/
0 Comments
कुन समाचार कुन विज्ञापन

समाचार र विज्ञापनको भाषाविच नेपाली संचार माध्यममा उतिसाह्रो बहस भएको पाईदैन । समाचार नै विज्ञापन जस्तो र विज्ञापन नै समाचार जस्तो हुन नेपाली पत्रकारिताको अहिलको अभ्यास होईन । अखबारको घोडा चढेर व्यवसायको साम्राज्य जित्ने अभिष्ट बोकेका व्यापारी र संचार माध्यम चलाएर नाफाको उद्योग खडा गनर्ेे संचार उद्यमी दुवै यसका निम्ती जिम्मेवार छन । समाचार र विज्ञापनविचको फरकपनाको विषयमा व्याख्या र बहस हुनु जरुरी छ । यस्तो वहस नभएसम्म नेपाली पत्रकारिताको अनुहार सफा हुने छैन । विश्लेषक सिके लालले सब ठिकठाक शिर्षकमा नागरिक दैनीकमा ०६७ चैत २८ गते लेखेको लेखमा विज्ञापन समाचारको भाषाविचको फरकपनाको विषयमा केही उल्लेख गरीएको लेख राजनीतिक विषयमा भएपनि यसले मिडीयाका बारेमा पनि केही टिप्पणी गरेका कारण सान्र्दभिक हुने ठानेर उद्धृत गरीएको छ । सम्पादक ः जनकराज सापकोटा

समाचारका शीर्षक संवादाता वा सम्पादकले लेख्छन्। दुवै पत्रकार हुन्। पत्रकारको चासो समसामयिकतामा हुन्छ। खबर बदलिई रहन्छन्। त्यसैले शीर्षक पनि उही रहँदैन। एउटै पंक्ति बारम्बार नदोहोर्‍याइने हुँदा विज्ञापनका तुलनामा शीर्ष समाचारको स्मरणीय क्षमता कमजोर हुन्छ। समाचारको शीर्षक एवं प्रचार वाक्यबीच अर्को फरक पनि छ। खबर संकलन गरिन्छ। तर, विज्ञापन सामग्री प्रशस्त अनुसन्धानपश्चात् उपभोक्ता मनोविज्ञानलाई राम्रोसँग बुझेका विशेषज्ञ एवं सिर्जनशील पेसाकर्मीले संयुक्तरूपमा तयार गर्ने गर्छन्। प्रचार सामग्रीको एउटा पंक्तिको सिर्जना र उत्पादनमा लाखौ, करोडौ लगानी भएको हुन्छ। तिनको प्रभावका अगाडि जति नै तथ्यपरक भए पनि समाचार सामग्रीको केही लाग्दैन। प्रचारका सामुन्ने विचार नतमस्तक हुनुपर्ने हुन्छ। समाचार र विचारलाई पुनः एकपटक प्रचारले जितेको छ। मुलुकमा केही पनि ठीक छैन अहिले तर विज्ञापनले भनिरहेछ, 'सब ठीकठाक छ।


You may also like

Powered by Blogger.

.

.

.

.