शहर गन्थन : १

/
0 Comments
यो शहरमा यात्राको कुनै शुरूवात छैन र अन्त्य पनि । कहाबाट यात्रा शुरू हुन्छ र कहा पुगेर अन्त्य हुन्छ भन्ने विषयहरू मानिसको सरोकारभित्र पर्दैनन् । शहरभित्र छिरेका अधिकांस मानिसहरूको पाइतालाहरू सडकको लम्बाइ र चौडाइ नाप्दैमा खिइन्छन । साच्चै खोजेर हेर्ने हो भने यी सडकहरूमा धेरै धूमील पाइलाताहरूको डोब भेटन सकिन्छ । तर त्यसको कुनै अर्थ छैन । यहां बाच्न चाहनेहरुले सबै कुराहरूसग सम्झौता नगरी सुख छैन । मानिसहरू एक एक घोषित र अघोषित सम्झौताहरूले बाधीएका छन् 

शहरको जीवन जतिसुकै कृत्रिम र सुख्खा किन नहोस् शहरका केही काईदाका स्वभावहरु छन ।  सडकमा एकैछिन उभिदैमा देख्न पाईन्छ, वैंश फुलिरहेका गाला, मुस्कान झुलिरहेका ओठ, प्रेमिकासंग लाज मान्दै गफ गरीरहेको तन्नेरीहरुको अनुहारको चमक । बसन्तपुर दरबारको छेउ कुनामा बसेर बोहताभरी टमाटरको अचारले निथ्रुक्क छोपिएको ममचा होस वा प्लास्टिकको गिलासमा बाक्लो दुधको चियाको स्वाद कती निस्पिmक्री  लिन सकिन्छ, मिहिन  वुट्टाहरुले भरीएका आखिझ्यालहरु चियाउदै । झलक्क हेर्दा शहरमा सबैलाई हतारो छ । कहिलेकाही यस्तो लाग्छ शहरमा नहतारीइकन बाच्न निषेध गरिएको छ । तर गम खाएर बुझील्याउदा हतार गरेर कुदनेहरु रात नकटदै थाकीसक्छन । तिनको अनुहारको हृयागओभर आदिम कालदेखी यो शहरको प्रत्येक विहानले झेलीरहेको कुरा सम्झील्याउदा मलाई अप्ठ्यारो लाग्छ । 


अर्को सत्य कुरा यो पनि हो, यो शहर अराजक छ । अराजक छन् यहाका तमाम मान्छेहरू । एकाध बाहेक धेरैको दैनिकी एउटा विश्रृंखलित यात्राबाट शुरू हुन्छ । एउटा अटुट श्रृंखला छ यो विश्रृंखलताको पनि । कहां कुन कुनामा गजधम्म परेर बसिदिन्छ सांढे बाटै छेकीने गरी, कहां कुन कुनामा सवारी चालकहरु बाटोमै गाडी तेर्साएर खेलीरहेका हुन्छन, असभ्य शब्दको होली । अनि टि ट्वा, टिप व्वा आवाजको कर्तल ध्वनीले डम्म भरीन्छ शहरका आकाश । त्यतिवेला हतारिएकाहरु मोबाईलको कि प्याडमा औला चलाएर कुदीरेका हुन्छन, आइएम इन म्यासिभ ट्राफिक जाम । वेट फर फ्यु मिनेट सरी फर लेट माई बेबी । 

शहरसंग सोध्नुपर्ने धेरै प्रश्नहरु छन मान्छेका । संविधान फेरिन्छ । सालिक फेरिन्छ र फेरिन्छ बाच्ने नियमहरु । तर शहरका केही आदिम नामहरू किन नयाा कलेवरमा रूपान्तरण हुदैनन् । त्यही पुतलीसडक, नयाासडक, डिल्लीबजार, पुरानो वानेश्वर आदि आदि । जहाा हरेक दिन पोखिन्छ, छल्किन्छ र टुक्रिन्छ एउटा जीवन । यि नामहरु वर्षौदेखी विरोधाभाषको ठूलो पहाडसंग टक्कराईरहेछन । धन्न शहर गतिवान छ । 
हो । शहर महत्वकांक्षाहरूको थुप्रोले च्यापिएको छ । सडकमा हिड्ने हरेक पाइलाहरूमा एक एक इतिहास काुदिएका छन् । बयान गरी साद्धे छैन यो शहरको अनुहार । यावत विरोधाभाषहरू बीच हुर्किरहेको छ यो । सफा भन्ने चिज केही छैन शहरमा एउटा टेम्पो बाहेक । जो क्षयरोगीको विरामी जस्तो उकालोमा स्या स्याागरिरहेको हुन्छ । मानिसहरू अनुहारभरी हतारो बोकेर टेम्पोभित्र गुम्सिछन र सरकारलाई एकाध थान गाली गर्छन । टेम्पो उफ्रन्छ, खलासी झनै लागेको पाईन्छ माथी सार्छ । लाज छोपिन्छ । टेम्पो गुडछ । 



You may also like

Powered by Blogger.

.

.

.

.