/
0 Comments
सञ्चारमा नेपाली भाषा

भूमीश्वर पौडेल


नेपाली भाषाको उच्चारण तथा लेखनमा गम्भीर त्रुटीहरू बढ्दै जानेक्रम रोकिएको छैन। व्याकरणव्यवस्था र उच्चारणलाई ख्याल नगरी भाषाको प्रयोग गर्ने कार्यले यसको स्तरीकरणमा नकारात्मक प्रभाव पारेको देखिन्छ। विज्ञापनका लागि बजारमा राखिएका होर्डिङ बोर्ड, सूचनापाटी र पसल एवं भवनहरूमा लेखिने भाषाको शुद्धताको ख्याल नगर्ने, रेडियो टेलिभिजनमा नेपाली भाषाको शुद्धरूप लेख्ने र पढ्ने जिम्मा नेपाली विषयका विद्यार्थी र शिक्षकहरूको हो भन्ने धारणा नेपाली भाषाका माध्यमबाट अध्ययन–अध्यापन गर्ने अन्य विषयका विद्यार्थी तथा शिक्षक हाम्रो समाजमा रहेका कारण नेपाली भाषा दिनदिनै चपेटामा परेको छ।

वर्तमानमा हलिउडमा निकै नै चर्चित रहेको फिल्म …अवतार'को नामकरण पश्चिमाहरुले हाम्रो नेपाली भाषाको जननी भाषा संस्कृतलाई सापटी लिएर गरिरहेका छन्। यो हाम्रा लागि निकै नै गौरवको कुरा हो।

चेतना फैलाउन मिडिया जरुरी रहन्छ। यस्ता माध्यममार्फत बारम्बार सुनेका, पढेका र देखेका शब्द तथा दृश्यले व्यक्तिमा प्रभाव पारेका हुन्छन्। नेपालमा अहिले रेडियो र टेलिभिजन ठूलो संख्यामा खुलेका र खुल्ने क्रममा छन्। यी सञ्चारमाध्यमले प्रायः नेपाली भाषाको माध्यमबाट कार्यक्रम प्रस्तुत गर्ने गर्छन्। प्रसारित कार्यक्रममा बोलिने नेपाली भाषामा स्तरीयता र शुद्धताको ख्याल गरिएको देखि“दैन। नेपाली र अंग्रेजी भाषा मिलाएर …नेपाङ्लिस' बनाई भाषाको गलत विनिर्माण नै गरेका छन् मिडियाले। कार्यक्रम प्रस्तोतालाई स्वयम्ले उच्चारण गरेको शब्दको अर्थ थाहा हु“दैन। उच्चारित शब्द र बेटुङ्गे वाक्यले उल्टो अर्थ पनि लगाएको पाइन्छ। …अध्यक्ष' शब्दको उच्चारण …अदक्ष' वा …अदक्ष्ँे' गर्नेगरेको प्रायः सुनिन्छ। …अध्यक्ष' शब्दले दिने (कुनै संस्था, समिति, सभाआदिको प्रमुख व्यक्ति) अर्थ बुझाउन प्रयोग गरिएको अदक्ष शब्दले नजान्ने भन्ने अर्थ बुझाइराखेको हुन्छ। यसैगरी …कृतज्ञ' शब्दको ठाउ“मा …कृतघ्न', …साङ्ग' शब्दलाई …सपाङ्ग'जस्ता गलत प्रयोग गरिएको पाइन्छ। भाषाको उच्चारणमा मात्र नभएर वाक्यगठनमा पनि लिङ्ग, वचन र आदरको ख्याल नराखी प्रयोग गर्ने तथा कार्यक्रमलाई आधुनिक बनाउने होडमा शब्दलाई अंग्रेजी लवजमा ढाल्ने कार्य नेपाली प्रसारण प्रकृतिका मिडियाबाट भइरहेको छ। फलस्वरूप भाषिक उच्चारण, व्याकरण र शब्दभण्डारमा रहेका नियम खुकुला बन्दा छन्। यसले भाषालाई विकृत त बनाएको छ नै साथसाथै मौलिकतामा पनि आ“च पुर्‍याएको छ।

वर्तमानमा हलिउडमा निकै नै चर्चित रहेको फिल्म …अवतार'को नामकरण पश्चिमाहरुले हाम्रो नेपाली भाषाको जननी भाषा संस्कृतलाई सापटी लिएर गरिरहेका छन्। यो हाम्रा लागि निकै नै गौरवको कुरा हो। तर, हामी भने त्यही सम्पत्ति अवतारलाई बङ्ग्याएर अफ्ठ्यारो किसिमले …एवटार' उच्चारण गर्नमा निकै उत्साहित छौ“। विश्वव्यापीकरणको यो समयमा विभिन्न देशहरू आफ्नो मातृभाषाको प्रचारमा विशेष महŒवका साथ लागिरहेका छन्। उनीहरू आफूले उच्चारण गर्ने भाषाको शुद्ध रूपको प्रयोग गर्न र आफ्नो भाषालाई विकेन्द्रीकृत गर्नमै व्यस्त देखिन्छन् तर, हामी भने नेपाली भाषामा अन्य भाषाहरूलाई जबर्जस्त लादेर बोल्नमै अभ्यस्त देखिन्छौ“ र यसैमा गर्व गरेर छाति फुलाएर हि“ड्छौ“। यसबाट नेपालीभाषालाई पक्कै पनि फाइदा गर्दैन। यो निश्चित छ।
छापा पत्रकारितामा पनि भाषाको प्रयोगमा सचेतता छैन। भाषासम्बद्ध विज्ञ नै सम्पादक रहे पनि ह्रस्व, दीर्घ, स, ष, श, ब र व, क्ष र क्ष्य को प्रयोगमा सचेतता अपनाइएको पाइ“दैन। पत्रिकाको कुनै अनुच्छेदमा एउटै शब्द दुईतीनप्रकारले लेख्ने गरिएको पाइन्छ। यसका कारण पाठकमा भ्रम पैदा भएको छ। धेरै पत्रिकामा त शुद्धताको कुनै वास्ता नराखी हचुवाको भरमा ह्रस्वदीर्घ, स, ष, र श, ब र व, क्ष र क्ष्यको प्रयोग गरिएको पाइन्छ। यसबाट पाठकमा अशुद्धरूपको छाप बस्ने र भाषा नै विकृत हुने अवस्था पैदा भएको छ। तसर्थ साना बालबालिका तथा आममानिसले सुन्ने र पढ्ने रेडियो र पत्रपत्रिकामा शुद्ध भाषा बोल्ने र लेख्ने प्रचलनको शुरुवात गर्नु आवश्यक छ। साथै सञ्चारमाध्यमले भाषाको सम्पादनमा विशेष ध्यान दिनु जरुरी छ। सरकारले पनि भाषाको स्तरीकरण र मानकीकरणका निम्ति भाषिक आयोग बनाउनु र त्यसद्वारा निर्धारित भाषानीतिअनुसार सञ्चारमाध्यम, प्रकाशनगृह, सूचनापाटी, होर्डिङबोर्ड, भित्तेलेखनजस्ता सबैले सुन्ने र पढ्ने ठाउ“मा भाषाको मानक रूप प्रयोग गर्ने र गराउने नीति लिनु आवश्यक छ। सामुदायिक तह र भाषाविद्बाट पनि भाषाको प्रयोगमा सचेतना ल्याउने कार्यको अभियान थाल्नुका साथै भाषाको बोलाइ र लेखाइमा एकरूप ता ल्याउनेतर्फ उचित कदम चालिनु आजको आवश्यकता हो।




You may also like

Powered by Blogger.

.

.

.

.