/
0 Comments
भ्रामक समाचार

– सुशील पन्त

वैशाख ५, २०६७ राति ९ः३० बजेको समाचारमा इमेज न्युज एफएमले संसद्बाट फोहर मैला विधेयक २०६५, पारित भएको समाचार बजायो। तर, त्यस दिन संसद्मा …विधेयकमाथि विचार गरियोस्' भनी प्रस्ताव पेश गर्ने कार्यसूची थियो। वैशाख ९ गते राति ९ बजेको समाचारमा कान्तिपुर एफएमले संसद्बाट व्यक्ति बेपत्ता कसुर सजाय विधेयक सर्वसम्म्त पारित भएको समाचार बजायो। त्यस दिन पनि संसद्को कार्यसूचीमा विधेयकमाधि विचार गरियोस् अर्थात् विधेयक स्वीकृत गरियोस् भन्ने कार्यसूची थियो।
वैशाख ७ गते राति १० बजेको समाचारमा नेपाल एफएम नेटवर्कले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महिला बालबालिका तथा समाजकल्याण मन्त्री …सर्वेन्द्रनाथ शुक्ल'को फाइल जफत गरेको समाचार बजायो। जब कि शुक्ल शिक्षामन्त्री हुन्, हुनुपर्ने समाजकल्याण मन्त्री सर्वदेवप्रसाद ओझा थियो। देशका विभिन्न पा“च दर्जन रेडियोबाट प्रसारित उक्त समाचार अन्तिमसम्म सच्चाइएन। भ्रष्ट्राचारसम्बन्धी उक्त संवेदनशील समाचारमा अर्काे व्यक्तिको नाम जोडिनु सामान्य गल्ती थिएन।
उपर्युक्त प्रतिनिधिमूलक घटनाले एफएम रेडियोको सूचना प्रस्तुतिको धरातल कति कमजोर छ भन्ने दर्शाउ“छ। रेडियो मात्र होइन, टेलिभिजन र अनलाइनमा पनि हरेक दिन गलत समाचार सम्पे्रषण भइरहेका छन्। कतिपय सम्दर्भमा भुलबश र कतियप अवस्थामा असावधानीवश यस्ता घटना दोहोरिन्छन्।
गत चैत्र २४ गते नागरिक न्युज, अनलाइन खबर र नेपाल न्युज डटकमले …डा. हरिहर वस्ती संयोजकत्वको संसदीय समिति'ले बर्दिया राष्ट्रिय निकुञ्जभित्र सेनाद्वारा तीन महिलाको हत्यासम्बन्धी प्रतिवेदन सार्वजानिक भएको समाचार प्रमुख रूपले प्रकाशित गरेका थिए। शुरुमा नागरिक न्युजले अपडेट गरेको समाचार केही मिनेटमै अनलाइन खबर र नेपाल न्युज डटकमले अपडेट गरेका थिए। अनलाइन खबरले नागरिक न्युजको खबरलाई सर्वसाधारणले थाहा नपाउने गरी तोडमोड गरेर अपडेट गर्‍यो। चोरले प्रमाण छाड्छ भनेझै“ अनलाइन खबर र नेपाल न्युज दबैले डा. वस्ती संयोजकत्वको संसदीय समिति उल्लेख गरेका छन्। यिनै न्युज अनलाइनलाई आधार बनाएर देशभरका कैयांै एफएमले दिनभर यस्तो गलत समाचार बजाए। वास्तविकता अर्कै थियो, संसदीय समितिकी सभापति सन्ध्या देवीको संयोजकत्वमा गठित समितिले सार्वजनिक गरिएको प्रतिवेदनको एउटा प्रसङ्गमा डा. वस्तीको नाम उल्लेख थियो। तर, यहा“का अनलाइन र एफएमले ह“ुदै नभएका व्यक्तिलाई संासद बनाइदिए।
आनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर हालैका साता दुई ठूला अखबारका सम्पादकहरूबीच वाक्युद्ध चलिरहेको छ। कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा माओवादीको कुनै गोप्य कार्यक्रममा गएको समाचार नागरिक न्युजमा आएपछि शर्मा र नागरिकका सम्पादक नारायण वाग्लेबीच जुहारी चलिरहको …सञ्चार बजार'मा व्यापक चर्चाको विषय बनेको। शर्माले आफू त्यस्तो कार्यक्रममा नगएको बताएपछि नागरिक न्युजले पछि सम्पादक शर्मा नगएको भन्दै समाचार सच्चाएको थियो। सोही अनलाइने नया“ वर्षको अघिल्लो दिन बेलुका प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्दै भनेर केहिबेर बे्रकिङ न्युज राख्यो। प्रधानमन्त्रीले नया“ वर्षको शुभकामना रेकर्ड गर्न बोलाएको थाहा भएपछि अनलाइले उक्त समाचार …डिलिट' गर्‍यो।
राजधानीको कुनै एफएम रेडियोले मन्त्रीपरिषद्को बैठकसम्बन्धी समाचारमा सूचना तथा सञ्चारमन्त्री शङ्कर पोख्रेललाई उद्धृत गर्दै मन्त्रीपरिषद् बैठकका एजेण्डा बताएछ। राजधानीमा मिडिया रिसर्चसम्बन्धी एक पुस्तक लोकार्पण कार्यक्रममा मन्त्री पोखे्रलले दुखेसो पोखे, …म मन्त्रीपरिषद् बैठकमा जाऊ“ कि एफएमलाई समाचार सच्चाउन लगाऊ“।' पोखे्रलले त्यो दिन कुनै पनि एफएमले आफूलाई टेलिफोनमा एजेण्डाबारे नसोधेको बताए। पोखे्रलले सञ्चारमाध्यम कति गैरजिम्मेवार छन् भन्ने दृष्टान्त पेश गर्न उक्त उदाहरण पेश गरेका हुन्।
मुलुकमा यदि विधिको शासन हु“दो हो त यी समाचार प्रसारण गर्ने व्यक्ति वा संस्था कारबाहीको दायरामा आउ“दा हुन्। तर, …मिडिया क्रान्ति'को आवरणमा सञ्चारमाध्यमलाई जे सम्प्रेषण गरे पनि छुट छ। गलत नियत नभए पनि क्षणिक लोकप्रियता वा सस्तो लोकप्रियताका नाममा सञ्चारमाध्ययमहरूले जनतालाई भ्रमित पार्ने काम गरिरहेका छन्। सम्भवतः सङ्क्रमणकालीन वा बहुलवादी समाजको यो विशेषता हो।
संसद् र संसदीय गतिविधिका समाचारमा गल्ती र त्रुटीहरू दोहोरिएका छन्। संसद्मा विधेयक स्वीकृत गरिएको प्रस्ताव पारित ह“ुदा …विधेयक पारित भयो' भनेर रेडियो मात्र नभई टेलिभिजनहरूले समेत प्रसारण गरेका छन्। यावत् कमजोरीका बावजूत नेपालजस्तो अल्पविकसित देशका लागि आगामी केही वर्षका लागि एफएम रेडियो नै प्रभावकारी सञ्चारमाध्यम हुन्। तर, आर्थिक दृष्टिले कमजोर भएका कारण उनीहरूको सम्पादकीय परिणाम गुणस्तरीय छैन।

स्रोत : यो साता, अंक ३१, वैशाख १७–२३, ०६७


You may also like

Powered by Blogger.

.

.

.

.