लाहानदेखी लाहानसम्म

/
0 Comments

०६४ को साउनमा भएको मधेश आन्दोलनको बेला लाहान 
०६४ को पुछारमा सिराहको मुख्य बजार लाहान झर्दा कम्ता गर्मी थिएन । त्यो भन्दा चर्को गर्मी थियो, मधेश आन्दोलनमो । एउटा फुच्चे क्यामेरा बोकेर लाहनको पोल्दो गर्मीमा म खुबै हिडेको थिए, मान्छेहरुको अनुहार पढदै । ति अनुहारमा राज्यले थोपरोको विभेद विरुद्धको आक्रोश पोतीएको थियो । गाउ गाउबाट मान्छेहरु ओर्लेर थिए मुख्य सडकमा । सडक यसरी बन्द थियो कि आपतकालिन सवारी चल्ने समेत कुनै गुन्जयास थिएन । रुखहरु ढालिएका थिए । ढुंगाहरु ल्याएर सडकमा थोपरिएको थियो । टायरको कालो मुश्लो आकाशतिर उडीरहेका थिए । त्यही बेला हो, मिर्चैया चोकमा रहेको लेखनाथको सालिक ढल्यो । कदमाह चोकमा माओवादीसंग नव विद्रोही मधेशी शक्तीले घम्साघम्सी गर्यो । लाहन चोकमै लश्कै चार भन्दा धेरै बसहरु जलाईए । ति बसहरु यसरी जलेका थिए कि तनको अगाडीको भाग कुन हो र पछाडीको भाग कुन हो भनेर छुट्याउन पनि मुश्किल थियो ।

मधेश आन्दोलन सकियो । संविधानसभाको निर्वाचन भयो । चौंथो ठूलो शक्तीका रुपमा मधेशी दलहरु संविधानसभामा गए । संविधान निर्माणका र मधेश मुद्धा सम्बोधन गर्ने भन्दा भन्दै वर्षहरु विते । दलका नेताहरु हिलोले पोतीए । त्यस्तो हिलो सबैको अनुहारमा लागेको थियो । कसैको अनुहारमा गाढा गरी कसैकोमा फिक्का गरी । हिलो जस्तो लागेपनि तिनीहरुले भत्ता खाए । धेरैले पचाए पनि । मधेशबाट जित्नेहरु पनि त्यही मेलोमा मिसिए । हराए । अन्ततः त्यही भयो । जुन असरल्ल राजनीतिक प्रक्रियाबाट अरु देशमा हुने गरेको छ । संविधान बनेन । अनेकन माथापच्चीसी र गाली दोहोरीपछि फेरी संविधानसभा निर्वाचनको नयां मिती घोषणा भयो । मंसिर ४ गते २०७० साल । अनी म फेरी घुम्दै घुम्दै मधेश आईपुगे । त्यही ठाउ, लाहान ।

यो विचका वर्षमा म दर्जन पटक भन्दा धेरै लाहान झरीसके । हरेकपल्ट यो शहरमा छर्दा मान्छेको अनुहारमा केही रगंहरु परिवर्तन भएको देख्छु । लाहानको विच चोकमा मधेश आन्दोलनमा मारिएकाहरुको सालिक ठडिएको छ । हरेक वर्षको मधेश दिवसमा त्यहां काठमाडौंबाट मधेशी दलका ठूला नेताहरु लाहान र्झछन । तछाडमछाड गर्छन । कसले पहिला माला लगाउने भनेर । त्यही सालिकको छेउहुदै उत्तरतिर जाने बाटोमा ठूलो गेट बनेको ट, संसद विकास कोषको पैसाबाट । त्यो गेट छिरेर दुई किलोमिटर भित्र पसेपछि खुट्टी खोला आउछ । त्यो कटेपछि विद्रुप मुसहर वस्ती आउछ । त्यो वस्ती उस्तै छ । पहिले जस्तै । जस्तो मधेश आन्दोलन अघी थियो । अनि लाहान बजार पनि उस्तै छ । फेरीएका छन, एकाध दोकानका साहुजी । खडा भएका छन, एकाध राम्रा भन्न लायक लजहरु र केही दारुका नयां पसलहरु । आज मिती, २५ कार्तिक ०७० मा लाहान आईपुग्दा वैद्य माओवादीको बन्दको प्रतापलाई झेल्दै थियो, लाहान । दलका झण्डा बोकेर कुदेका मोटरसाईकल, विजय अगावै माला लगाएर हिडेका नेताहरु ताजुवका लाग्थे । तिनका कुराहरु झनै ताजुवका लाग्थे । लाहान चोकका सहिदको सालिक वर्षमा एकपटक दिवसको दिन पारेर फूलमालाले छोपिन्थ्यो । अहिले भने ति सहिदहरु विभिन्न दलका झण्डाले छोपीएको रैछ । जेले छोपिएपनि मधेशको मुद्धा जिउदै थियो ।

वैद्य बन्दको प्रताप मुल सडकमा सार्वजनिक सवारीहरु नचलेर मात्रै देखिएको थियो । तर मूल सडकपारीका साना शहरहरु गुल्जार थिए । लाहनदेखी राजविराजसम्म पुग्दा न चुनावको उतिसाहृ्रो गर्मी थियो, न मानिसको अनुहारमा आशाको कुनै लाली । राजविराजस्थ्ित खवटाले छाएको होचो घरमा बसेका बौद्धिक व्यक्तित्व हिम्मत सिंह भन्दै थिए, राजनीतिले देश बदलेन, व्यवस्थ्ा पनि बदलेन तर नेता चाही बदल्ने भयो । किनकी सबै नेताहरुको अनुहारको रंग खुईलिसक्यो । जुन कुरा जनताले चाल पाईसके ।



You may also like

Powered by Blogger.

.

.

.

.