/
0 Comments
मिडिया डिस्कोर्स

– युग पाठक

डिस्कोर्स शब्दलाई व्यापक सैद्धान्तिक निरूपणसहित नया“ स्वरूप दिने काम मिसेल फुकोले गरेका थिए। उनले डिस्कोर्सले सत्य निरूपण कसरी गर्दछ भन्नेमा नया“ शिराबाट सैद्धान्तिक बहस चलाए। उनको भनाइमा सत्य अस्थायी छ र शक्तिशाली डिस्कोर्स अर्थात् सत्ता–निसृत डिस्कोर्सले नै सत्य स्थापित गर्दछ। समाजमा शक्तिको वितरणका बारेमा समेत व्यापक अध्ययन गर्दै उनले डिस्कोर्स निर्माताहरूको विभिन्न साना–ठूला शक्तिकेन्द्रहरू हुने बताए। डिस्कोर्सलाई नेपाली भाषामा उल्था गरेर विमर्श भन्ने गरिएको छ। विमर्शको मायावी खेलबाट बाहिर निस्केर डिस्कोर्स सिद्धान्तलाई मिडियाको भूमिकास“ग जाडेर हेर्न सकिन्छ। यसो गर्दा विमर्शलाई खास समय र स्थानमा शासनरत सत्ताले स्थापित गरेको मात्र होइन, शासनरत सत्ताको विपक्षमा खडा भएको अर्को राजनीतिक, सामाजिक वा मनोवैज्ञानिक सत्ताले स्थापित गर्ने वा गर्नसक्ने विचारस“ग पनि जोड्न सकिन्छ। प्रकारान्तरले मिडियाले जनतामा आफ्नो निर्देशित विचार थोपर्न नसक्ने स्थिति बनिरहेको र जनसाधरणले व्यापक सामाजिक आन्दोलनमार्फत आर्जन गरेको ज्ञानबाट मिडिया निर्देशित हुनैपर्ने बाध्यात्मक आम सेन्सरसिप विकसित भैरहेकोतर्फ अध्ययन गर्न सकिन्छ।
नेपालका मिडियाहरूको चरित्र मिश्रित प्रकारको छ। केही मिडियाका मालिकहरू ठूला पू“जीपति पनि छन् र केही मिडियाहरू विदेशी–पू“जीबाट चल्ने गरेका छन् भन्ने तथ्य पनि उजागर भैरहेको छ। जो जे–जस्ता भए पनि, सबैका आफ्नै उद्देश्य र रणनीतिहरू छन्। विशेषतः ठूला र प्रभावशाली मिडियाहरू सत्ताकेन्द्रित विमर्श–निर्माण गर्नेतर्फ बढी नै प्रेरित हुन्छन्। त्यसमाथि खास पू“जीपतिहरूको स्वार्थ र अझ नेपालको सन्दर्भमा नवउपनिवेशवाद स्थापित गर्न चाहने विदेशीहरूको स्वार्थले ठूला मिडियाहरूलाई सङ्क्रमित गरिरहेको हुन्छ। डिस्कोर्स निर्माण गर्ने खास सम्पादक, पत्रकार, विचारक, स्तम्भकार वा लेखकहरू सत्ताको यस्तै स्वार्थले प्रत्यक्ष वा परोक्ष रूपमा निर्देशित हुन्छन्। निस्पक्षता र स्वतन्त्रताका पनि आफ्नै सीमाहरू हुन्छन्, ती पनि सापेक्ष हुन्छन्। निस्पक्षता र स्वतन्त्रता पनि त्यसैगरी निर्मित हुन्छन् र त्यसै अनुरूप डिस्कोर्स निर्माण र प्रचार हुनेगर्छ।
नेपालको विशिष्ट भौगोलिक र सामरिक स्थिति, राजनीतिक परिवर्तनको चर्को प्रवाह, सामाजिक परिवर्तनको अपरिमेय वेग अनि आर्थिक सम्बन्धहरूमा आएको ठूलो परिवर्तनले डिस्कोर्स–निर्माताहरूको कित्तासमेत छिटोछिटो छुट्याउने र डिस्कोर्स–निर्माताहरूको निर्माण र पतन समेत सुनिश्चित गरिरहेको छ। दोस्रो जनआन्दोलनअघि गणतन्त्र र संविधानसभाको स्थापना असम्भव ठान्ने, त्यही राजनीतिक आग्रहबाट प्रेरित हुनेहरू परिवर्तनको स्वभाविक बहाबको विरुद्धमा उभिएका थिए। त्यसैले उनीहरूको डिस्कोर्स छिट्टै खतरामा पर्‍यो र उनीहरूको व्यक्तित्व स्खलनसमेत हुनपुग्यो। जो दोस्रो जनआन्दोलनपछि परिवर्तनलाई आत्मसात गर्दै गणतन्त्र, संघीयता र संविधानसभाका परिवर्तनकारी गुणहरूको व्याख्यामार्फत आफूलाई बचाउन सफल भए, उनीहरू इतिहासको परीक्षामा त छ“दैछन्, फेरि अर्को परिवर्तनको डिस्कोर्सबाट कट्दै जान थालेका छन्।
मिडियाले निर्माण गर्ने डिस्कोर्स पक्कै सशक्त हुन्छ, तर आम जनसाधरणले ती डिस्कोर्सहरूलाई स्वभाविक रूपले ग्रहण गर्दछन् वा अस्वभाविक रूपले दुत्कार्दछन् भन्ने तथ्य आम मिडियाले ध्यान दिन योग्य छ। हरेक लेखक, स्तम्भकार, विचारकमात्र होइन पत्रकार, सम्पादक र मिडियाहरू समेत यतिबेला परीक्षामा छन्। यतिबेला झीना–मसिना तर्कहरूको बलमा पूरै जनमानसमा छाएको परिवर्तनको वेगभन्दा विपरित ढङ्गले निर्माण भएका डिस्कोर्सहरू तुरुन्तै जनताको कठघरामा उभिन्छन्।

त्यसमाथि खास पू“जी–पतिहरूको स्वार्थ र अझ नेपालको सन्दर्भमा नवउपनिवेशवाद स्थापित गर्न चाहने विदेशीहरूको स्वार्थले ठूला मिडियाहरूलाई सङ्क्रमित गरिरहेको हुन्छ।


मिडियाकै सवालमा, राष्ट्रिय स्वाधीनताको मुद्दालाई छाया“ मुद्दा उठाएर मजाक उडाउने मिडियाको बिक्री भोलीपल्टै उल्लेख्य घट्यो र जनताबाट तिरस्कृत हुने स्थिति निर्माण भयो। यस्तो आम सेन्सरसिपको अप्रत्यक्ष आ“धी यसअघि कहिल्यै सतहमा आएको थिएन। अहिले मिडियाले प्रभावित पार्ने भन्दा पनि मिडियाको जा“च गर्ने मनोविज्ञान तयार भएको छ। परिवर्तनविरोधी मुद्दामा तिघ्रा ठटाउनेहरू तुरुन्तै धराशायी हुने परिस्थिति अहिले बनेको छ र यो आम सेन्सरसिपबाट बच्न मिडियाहरूसमेत परिवर्तनको पक्षमा उभिनैपर्ने अचम्मको स्थिति पैदा भएको छ। डिस्कोर्स–निर्माताहरूलाई योभन्दा कठिन घडी कहिल्यै महसुस भएको थिएन होला।






You may also like

Powered by Blogger.

.

.

.

.