कानसिङ : जीवनको कसीमा

/
0 Comments

मेरा निम्ती कानसिङ चेपाङको जिन्दगी लय मिलेको गीत हो, रंग मिलेको तस्विर हो र एउटा शसक्त कविको कविताका हरफहरु हुन । ०६९ फागुनमा चितवनको विकट पहाडी गाउ कान्दामा भेटदा उनी म संग यसरी हौसिएर गफ गरिरहेका थिए कि, उनको अनुहार तप्किएका खुशीहरु नाप्न मलाई हम्मे हम्मे परिरहेको थियो । म पहिलोपटक उनलाई भेटदै थिए, उनी मसंग पहिलोपटक गफ गर्दै थिए । तर उनी यसरी म संग गफ गर्न तयार भएका थिए कि, मानौं, हामी दशकौं अघी कुम्भ मेलामा छुटि्टएर भेटिएका मित्र हौं ।

कानसिङको गाउमा मोबाईल टिप्दैन । विजुली छैन । पानी खान खोल्सा धाउनुपर्छ । स्वास्थ्यचौकी पुग्न ५ घण्टा हिडनुपर्छ । सरकार देख्न चाही चुनाव आउनुपर्छ । तर कानसिंङको अनुहारमा भने दुःखको कुनै लेस छैन । किनकी हामीले भनेको, हामीले देखेको सुख उनका निम्ती खासमा सुख हैन । किनकी उनी शहर छिरे निसास्सिन्छन । भन्दै थिए, पाखोबारीमा मकै फल्छ, कुखुराले बारम्बार फूल पार्छ, मिहनेत गरेर बुनेका बासका एकाध डोका सजिलै विक्छ । हातमा पैसा परेको बेला लोकल रक्सीको स्वाद लिन पाईन्छ । अनि के को दुःख हौ,सर । उनले लेघ्रो तानेझै गरेर भने । उनका सम्बोधनमा म एउटा 'सर' थिए । कानसिंङहरुका निम्ती शहरबाट आएका सबै मान्छेहरु सरहरु हुन । तर उनलाई थाह थियो कि थिएन, यि सरहरुले कानसिङहरुको जीवनको लय बुEmने सार्मथ्य राख्दैनन ।



कानसिंङ एकवर्षअघी काठमाडौं छिरेका रैछन, दोस्रोपल्ट । पहिलोपल्ट भने २०४० सालतिर छिरेका रैछन । भन्दै थिए, काठमाडौंका घर त पहाड जस्ता रैछन । तर जत्रा घर भएपनि के गर्नु मान्छेलाई बस्ने ठाउ पुग्दो रैनछ । उनी यति भनेर जोडसंग हासे । उनको हांसोले शहरप्रति व्यङ्ग्य गरिरहेको थियो । उनी हास्दा चाउरी परेका गालाको छाला खुम्चियो । त्यो खुम्चाईको गहिरोभीत्र कहिकतै अनौठो भाव छिपेको थियो । जसलाई मैले बुEmन सकिन । किनकी जीवनको लय पढन मैले सिकेकै थिईन ।

स्कूलका वर्णमालाहरुमा वाह्रखरी पढेकै हो । तर धेरै पछि मात्रै मैले थाह पाए, वर्णमालाहरुले जीवन पढन सिकाउदैन । जीवन पढन मान्छेको अनुहार पढन सक्नुपर्नेरैछ । कानसिङसंग मैलै झण्डै एक घन्टासम्म गफ गरे । उनले मेरा प्रत्येक प्रश्नको उत्तर दिदां आफ्नी श्रीमतीतिर हेरेर लजाईरहेका थिए । उनी श्रीमतीसंग झगडा पनि गर्छन रे बारम्बार । उस्तै परे कुटिहाल्छन रे । तर पनि भन्दै थिए, माया गर्छु र त कुटेपछि उसैसंग रुन्छु । कुरो सुनेर आडैमा रहेकी उनकी श्रीमती हासिन मात्रै । केही बोलीनन । मैले सोधे, कुरा क्या हो, दाईले कुटछन रे त हो ? उनले मसक्कै मस्केर भनिन, कुटछ, मुर्दारले । उसले सक्या बेला उसले, मैले सक्या बेला मैले । श्रीमतीको जवाफ सुनेर कानसिंङ फेरी जोडले हांसे । उनको थोते दांत देखियो । म झनै हांसे ।
उनीहरु हांसिरहंदा मलाई लाग्यो, शहरतिरका अधिकारवादी संस्थाहरुले थाह पाएका हुंदा हुन त, कानसिङ एउटा श्रीमती पीडकमा दरिन्थे । उनी जवाफदेही नबनेको, अर्काको मानवअधिकार हनन गरेको र महिला हिंसामा सहभागी बनेको आरोपमा जाकिन्थे होला । तर धन्न कानसिङको गाउमा 'अधिकार'को हावा पुगेको छैन । उनीहरु आफ्नो मकै बादरबाट जोगाउछन, कुखुराको चल्ला चिलबाट जोगाउछ । त्यत्ति भए खान पुग्छ । अरु कुरा कानसिङका जीवनका तपशिलका विषय हुन ।

कुरा सक्नेबेलासम्म कानसिंङ म संग धेरै नै खुलेर बोल्ने भईसकेका थिए । उनले वुढेसकालमा पनि आफु यौनिक रुपमा सक्षम रहेको कुरा सुनाए । खितखिताएर हासे र मेरो काननजिकै मुख जोडेर भने, लाजमर्दो कुरा पो गरियो क्या हो सरसंग । मैले छैन, छैन, भनेर टार्न खोजे । तर उनका कुराले म भने कुतकुताईरहेको थिए । कानसिङको जीवनको लय बुEmन म कहां सक्थे र एक घण्टाको गफमा । मलाई र्फकन हतार भईसकेको थियो । 


You may also like

Powered by Blogger.

.

.

.

.