आधारहरु मलाई थाह थिएन । तर पनि उ नसाको सुरमा बेलाबखत कवीजस्तै भावुक हुन्थ्यो । कहीलेकाही कविता नै भट्टाएझै गरेर बोल्थ्यो । एकदिन नसाकै सुरमा उसले आकाशतिर हेर्दै भनेको थियो,  "यो शहरमा सपना देख्ने पनि ढंग हुनुपर्छ । जुन मैले जानीसकको छु । हिजोआज यस्तो लाग्छ, आकाश मेरै हो र ताराहरु मेरै हुन । त्यसैले म आत्महत्याबाट जोगीएको छु ।" उसले देखाईरहेको आकाशमा त्यतिबेला एउटा जेट बोइङ्ग मैला कपडा र घुर्मैलो सपना बोकेका तन्नेरीहरुलाई खाडीतिर ओसार्दै थियो । 

उस्तै छन मान्छेहरु, पहाडतिर पनि । बेसीतिर पनि । गाउतिर पनि । शहरतिर पनि । निजी जिन्दगी बाचेर नअघाएकाहरु, सपना नदेखेर पनि थाकेकाहरु हिजोआज शहरतिर आफ्नो जिन्दगीको गीत गाईदिने गायक खोजीमा जुटीरहेछन । आफ्नो जिन्दगीको कथा लेख्ने निजी कथाकार, आफ्नो जिन्दगीको लय बुझीदिने निजी कवीको खोजीमा तिनीहरु दौडीरहेछन । अखबारमा निस्कीने कैयन वर्गीकृत विज्ञापनहरु यस्तै आवश्यकताका उपजहरु हुन । साच्चै हो, हिजोआज बजारले मानीसको सपना, खुशी, र रहरहरुको आकार निर्धारण गरिदिन थालेको छ । र मान्छेहरु मूल्य तिरेर आफ्नै सपना किनिरहेछन । कस्तो अनाठौं हरेक मान्छेहरु प्रायोजीत हुन दौडीरहेछन । त्यही साझ हो, मैले असनको व्यस्त चोकमा श्रीमतीले थमाईदिएको आवश्यकताको लामो सुची हेर्दा हेर्दा भक्लक्क बेहोस भएका एउटा अधवैशे केटोको गोजीमा ड्रेन्ड्राईड भेटेको । त्यो केटो त्यसरी बेहोस भएको दोस्रो पटक थियो ।  पहिलोपटक रत्नपार्कमा राजतन्त्र मुर्दाबादको नारा लगाउदा उ राजनीतिको तापले पग्लीएर बेहोस भएको थियो र अखबारको सिरानमा समाचार बनेको थियो । 
जड्याहा लोग्नेको रातको भार, विरामी बुढाबुढीको दिनको मार र केटाकेटीको स्कूलको शुल्क देखेरै एउटी अधवैंशे हिजोआज शहरमा पागल भएकी छे । मेरै आंखाले देखेको हो, त्यही केटीको छेवैबाट हो, एउटा नेता हुईकीएको । जो सोझै सिहंदरबारभीत्र छिरेर, एउटा अर्दलीलाई आफ्नो बारेमा अखबारमा भ्रामक समाचार छापिएको रिसमा बेस्सरी भकुरेको थियो । त्यो नेता उही थियो, जसले कुनैबेला त्यही अधवैशे केटीको लोग्नेलाई जागीरबाट छुटाएर राजनीतिमा हाम फाल्न उक्साएको थियो र "रक्सी नखाने पनि मर्द हुन्छन" भनेर उक्साएको थियो । त्यही नेताको पछी हिडदा हिडदै उसको असल लोग्ने दुई चार महिनापछि  आठदश पेग लडाउन सक्ने भएको थियो । समयको छोटो दौडमै नेता मन्त्री भयो र उसले लोग्ने जड्याहा ।  

त्यो पग्ली केटी र उसको जड्याहा लोग्ने सुदूरको एउटा गाउबाट दशकअघी आफुभन्दा ठूलो सपना र भोक भन्दा थोरै भोजनको जोहो गरेर राजधानी छिरेका थिए । उनीहरुले छोडेको त्यो गाउ अहिले अर्के भईसकेको छ । जहां हरेक साझ बुढा बाबुहरु र बुढी आमाहरु कम्युटर अघी उभिएर आफ्ना सन्तानसग भर्चुअल संवाद गर्छन र दिनभर विदेशीएको छोराकै भजन गाउदै समयको संगीत भर्छन । श्रीमानको माया खोज्न श्रीमतीहरु मनी ट्रान्सफर धाउछन । जसले विहे गरेपछि मन फुकाएर आफ्ना श्रीमानसग मधुमास मनाउन पाएका छैनन । जसले श्रीमानको तस्विरबाट, टेलीफोनमा गरीने संवादबाट र भर्चुअल क्रियाबाट बाहेक दाम्पत्य जीवनको मधुरता चाखेका छैनन । तिनै स्वास्नीमध्येकी एक हो, जसको कथा मैले पढेको थिए, कुनै अखबारमा । जहा यस्तो लेखीएको थियो, 

चिटिक्क परेर, साडीको सप्को मिलाउदै कुई कुई आवाज आउने साईकलको पेडल पेलेर उनी नजिकैको बजार पुगेकी थिईन । साईकलको क्यारिअरमा हजुरबाको गम्छामाथी टुसुक्क बसेकी उनकी फूलजस्ती छोरीको हातमा थियो, अरबबाट उनको लोग्नेले पठाईदिएको ल्यापटप । त्यही भाडो चलाउन नजानेर हिजो रातभर उनी छटपटीएकी थिईन । सुक्सुकाएकी थिईन । बिजुली पसलेले झन्टै १५ मिनेट खर्चेर उनलाई ल्यापटमा सिडी राख्न र फिल्म हेर्ने तरीका सिकाईदिएको थियो । उनी निहुरी परेर पसलेले सिकाएका सिपहरु ज्ञानी भएर सिकीरहेकी थिईन । आडैको अधवैंशे उनी निहुरी पर्दा देखीने उनको छातीको खोच देखेर मुख मिठ्याईरहेको थियो । एउटा अश्लिल भोजपुरी फिल्म र ल्यापटपमा फिल्म हेर्ने सिप सिकेर उनी घर फर्केकी थिईन । 

त्यही साझ देखी हो उनको घरमा झगडाको आगो सल्कीएको र उनी सदरमुकाम सर्नु परेको । भएको के थियो भने, साझ चुल्हो, चौको सकेपछि र छोरी निदाएपछि उनी काखमा ल्यापटप राखेर ब्लुफिल्म हेर्ने मुडमा थिईन । जवानी न हो, बलिहाल्छ । राम्ररी मुधमास समेत नमनाई अरब हानीएका लोग्नेको यादले र उनले पठाएको पैसाले मात्रै सबैथोक कहा किन्न मिल्छ र ? सिडी घ्याइइइ आवाज गर्दै सिडीरुममा छि्र्यो । फिल्म सुरु भयो । उनले Em्यालको पर्दा तानिन, ढोकाको खिड्की लगाईन । तर ल्यापटपबाट आएको यौन उत्तेजनाको चर्को आवाज कोठाभरी फैलीदा पो उनी झसंग भईन । आवाज कसरी घटाउने भन्ने उनलाई थाहै थिएन । दिउसो त उनले फिल्म हेर्ने तरिका मात्रै पो सिकीन ।  आवाज चर्कीदै गयो । उनी डराउदै र हडबडाउदै गईन । मध्यरातमा बुहारीको कोठाबाट आएको यौन उत्तेजनाको चर्को आवाजले उनका सुसुरा उठे, सासु उठिन र आडैको कोठमा रहेको देवर पनि । जब ससुराले ल्यापटपमा सल्वलाईरहेका तरुना तन्नेरीको चर्तिकला देखे तब बाघ गर्जीएझै गर्जीदै भने, मर्दमा हामी त यस्ता थिएनौ त । कही नभाको तेरो वैश । त्यसपछि उनका ससुराले अरु दुईचार थान गाली र थप्पड संगै बर्साए । त्यसैको भोलीपल्ट देखी उनको घरसंगको साईनो टुट्यो - पात्रहरुको गोपनियताका कारण नाम उल्लेख गरीएको छैन) । 

यही समाचारकी पात्र जस्तै कैयन अभागी स्वास्नीहरु हिउले खाएको रुखजस्तो वैश बोकेर बाच्न बाध्य छन । विचरा केटाकेटीहरु जसलाई आफ्ना बाबुको दाह्री तानेको सम्झना छैन । जसलाई आफ्नो बाबुलाई घोडा बनाएर खेलेको याद छैन । जसलाई आफ्ना आमा र बाबुबिच बेलाबखत चल्ने लुकामारीको याद छैन । कठै केटाकेटीहरु मायाको अभावमा आफ्नो उमेरसंगै एउटा हठ र जिद्धी पनि हुर्काउन बाध्य छन् । आकार नभएको सपनाहरुको भारी बोकेर स्कूल र घर गर्न अभिसप्त छन् ।  

गाउहरु गाउजस्ता छैनन । शहरहरु पनि शहरजस्ता छैनन । भाले नबास्ने विहानहरु, घाम नअस्ताउने साझहरु र जुन नदेखिने रातहरु मान्छेका निम्ती पि्रय बनेका छन । स्त्रिmनमा देखीने जीवनका लय पढेर, टेक्स्ट म्यासेजमा फक्रिने प्रेमको फूल हुर्काएर, सामाजीक संजालबाट गासिने मित्रताको डोरी बाधेर मान्छेहरु हतारको यात्रा गरीरहेछन । सबैसंग भ्रमका आ आफ्नै संस्करणहरु छन् । त्यस्ता संस्करणहरुले मानीसलाई जिउंदो राखेको छ । 

मानीसहरुका जिवीकोपार्जनका आ आफ्नै आधारहरु छ्न । सरकार छ भन्नुको सबैभन्दा ठूलो आधार यही हो । वर्षौदेखी मेनपावरहरु खेलाईरहेछन जीवनको जुवा र बेरोजगारहरु थापीरहेछन, जीवनको च्याखे । व्युटीपार्लरहरु पोतीरहेछन मानीसका अनुहारमा अनेक रंग । कपडा पसलेहरु बेचीरहेछन, अनेकन आवरण । मानीसहरु जस्तो देखीन्छन, त्यस्ता छैनन । जस्तो बोल्छन त्यस्ता हुदैनन । कस्मेटिक शहरको विशेषता भनेकै यही हो । 

यही शहरमा भाडाको जिन्दगी बाच्न एअरपोर्टमा लामबद्ध बहादुर नेपालीहरुको भिडमा मैले देखेको थिए, उसलाई । जसका झोलामा बुढा बाबुआमाले हालीदिएका अपेक्षा र आकंक्षाहरुका कोपीलाहरु थिए त्यतिबेला । अनि उसको आखामा भने, कौतुहलता मिसीएको अनौठो डर सल्बलाईरहेको थियो । त्यो त्यही केटो हो, जसले गरेको थियो, हजारौ तन्नेरीहरुलाई समेटेर रोजगारीको लागी देशभीत्रै आन्दोलन । त्यही बेला हो, उसले प्रधानमन्त्रीलाई भेटेको र ज्ञापनपत्र बुझाउदै गरेको तस्विर अखबारमा छापीएको । वर्षदिनसम्म कतारमा रगत बगाउदा पनि उभो लाग्न नसकेर त्यही केटो महिनादिनपछि काठमाडौं फर्केको थियो र श्रृणको तापबाट बच्न दुव्र्यसनको शिकार बनेको थियो । जसलाई हिजोआज मैले शहरमा नचाहेर पनि भेटनुपर्छ र हात पसारेर मागेका बेला पांच/दश रुपिया दिनुपर्छ । मैले दिएकै पैसाले त उसलाई के हुन्थ्यो र ? तर दिनभर मागेको पैसाले उसलाई साझंको एक डोज सजिलै पुग्थ्यो । सरकार छ र त उसले बिना कुनै संकोच शहरमा जतासुकै एक डोज किन्न पाएको छ । 

भ्रम हो की वास्तविकता । सत्य हो कि झुट । रंगमंचबाट ओर्लीसकेपछि पनि आफुलाई जीवनका वास्तविक लयमा फर्काउन नसकेको रंगकर्मीहरु । अमूर्त चित्र कोरीसकेपछि आफूलाई मूर्त बनाउन नसकेको कलाकारहरु । कक्षा सकिएपछि पनि लगातार प्रवचन दिईरहने प्राध्यापकको जीवन । जागीरबाट फर्केपछि पनि निरन्तर फरमान जारी गरीरहने सिपाही । यस्तै मान्छेहरुको जमातले भरीएको छ समाजको रंग । असंगतीहरुको थुप्रोले किचीएको छ शहर र गाउ । यस्ता असंगतीबाट भाग्न चाहनेहरुका लागी ठाउ छैन । पहाडमा उक्लिने बाटो छैन र मधेशमा उखरमाउलो गर्मीले सुस्ताउने चौतारीहरु छैनन ।  शहर त शहर भैगो, जो खलासीहरुको गाली र अश्लिल शब्दहरुको गुम्फनले गन्हाएको छ । 

किन्डरगार्डेनमा केटाकेटीहरु बा आमालाई ड्याडी र मम्मी भन्न सिक्छन । हजुरबा र हजुरआमालाई बा र आमा भन्न सिक्छन । केटाकेटीहरु त्यहा बोतलको दुध चुस्छन जसको बदलामा किन्डरगार्डेनका संचालकहरु अभिभावकको रगत । तिनै केटाकेटीहरु स्पाईडरम्यान बन्छन र खुट्टा भाच्छन । फुर्सदले च्यापिएर बुढाबुढीहरु पौराणिक कालको नारद बन्छन र कुराको आगो सल्काउछन । बैशले च्यापिएर बैशालुहरु कृष्ण बन्छन र लिला मच्चाउछन । आफुलाई मोबाईलमा पुस्ता ठान्नेहरु शहरमा जलवायु परिवर्तनको शिकार भएका छन । तिनीहरुको अर्मूत चित्र जस्तो सपना देख्छन र भन्छन, "शहरमा सपना देख्ने वातावरण छैन । जसका निम्ती मुधशाला धाउनुको विकल्प छैन ।"  

शहरमा राजनीति सबैभन्दा धेरै विक्छ । राजनीतिलाई गाली गरेरै धेरैजना राजनीति गर्छन । तिनीहरु चिया पसलमा अनेकन तर्कना गर्छन । दिनभर उम्हाल्दा पनि कडा रंग छोडीरहेको चियापत्तीको गुण देखेर मख्ख परीरहेकी साहुनीको अनुहार हेर्छन र गफको प्रकृती बदल्छन ।  जसका निम्ती कुनै सिद्धान्तको जरुरत पर्दैन । विना सितनको मदिरा जस्तो । हिजोआज न सूर्य चियाको गिलासबाट उदाउछ न मदिराको गिलासमा अस्ताउछ । मनमौजी दर्शन बोकेर दौडीरहेछन जिन्दगीका हुलहरु । जसको गती अश्वमेध यज्ञको घोडाजस्तो छ । तर तिनीहरुको यात्रा वर्षौदेखी एउटै चक्रपथमा खुम्चीएको छ । एउटा अज्ञात डरले "बहादुर" मान्छेहरुलाई कोपरीरहेको छ, गाउतिर र शहरतिर । 

गुनासोको चाङ बोकेरै पेन्सन पकाएका जागीरेहरु । यात्रुलाई गाली गर्दा गर्दै पदोन्नती भएर ड्राईभर भएका खलासीहरु । सबै जनाले म संगको भेटमा भनेका थिए, साला,पेट भर्नका निम्ती दिमाखलाई दुःख दिनुपरेको छ । के टाउकोले पेटको ऋण खाएको छ ? 



You may also like

Powered by Blogger.

.

.

.

.