एउटा नदीको कथा

/
0 Comments

चरी भरर डाडैमा बसेर रुम कि धरर । यो गीत कसले गायो मलाई थाह छैन । थाह होस पनि कसरी नदीलाई पढाउने गुरुहरु हुदैनन । मेरो छातीमाथी दिनभर चराहरु उडछन । कुमार नगरकोटीका भल्चरहरु । कुमारले आफ्नो फिक्सनमा लेखीदिएको खुशीमा ति झनै उन्मुक्त छन । भल्चरहरु मेरो छातीमाथी उडेर जिवन धानीरहेका छन् । मैले मेरो नाम भनिन क्यारे । पहिचानको मुद्धा प्रखर बनेका बेला नामको पनि महत्व हुन्छ । म विष्णुमती हुं । शहरको एउटा कुनाबाट घिस्रिदै पहाडको फेदीतिर लम्किएको नदी ।

म  शहरका कुरुप दृश्यहरुको साक्षी हं । एउटा दुव्र्यसनीले पाखुरीमा सुई रोपेर मेरो छातीमाथी निडल फ्याक्छ । एउटा वैशले मस्त केटो विर्य भरीएको कण्डम गाठो पारेर मेरै छातीमा हुत्याउछ । केही थान होटलवालाहरु बोनलेस चिल्ली बेचेर हड्डीहरु मैमाथी फ्याक्छन । केही प्रसुती गृहका संचालकहरु अविकसित भ्रुणको हत्या गरेर कालो थैलोमा पोको पारेर मेरो छातीमा हुर्याउछन । लुतोले ग्रस्त हुंदाहुदै पनि कार्तिकको याममा उग्र भएर सम्भोग गर्न तम्सीएका बेला मृत्यु भएको कुकुर देखी मरेका विरालाका शवसम्म मेरो छातीमाथी मिल्काएर मान्छेहरु शहरी सम्भयताको परम्परा बचाईरहेका छन् । यसरी म वग्नै नसक्ने भएको छु । तर कसैलाई मेरो चासो छैन ।

विष्णुमतीको फोहर 
साभार माईसंसार डट कम 
केही थान वढे वढे मान्छेहरु हिजोआज वाग्मतीको सफाईमा जुटेका छन रे । यो कुरा सुनेर म भाउन्न भएको छु । झटकेलो बाबुको सन्तान जस्तो तिनीहरुले मेरो सफाईको कुरा चुईक्क सम्म किन नउठाएका होलान । अस्ति मात्रै थाह पाए, हुल हुल मान्छेहरु हरेक शनिवार वाग्मतीको छातीमाथी फ्याकीएका कण्डमदेखी, प्लास्टिकको थैलोसम्म, बोरा देखी मरेका कुकुरको हड्डीसम्म, भेटेजती फोहर बटुलेर त्यसको सफाई गर्न जुटेका छन रे । तिनीहरुका निम्ती म कति धेरै परित्यक्त भएको हुं । पशुपतीको लिंगमा चढाइएको दुधको धारा वाग्मतीमा वग्ने भएकै कारण तिनीहरु वाग्मतीको सफाईमा जुटेका हुन कि, दातृ निकायको चासो त्यही नदीमा मात्रै भएर त्यतातिर लागेका हुन, मैले भेउ पाएको छैन । किनकी नदीहरुले भेउ पाएर पनि नपाएर पनि विद्धानहरु बस्ने शहरमा त्यसको कुनै कदर हुदैन ।


मेरो आसु यो आदिम शहरलाई थाह छैन । एसिडको व्यापार हुने शहरमा मेरो आंसुले कसैलाई पोल्दा पनि पोल्दैन । मान्छे मार्न कुदेका माईक्रोको कर्कश हर्न, मुश्किलले ब्रेक लाग्ने तिनचक्के टेम्पो र मान्छे झुण्डाएर कुदीरहने बसहरुको होहल्लाले मेरो रुवाई हराइरहेको छ, वर्षौदेखी ।

मेरो वास्ता किन कसैलाई नभएको होला । वाग्मतीको जस्तै मेरो पनि त सभ्यताको ईतिहास छ । शहरका पढालिखालाई यसबारेमा थाह नै होला । तर थाह पाएर पनि वाग्मतीको सफाई भन्दै कुदनेहरु कसैले पनि मेरो कुरा किन नगरेका होलान । हातमा पंजा लगाएर मेरो छातीमाथी असरल्ल फ्याकिएका फोहर बटुल्ने हिम्मत किन नगरेका होलान । यो प्रश्नको उत्तर थाह नपाईकन म कथंम मरे भने र मेरो छातीमाथी केही जग्गा माफियाहरुले आलिसान महल ठड्याए भने पनि त्यसको उत्तरको खोजीमा म आजन्म वौरीरहने छु । त्यो महंगो पर्न सक्छ यो शहरलाई ।



You may also like

Powered by Blogger.

.

.

.

.