गुरुपूर्णिमा : सम्झनाका बहुरंग

/
0 Comments
आज १५ साउन अर्थात गुरु पुर्णिमा । गुरु भन्नेवित्तिकै सबैको ध्यान शिक्षकमा पुगेर ठोक्किन्छ । सजायमा आधारित शिक्षा प्रणाीको गौडो छिचोलेर आएका धेरैलाई गुरुपूर्णिमामा गुरु हुन नसकेका शिक्षहरुको याद आउदो रहेछ । सामाजिक संजाल फेसबुक र टिव्टरमा गुरुमाथीका अनेकन सम्झनाहरु लेखिएका छन  ।

। 
विहानैदेखी सामाजिक संजाल फेसबुक र टिव्टरमा गुरुमाथीका अनेकन सम्झनाहरु लेखिएको देखे । गुरुको सम्झना गर्दै लेखिएका दुई चोटिला टिवट्हरु यस्ता थिए : 

पत्रकार नारायण अमृतले  उपन्यासकार
बुद्धीसागरलाई मेन्सन गर्दै टिव्टे : एउटा बिषयमा जान्नेलाई 'गुरू' भनिन्छ । तर सबै बिषयमा जान्न पल्टनेलाई 'गोरु' भनिन्छ ।  

सुनिल श्रेष्ठले टिव्टे : गुरु भनेको त्यो जादुगर हो जो बिद्यार्थीलाई मुर्गा बनाउन सक्छ र रिजल्टसिटमा हामीलाइ अण्डा दिन सक्छ।

मान्छेको जिन्दगीमा सबैभन्दा ठूलो गुरु समय र सबैभन्दा ठूलो गुरुआमा असफलता हुन् । यी दुवैले जिन्दगी जीउन सिकाउछन्,चुपचाप केही पनि नबोलिकन नै ।

सामाजिक संजाल फेसबुकमा पनि गुरुलाई सम्झिनेहरु धेरै थिए । तिनका सम्झनाका अनुभूतीका अनेकन रंग पोतिएका थिए । मैले पनि गुरुको सम्झनामा केही लेखे । मेरो र मलाई मन परेको केही स्टाटसहरु यस्ता थिए :



आज गुरु पुर्णिमा । स्कूल पढदाका एकजना शिक्षकलाई सम्झिन्छु । प्रत्येक दिन ति विधार्थीलाई एक पेज किताबाट सारेर ल्याउने होमवर्क दिन्थे । उनको विषय सामाजिक थियो । तर नेपाली भाषामा लेखिएको जे सामाग्री जहांबाट सारेपनि सरलाई पत्तो हुदैनथ्यो । किनकी सर विषय हेर्दैनथे, पानाभरी अक्षर छ की छैन भनेर मात्रै हेर्थे । कक्षाभरीका विधार्थीको कापीमा बढेमानको हस्ताक्षर धस्काउनु सायद सरको शोख थियो ।
आदेश नमान्नेलाई सरले दुवै कानको लोतीमा समातेर उचाल्थे र भन्थे, मामाघर देखिस । चार दिवारले घेरिएको कक्षाभीत्र बसेर मामाघर कसरी देखियोस ? तैपनी सबैजना भन्थे, देखे सर देखे । कानको लोती रातो हुन्थ्यो । कतीलाई ज्वरो आएजस्तो हुन्थ्यो । सजाय नपाउनेहरु पनि सरको रौद्र रुप देखेर थुरथुरी हुन्थे । सधै होमवर्क बुझाउने र सजाय खेप्न नपरेको मलाई लाग्थ्यो, सरसंग जादु छ । उचालेर मामाघर देखाईदिने ताकत दुनियामा अरु कसैसंग छैन ।
गुरु हुन नसकेका सरलाई नमन !


स्कुलताकाका दुई हेड्सर - एक थिए, राजेश हमाल शैलीमा विद्यार्थीलाई 'एएएएइ' भन्दै थर्काएर बोलाउने, समातेर लौरो उज्याउने, हप्काउदै हल्लाको हल्लाई पारेर गलाउने, तर नपिट्ने । अर्का- कार्यालयबाट निस्केको देख्नेबित्तिकै बाहिर चौरमा सन्नाटा छाउथ्यो, विद्यार्थीले फिल्म हेरेको देख्नै नसक्ने, हलभित्रै पुगेर टर्च बालेर विद्यार्थी खोज्थे, भेटे पिट्दै स्कुल पुर्याउथे । पहिलो किसिमका हेड्सरको 'भिक्टिम' हुनु परेन, त्यसबेला पढ्ने लत थियो । दोस्रो हेड्सरले फेला पार्लान कि भन्ने डर हुन्थ्यो, दिनहुँ फिलिम हेर्ने लत बसेकाले । त्यसैले ९-१० पढ्दा क्लास हापेर इटहरीबाट धरान, बिराटनगर, बिर्तामोडसम्मका प्रायः सबै हलका सिनेमा हेर्न भ्याइनभ्याई हुन्थ्यो । 

''ए बा ! ए आमा ! अब म त्यस्तो स्कुल जान्न, जहाँ शिक्षाको मन्द विष दिएर मभित्रको भगवानलाई बेहोस बनाइन्छ, जहाँ मभित्रको मान्छेलाई मुर्छा पारिन्छ । कमसेकम मभित्रको भगवानलाई बचाउन नसके पनि मभित्रको मान्छेलाई बचाइने स्कुल जान्छु ।''

कवि हाङयुग अज्ञातले भने गुरुपूर्णिमाको स्मरण यसरी गर्नुभएछ : बाघको गुरु बिरालो शिर्षकमा 

बिरालोले बाघलाई सप्पै कुरो सिकायो तर रुख चढ्न सिकाएन ।
यो कुरो बाघले पछि थाहा पाएछ ।
अनि त बाघले प्रतिज्ञा गरेछ : तेस्किमा यो लुइरे बिरालोलाई म झाँ भेटें त्याँ खान्छु ।
मलाई रुख चढ्न किन सिकाएन ? तेत्रो फिस् तिरेको बजियालाई ?
अनि यो कुरो बाँदरले थाहा पाएछ र बिरालोलाई झनै तर्साएछ : आप्पुई बिरालो भाई, तिमीलाई त बाघले पुरै खोज्दैछ नि, खानुलाई । ओन्त तिमीले तेत्रो फिस् लिएर पनि रुख चढ्न सिकाएनौ रे कि ! तेसैले ।
तेसपछि नै बिरालोले आफ्नो गुहु पुर्नु थालेको रे ।
हेप्पी गुरु पूर्णिमा !!

पत्रकार उमेश श्रेष्ठले भने आधुनिक गुरु पूर्णिमा कल्पना गर्नुभएछ : 

धर्नुविद्या सिक्नका लागि एकलव्य गुरु द्रोणाचार्य कहाँ गए। द्रोणाचार्यले निषाद पुत्र (निषाद एक अत्यन्त प्राचीन शूद्र जाति) भएकोले शिक्षा दिन अस्वीकार गरे। एकलव्यले नजिकैको प्रहरी चौकीमा गएर जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ बमोजिम उजुरी दायर गरे। द्रोणाचार्यलाई जेल सजाय भयो। एकलव्य युट्युब हेरी हेरी स्वअध्ययन गर्दै धनुर्विद्यामा पारंगत भए। उता द्रोणाचार्यको सजायलाई राजाले माफी घोषणा गरिदिए। उनी एक दिन पनि जेल बस्नु परेन। स्वअध्ययन गरेका एकलव्य द्रोणाचार्यका शिष्यभन्दा खतरा भएर निस्किए। अनि एक दिन द्रोणाचार्यले एकलव्यलाई तिम्ले मलाई नै गुरु ठानी मेरै युट्युब भिडियो, पिडिएफ फाइल हेरेर सिकेका रैछौँ, गुरु दक्षिणा देऊ भन्न गए। के दक्षिणा भन्दा चाहिँ बूढी औँला रे। एकलव्यले त्यतिबेला के गरे होला?

एभरेडी ब्याट्रीको कालो पोतेर तयार पारेको पाटीमा अक्षरका आकार लेख्न सिकाउने पिताजी र काखमा राखेर स्नेहसहित जीवन र जगतका यथार्थसित परिचित गराउने अामा मेरा अारम्भिक गुरु हुन् । त्यसपछि विधालयमा पटक्कै पढ्न मन नलाग्ने म लठुवालाई बेसर्माको लट्ठीले हिर्काएर भए पनि पाठ्यपुस्तकका माध्यमबाट संसार नियाल्न प्रेरित गर्ने र एसएलसीको जाँचमा उपयोगी चिटहरु दिएर फलामे ढोका पार गर्न सहयोग गर्ने प्रत्येक गुरुलाई आज सम्झिएँ । भ्रम नै सही, कलेजका निरस पाठ्यक्रममा घुसाएर उच्च शिक्षा पाएँ भन्ने रुमानी आभाष दिने जब्बर गुरुवरहरुलाई पनि आज गुरु पुर्णिमाको दिन सम्झिएँ । ती सबै तीतामिठा अनुभव नै अहिले मेरा निधि भएका छन् । तिनै निधिलाई प्रयोग गर्दै साहित्यमा लर्खराउँदै पनि हिँडिरहेछु । जेजस्तो छु,यसमा उहाँहरुको योगदान छ । त्यसबाहेक जीवनका हरेक उतारचढावमा साथ दिने साथीहरु र आफन्त सबै मेरा गुरुवर हुनुहुन्छ । म सधैँ उहाँहरुलाई सम्झिरहन्छु । आज गुरुपूर्णिमाका दिन झनै सम्झिएँ ।





You may also like

Powered by Blogger.

.

.

.

.