/
0 Comments

'अतिव्यापारमुखी मिडियाले संस्थागत रूपमै झुटो बोल्ने गरेको छ'


काठमाडौं, असोज ११ (नागरिक)- भारतीय पत्रकार पी साइनाथले अतिव्यापारमुखी मिडियाले संस्थागत रूपमै झुटो बोल्ने गरेको बताएका छन्।

मंगलबार खोज पत्रकारिता केन्द्र नेपालले राजधानीमा गरेको कार्यक्रममा साइनाथले दक्षिण एसियामा पत्रकारिता 'फोर्थ स्टेट' (चौथो अंग) भन्दा 'रियल स्टेट' (घर जग्गा कारोबार) बन्दै गएको बताए।

मिडिया विशेष गरी भारतीय पत्रकारितामा 'पेड जर्नालिज्म' प्रवृत्ति हुर्किदै गएको साइनाथको भनाइ थियो। उनले भारतीय मिडियामा राजनीतिक दलहरूको प्रचार सामग्री समाचारका रूपमा प्रस्तुत हुने गरेको दृष्टान्तसुनाए।

दि हिन्दुका ग्रामीण मामिला सम्पादक साइनाथले मिडियाको लोकतान्त्रीकरणमा जोड दिए। कुनै एक मिडिया हाउसले सबै क्षेत्रमा गर्ने लगानीलाई कानुनद्वारा नै निरुत्साहित गर्ने, राम्रो सार्वजनिक प्रसारण माध्यमको विकास, वैकल्पिक मिडियाको विकास र प्रवर्द्धनका साथै पत्रकारहरूको बलियो र एकताबद्ध संगठन विकासले मात्रै मिडियाको लोकतान्त्रीकरण हुने उनको भनाइ छ।

http://www.nagariknews.com/society/nation/31695-2011-09-28-02-54-14.html

source :



You may also like

Powered by Blogger.

.

.

.

.