/
0 Comments

फ्ल्यासब्याक

ग्रामीण पत्रकारिताको अनुभव स“गाल्दा

– जनकराज सापकोटा

शहरकेन्द्रित पत्रकारिताको घोडा चढेर सिंगो देशको विश्लेषण गर्नेप्रवृत्ति नौलो होइन। त्यस्तो परिपाटिमा …म'भने गाउ“ जान लालायित थिए“। टेलिभिजन कार्यक्रम …मतअभिमत' र …राज्यको रूपान्तरण' निर्माणको करिब ३ वर्षको अवधिमा पूर्वी नेपालको ताप्लेजुङदेखि पश्चिम नेपालको कञ्चनपुरसम्मका ४० जिल्लाका विभिन्न गाउ“को भ्रमण गर्ने अवसर पाए“। यो अवसर मेरा निम्ति नेपाली गाउ“ र तिनको विकासक्रम बुझ्ने अवसर थियो। त्यो अवधि मेरालागि पत्रकारिताको विश्वविद्यालयबाट हासिल गरिने ज्ञानभन्दा विषद थियो।
भर्खरै सकिएको माओवादीको हिंसात्मक विद्रोहपछि खुलेका गाउ“हरू वास्तवमा नै आशाका हजार सपनाहरू बोकेर व्यू“तिएका थिए। अहिले ती दिनहरू सम्भ“्कदा मानिसको परिवर्तनको आशा सङ्कीर्ण राजनीतिले कसरी धुलिसात पार्दोरहेछ भन्ने थाहा हुन्छ।
दशक लामो द्वन्द्वपछि उघ्रेको गाउ“मा पसेर जनताका अभिमत बुझ्ने काम सजिलो थिएन, त्यसका निम्ति कैयन दुःख बेहोर्नुपर्ने थियो। गाउ“केन्द्रित पत्रकारिताका ती मेरा अमूल्य दिनहरू थिए। ती दिनका दुःख सम्भ“्कदा मलाई रमाइलो अनुभूति हुन्छ।
२०६० पौष ४ गते रातको बाह्र बजे बर्दियाको बदालपुर पुग्दा काठमाडौ“बाट बिहान छुटेको सिंगो टोली नै शारीरिक रूपमा थाकेका थियो। स्थानीय थारु समुदायका सदस्यहरूले हामीलाई स्कुलमै बेन्च जोडेर जेनतेन सुत्ने व्यवस्था मिलाएका थिए। ससाना केटाकेटी पनि त्यति रातिसम्म हामीलाई स्वागत गर्न उभिएका थिए। तिनीहरूको आ“खामा देखिएको सत्कारले हामी त्यसै फुर्तिला भएका थिया“ै। रातको बाह्र बजे स्थानीय मानिसले सत्कारले पस्किएको खाना खा“दा मेरो अनुहार तत्काल रातो भयो। अनुहारभरि पसिना बग्न थाल्यो। तरकारी यति पिरो थियो कि जीवनमै मैले त्यति पिरो स्वाद पाएको थिइन“। भोकले पेटमा मुसा दौडेका छन्। खाउ“्क भने पिरोले ज्यानै लिन आ“टिसक्यो नखाउ“्क भने भोकले मर्नै आ“टिसकियो। कस्तो आपत। खाना फाल्दा सत्कारको अपमान होला भन्ने पीर। नाकबाट धुवा“ निकाल्दै जेनतेन दुईचार गास निलेर कसलै देख्ला कि झ“ै गरेर खाना फाल्यौ“। त्यस रातभर भोकले पेट कराइरह्यो।

क्षमताभन्दा बढी यात्रु कोचिएको बस पिङ खेल्दै सदरमुकाम पुग्यो। कतिखेर शारदा खोलामा बस हामफाल्ने हो भनेर मेरो होसले ठाउ“ छाडेको थियो।

२०६४ वैशाखको २ गते दाङको तुलसीपुरबाट छुटेको बस रातको करिब बाह्र बजे नै रुकुमको सदरमुकाम खलङ्गा पुग्यो। बस यस्तो देखिन्थ्यो कि त्यसको नाम उठ राखेको भए पनि हुने। क्षमताभन्दा बढी यात्रु कोचिएको बस पिङ खेल्दै सदरमुकाम पुग्यो। कतिखेर शारदा खोलामा बस हामफाल्ने हो भनेर मेरो होसले ठाउ“ छाडेको थियो। जेनतेन सदरमुकाम खलङ्गा पुगियो। सदरमुकाममा बास नपाइने पक्का भएपछि बसमै सल्लेरी पुगियो, जुन सदरमुकामबाट मुस्किलले २ किलोमिटरको दुरीमा थियो। जेनतेन एउटा होटलजस्तो घरमा बास त पाइयो। काठको भर्‍याङ चढेर माथि उक्ल“दा कोठामा खाट थिएन। भुइ“भरी ओछ्यान लगाइएको थियो। ओछ्यानमा बिछ्याइएका कपडाहरू पुराना थिए र तिनीहरूबाट नराम्रो गन्ध आइरहेको थियो। नजिकै पालिएको सु“गुरको मलमुत्रको गन्ध झ्यालबाट आएको हावाले कोठासम्मै आइपुग्थ्यो। रातको बाह्र बजे अरु विकल्प पनि थिएन। जसोतसो रात काटियो। बिहान पा“च नबज्दै हामी सदरमुकाम झर्‍यौ“। त्यसपछि होटल खोज्ने काम पहिलो प्राथमिकतामा पर्‍यो। स्थानीय युवा प्रभातविक्रम शाह भन्दै थिए,–…के गर्नु सर यो गाउ“ पर्‍यो। तपाईंहरू नाक थुन्नुहुन्छ हामी सध“ै यसरी नै बा“चेका छौ“।' उनले भनेको त्यो शब्द म अहिले पनि अनुभूत गरिरहेछु।
रुकुमको जस्तै रात मैले मधेश आन्दोलनताका सिराहाको लहानमा पनि बिताएको छु। काठमाडौ“बाट हि“डेको दोस्रो दिन २०६४ असार ४ गतेको राति करिब ११ बजे बल्लतल्ल श्वास फेर्दै म लाहान बजारमा झरे“। दर्जन समूहका दर्जन बन्द छिचोल्दै प्रहरीको स्कटिङमा बस लाहान पुगेको थियो। स्थानीय पत्रकार रामानन्द गुप्ताले मलाई जेनेतन दौडधूप गरेर लाहान बजारकै एक लजमा सुत्ने व्यवस्था मिलाइदिनुभयो। सुत्ने व्यवस्था मिल्यो भनेर मखलेल भएको म कोठामा पुग्नेबित्तिकै निराश भए“। कोठा सुत्न लायक थिएन। धुलो र फोहोरले कोठा दिक्क लाग्दो थियो। गर्मीले त्यसै कोठा तातेको थियो। सिलिङ पङ्खा घुमाएको मात्रै के थिए त्यो यसरी भ्याट–भ्याट गरेर करायो कि मेरो सातो नै लियो। थकित शरीरमाथी लामखुट्टेले आक्रमण गर्नथाल्यो। कानमै आएर टिइ“इ“इ“इ“ गरेर कराउ“दा निद्रा लाग्ने कुरै उठेन। झुल टा“गेर सुत्दा पनि लामखुट्टेको आक्रमणमा कमी आएन। बिहानमात्रै थाहा पाए“ झुल त दश ठाउ“मा भ्वाङ परेको थियो। मेरो गालाभरी रक्तचुसक परजीवीको डाम नै डाम थियो।





You may also like

Powered by Blogger.

.

.

.

.