फिक्सन डिजाईनरको कुरा

/
0 Comments
कुमार नगरकोटीलाई पत्रकार नारायण वाग्लेले प्रश्न गरे । कसरी लेख्नुहुन्छ, यस्तो अनौठो बान्की भएको कथा ? घुर्मेलो हरियो रंगको कुर्ता लगाएका र घाटीमा माला लगाएका कुमारले टाउकोसम्म हात पुर्याए, जहां कपालको नामोनिसान थिएन । प्रश्न भुईमा झरेपछि पनि कुमारले बोल्ने छांटै देखाएनन, बरु उल्टै भने, प्रश्न कसलाई हो ? कालिकास्थानमा रहेको नेपालयको आर शालामा हांसो गुन्जियो । हतपत्त आफुलाई सम्हालेझै गरेर कुमारले उत्तर दिए, के ले भनौ । अब यस्तै यस्तै कुराहरुले । म लेख्छु भनेर बस्ने मान्छे नै हैन । लेख्दा लेख्दै के के बन्छ बन्छ । 

कुमारले जे सुकै भुनन, तर उनको लेखाईमा जादुगरी छ । भाषामा अनौठो प्रयोग छ । कुमारले आफ्ना केही गुहृय कुरा पनि खोले, उनको पुस्तक फोसिलको विमोचन समारोहमा । जस्तो कि, उनी कम्युटरमा लेख्दै लेख्दैनन । जे कुरा पनि हातैले, कलम दौडाएर नै लेख्ने हुन । मानीसहरु सुतीसकेपछि उनका निम्ती सिंगो शहर मुदर्ाघरमा परिणत भएझै हुन्छ । अरु बत्ती गएपछि लेख्न सक्दैनन । तर उनी वत्ती गएपछि कागजमा कलम दौडाउछन र लेखेको पाना हावामा उडाउछन । त्यसो गर्दा उनलाई मज्जा आउछ रे । 
मेरा निम्ती कुमार नगरकोटी अजिवका जिवात्मा हुन । उनको लेखनमा चुम्बकिय आर्कषण छ, मेरा निम्ती । आफ्नो पुस्तकको विमोचन समारोहमा कुमारले आफुलाई लेखक, कथाकार केही भनेर पनि चिनाउन चाहेनन । उनले भने, म फिक्सन डिजाईनर हुं । उनी कथाका प्लटहरु यही शहरमा, यहीका मदिरामहलमा र यहीका सडहरुमा देख्छन र त्यसलाई कथाको फ्रेममा हाल्छन रे । 


अविनाष श्रेष्ठले ४५ मिनेटसम्म आरसालाको मंचमा बसेर कुमारका बारेमा धेरै कुरा खोतले । जस्तो कि, कुमार कहिलेकाही मदिरामहलबाट बाहिर निस्केपछि कुकुरसंग पनि गफ गर्छन रे । अविनाषले यस्तो भनिरहंदा कुमार मुसुमुसु हांसे । अविनाषले थपे कुमार शान्त हुन तर सन्त होईनन । उनले बारम्बार यसो भनिरहंदा कुमारले आफ्नो हांसो रोक्न सकिरहेका थिएनन । 

पढदा पढदै दिक्क लागे/m वाक्क लागेर, प्याक्क बनेर कुमार कथाकार भएका रे । न उनी यस्तो लेख्छु, उस्तो लेख्छु, किताब निकाल्छु भनेर लेख्छन । न उनी लेखीसकेर त्यसलाई के गर्ने भन्ने सोच्दै लेख्छन । बरु उनी त मनमा आएका कुरा लेखीहाल्छन । कथाका पात्रहरुको खोजीमा अनेक ठाउ चर्हाछन । खासगरी मदिरा महल । उनी आफैले भने, मदिरा महलमा म शान्त भएर बस्छु । मान्छेका अनौठा कुराहरु सुन्छु र त्यसबाट केही न केही प्रभावित हुन्छु । कुकुरसंग चाही किन कुरा गर्नुहुन्छ ? वाग्लेले प्रश्न गरे, जसको उत्तर कुमारले यसरी दिए, मेरा कथामा कुकुर पनि बोल्छन । तिनीहरु मान्छे झै कुरा पनि गर्छन । कुकुरले कसरी कुरा गर्ला भन्ने पत्तो लाउन त्यसो गरेको । उनको फोसिल कथासंग्रहमा पनि कुकुरहरुको संवाद छ । सायद त्यसैका निम्ती होला उनले कुकुरसंग कुरा गरेको । 

८कथाहरुको संग्रह फोसिलमा उनका प्रयोगात्मक कथाहरु छन । जो अैरे गैरे कथाकारहरुको कथा शैलीभन्दा धेरै फरक छ । आरशालाको भिडबाट बाहिर निस्केर किताब किनीसकेको धेरैबेरपछि मात्रै कुमार प्रकट भए । त्यतिबेलासम्म हस्ताक्षर गर्न चाहनेहरुको भिड वढीसकेको थियो, उनले सुस्तरी मैले किनेको किताबमा कलम दौडाए । आडैमा खाजा खानेहरुको भिड थियो । विमल निभा हातमा बेलको जुस लिएर भन्दै थिए, यो मदिरा त हैन नि, रंग त त्यस्तै छ । 


You may also like

Powered by Blogger.

.

.

.

.