थाह छैन क्षेत्रप्रतापले के गरे

/
0 Comments

कुनै उमेर थियो । प्रेमका सबै गीत प्रिय लाग्ने । विछोडको भएपनि मिलनको भएपनि । प्रेमका धेरै गीत गुनगुनाईयो कुनै उमेरमा । तर त्यसरी गाइएका कुनैपनि गीत पुरा गाइएन । पुरा गाउन त पुरै शब्द त थाह हुनुपर्यो नि । थाह होस कसरी ? उरन्ठ्यौलो समय थियो त्यो । तर एउटा गीत मलाई पुरै कन्ठस्थ भयो, समयको एउटा विन्दुमा, त्यो गीत थियो, म त लालिगुरासं भएछु...। मलाई यो गीत मात्रै कन्ठस्थ भएन, मलाई यो गीत लेख्ने मान्छेको नाम पनि थाह भयो । क्षेत्रप्रताप अधिकारी । मलाई उनको नाम कन्ठस्थ थियो ।

पत्रकारिता गर्न काठमाडौं आएपछि पनि मैले क्षेत्रप्रताका गीत, उनको नाम र उनीसंग जोडीएका कैयन मिथकहरु धेरैको मुखबाट सुने । खासगरी उनको नारायणगोपालसंगको सम्बन्ध र मित्रताको चर्चाले मलाई वढी नै तानेको थियो । आफुले मन पराएका सबै मान्छेसंग भेटनु मलाई उनी निको लाग्दैन । किनकी सबै भेटहरु प्रिय पनि हुदैनन । काम विशेषले भेटीएका भेटहरु भने अक्सर अप्रिय हुदैनन । कामै नपरी फ्यान भएर भेटीयो भने धेरै अपेक्षाका साथ भेटिन्छ र अपेक्षा पुरा नहुंदा खिन्न पनि भईन्छ । किनकी आफुले मन पराएका मान्छेको बारेमा धेरै नै अपेक्षाहरु हुर्काइएको हुन्छ ।
एउटा संयोग पर्यो । मेरो हातमा लामो मिहनेतपछि नारायणगोपालले पोखरबाट काठमाडौंमा रहेका बाआमालाई लेखेको हस्तलिखित चिठ्ठी फेला पर्यो । निकै कष्टले र एउटा साथीसंग झुृट बोलेर र अनेकन तिकडम गरेर मैले त्यो चिठी पाएको थिए । जसलाई कान्तिपुरको कोसेलीमा छाप्नका लागी मैले उक्त पेजका संयोजक यज्ञस दाईसंग कुरापनि गरिसकेको थिए । तर चिठ्ठी मात्रै छापेर त भएन, त्यसका लागी चिठ्ठीसंग सम्बन्धित केही रिपोर्टिग पनि गर्नु जरुरी थियो । त्यस्तो पात्र को हुनसक्छ, जसले नारायणगोपालको प्रेम र जीवनका बारेमा केही गुह्य कुराका जानकारी होस । मलाई रमण घिमीरे दाईले सुझाउनुभयो, क्षेत्रप्रताप अधिकारीको नाम । मैले रमण दाईबाटै नम्बर पनि हात पारे । तुरुन्त फोन गरे । समय पाईहाले म कुदीहाले, उनको बत्तीसपुतलीस्थित घर ।


मन्दिर जस्ते देखीने घरभीत्र मोटरसाईकल हुलेपछि क्षेत्रप्रताप मलाई दिन माथील्लोकोठाबाट तल झरे । झण्डै दुईघन्टा कुरा भयो । मैले नोकिया मोबाईलमा सबै सबै अन्र्तवार्ता सेभ गरे । आफुले वर्षौ गुनगुनाएको मान्छे आफ्नै अघी हुंदा र उनीसंग अन्र्तवार्ता गर्दा सुरुमा मलाई संकोच जस्तो लागीरहेको थियो । तर वोलीपिच्छे उनी मज्जाले हास्थे, क्षा राज्यमन्त्री हुंदाका केही प्रसंग पनि सुनाए । अनि सुनाए, नारायण गोपालका बारेमा आफुले दरबारमा लिएको अडानको विषय पनि । कुराकानीको प्रसंगमा अधिकारीे आफु शिक्षामन्त्री हुंदाको अनुभव लेख्न पाए हुन्थ्यो भनेर मलाई सुनाएका थिए । तर उनले त्यो लेखे कि लेखेनन मलाई था छैन ।

नयां वर्षको शुभकामनाले मोबाईलको ईनबक्स भरिनै लागेको थियो । भाईबर र ट्विट् मा प्रेषित सन्देशले मोबाईल तारन्तार बजिरहेको थियो । त्यही श्रृखलाको विचमा मौले टिवट्टर स्क्रोल गरे । जहां कसैले लेखेको थियो, रिप क्षेत्रप्रताप अधिकारी । म भावशुन्य भए ।



You may also like

Powered by Blogger.

.

.

.

.