/
0 Comments
पत्रकार बन्ने धामा

रमेशकुमार

हरिबिजोग एफएफ
स्नातक तह प्रथम वर्ष पढ्दैको कुरो हो, पत्रकार बन्ने हुटहुटीले मनभित्र सानोतिनो आन्दोलन नै गरिरहेको थियो। घा“टीमा प्रेस–कार्ड झुन्ड्याएर हि“ड्ने पत्रकार देख्दा लाग्थ्यो –…क्या भाग्य यार π आफू पनि त्यस्तै बन्न पाए π' हातमा …बुम' बोकी हि“ड्ने टेलिभिजन पत्रकारहरू देख्दा त झन् सडक किनारमा उभिएर तिनीहरूको …इर्ष्या' गरिन्थ्यो। त्यसैले, पत्रकार बन्ने धोकोले दिनहु“ पत्रिका पल्टाउनु र कुनै मिडियाले आवश्यकताको विज्ञापन गरेको छ, कि भनेर खोज्नु सानोतिनो दैनिकी नै हुन्थ्यो। त्यसमाथि आफू पत्रकारिताको विद्यार्थी नै हु“दा अझ हुटहुटी चल्थ्यो।
आवेदन भरेका कुनै पनि मिडियाले कहिल्यै बोलाउ“दैनथे। कुन्नि कताबाट हो, एकदिन एउटा खुल्दै गरेको एफएमले जा“च लिन भनेर फोन गर्‍यो। …पत्रकार बन्न पाइने भो' भनेर मन त्यसै–त्यसै फुरुङ्ग हुनथालिसकेको थियो। दुई चरणको जा“चमा पास भएपछि शुरु भयो – तालिम। तालिमका नाममा नबिराई झन्डै एक महिना एफएम धाइसक्दा पनि न एफएम खुल्ने चा“जोपा“जो थियो, न जागिरको पक्का।
यस्तैमा, एकदिन समाचार–प्रुमुख आएर भने, …पर्सिदेखि एफएम …अनइयर' हु“दै छ, हामीस“ग रेकर्डर छैन, सबैले एक/एक रेकर्डर किन्नुपर्‍यो।' धन्न सहमतिमा रिपोर्टरहरूले केही सय उठाएर व्यवस्थापनलाई बुझाए। त्यतिसम्म त ठीकै थियो, तर जब तलबको कुरा गरियो समाचार–प्रमुख र स्टेशन म्यानेजरले तीन/तीन महिना सबैले निःशुल्क काम गर्नुपर्ने प्रस्ताव गरे। थपमा उनीहरूले भने, …हामीपनि …फ्री' मा नै काम गर्दै छौं।' त्यसको भोलिपल्टदेखि एफएम धाइएन। तर, थाहा हुनआयो, …कतिपय साथीहरू एफएममा बोल्ने धोको पुर्‍याउन सित्तैमा काम गर्न मञ्जुर बनेछन्।

पत्रिका चलाउने …स्टायल'

एफएम छोडेपछि एउटा साप्ताहिक पत्रिकामा पुगे“। सम्पादकले शुरुको दिनमै भने, …हामी फलानो दलको फलानो नेताको पक्षका पत्रिका हौ“, तिनको हितमा लेख्नुपर्छ।' जेनतेन काम त शुरु गरियो, तर तलबको किटान अझै भइसकेको थिएन। एक महिना काम गरेपछि, जब तलबको कुरा गरियो सम्पादकजीले भने, …व्यवसायीहरूको अन्तर्वार्ता लिनुपर्‍यो र उनीहरूस“ग नै …बार्गेनिङ' गरेर पैसा लिनुपर्‍यो।' यति भनेर उनले हजारको नोट झिकेर दिए। यसको भोलिपल्टदेखि साप्ताहिक पत्रिकाको जागिरलाई पनि नमस्कार भनेर बिदा भइयो।

अन्तर्वार्तामा विवाद

विज्ञापन हेरेर आवेदन हाल्ने र जागिर खाने धोकोचा“हि निखि्रइसकेको थिएन। यस्तैमा, एकदिन एउटा ठूलै मिडियाले अन्तर्वार्तामा बोलायो। अन्तवार्ता औपचारिकता मात्रै हो, मलाई लिदैनन् भन्ने जानिसकेकाले त्यस दिन अन्तर्वार्तामा अलि …बोल्ड' नै बन्ने निधो गरिएको थियो। जब सम्पादकजीले भटाभट पत्रकारिता, समाचार र आम–सञ्चारमाध्यमका विषयमा प्रश्नहरू सोध्नथाले आफूले पनि सक्दो खनिएर जवाफ दिनथाले“। जवाफ मात्र होइन, अनि त पत्रकारिताका शिक्षकहरूले कक्षामा पढाए जति र आफूले जानेजति सिद्धान्तको दुहाइ दि“दै सम्पादकजीलाई उल्टै प्रश्न सोध्नथाले“, …पत्रिकाको मास्टहेडमा राष्ट्रिय दैनिक भन्ने ट्याग राख्ने, तर ऐश्वर्या राय के लगाएर सुत्छिन् भनेर छाप्नेखालको पत्रकारिता कसको लागि?' जागिरका लागि अन्तर्वार्ता लिन बोलाएको आवेदकले उल्टै प्रश्न सोध्नथालेपछि सम्पादकजीको कन्सिरी नतात्ने कुरै भएन। तिनले जङ्गि“दै भने, …तपार्इं मलाई पत्रकारिता सिकाउन आएको कि, जागिर खान?' सम्पादकस“ग विवाद गर्नेको जागिर कसरी हुनु?


आकर्षण/विकर्षण

जागिर खान के–के मात्र गरिएन? पत्रकारलाई चिन्नेजान्ने आफन्तलाई गुहारिएन कि? चिनेजानेका पत्रकारलाई …चिया खाने' बहानामा सानोतिनो …चाकडी' गरिएन कि? अथवा, दौडधुप के–के मात्र गरिएन? तैपनि जागिर भएन। जब एउटा एनजीओमा राम्रै जागिर मिल्यो, त्यसैबेला कुन संयोगले हो, पत्रकारिताको पनि एकसाथ मौका मिल्यो। अनि एनजीओको जागिर छोडेर शुरु गरियो, अनलाइन पत्रकारिता। शुरुतिर, खुबै आकर्षक लागेको पत्रकारिता पेशा यतिबेला भने रुचिविहीन बन्नथालेजस्तो लागेको छ। हातमा …बुम' बोकेर हि“ड्ने टेलिभिजनका कतिपय साथीहरूको दुःखको कथा सुन्दा पनि यो विकर्षण हुनथालेको हो कि? साथीहरू भन्छन्, …अझै पनि ४/५ हजारमा काम गर्ने टेलिभिजन पत्रकारहरूको कमी छैन।'

€€€€€€


रेडियोमा आवाज सुनाउने, टेलिभिजनमा अनुहार देखाउने र पत्रिकामा बाइलाइन लेख्ने …रहर'मा टिकेको पत्रकारिताले …प्रोफेसनालिजम' को टेको कसरी धान्न सक्ला? जवाफ थाहा छैन। हुन त, संख्यात्मक रूपमा बढेका मिडियाहरूलाई देखेर …बुज्रुक'हरूले …मिडिया–क्रान्ति' भनिदिइसकेका छन्, तैपनि केहीलाई छोडेर अझै पनि पत्रकारहरूको जीवनस्तर सुधि्रन सकेको छैन। एकजना मिडिया–समीक्षकले भन्दै थिए, …धेरै तलब पाउने भनिने पत्रकारहरू पनि पत्रकार–ठेकदार मानसिकताले ग्रस्त छन्।' पत्रकारहरूको ठेकेदार मानसिकता कहिले सप्रिएला?
स्रोत : यो साता, अंक ३१, वैशाख १७–२३, ०६७


You may also like

Powered by Blogger.

.

.

.

.