/
0 Comments


पत्रकारको समाचार भाँचिदा बोल्ने को ?
By move1, on March 15th, 2009
पत्रकारहरु काम गर्ने ठूला सञ्चार माध्यममा पत्रकारहरुले संकलन गरेको सूचना भाँचिने, कुच्चिने, बङ्ग्याइने अवस्था छ। खोई त्यसतर्फ कसैले आवाज उठाउन सकेको ?
सूचना तथा सञ्चार मन्त्रालयका सचिव लीलामणि पौडेलले शनिबार आयोजित एक कार्यक्रममा यो प्रश्न सोधेका हुन्। स्वतन्त्र प्रेसको घाँटी निमोठ्नेहरुतर्फ औँला ठड्याउने हो भने मिडिया सञ्चालकप्रति औँला ठड्याउनु पर्ने अवस्था रहेको भन्दै उनले तीव्र आक्रोस पोखे।
उनले भने ‘तपाईहरु सूचनाहरु संकलन गर्नुहुन्छ, तर तपाईँले संकलन गरेका सूचनाहरु जनतामा सम्प्रेषण भएर जाँदा भाँचिएर, काटिएर, तोडमोड गरेर कूसूचनाको रुपमा त गइरहेका छैनन्, के बोलिरहनु भएको छ तपाईहरु ? के सम्पादकीय स्वतन्त्रता तपाईँहरुलाई छ -? त्यसमा तपाईहरुलाई पेशागत सुरक्षाको डर लागेको छ भने पेशागत सुरक्षाको प्रत्याभूति दिनेगरी सरकार अगाडि आएको छ। साँच्चै प्रेस स्वतन्त्रता चाहने हो भने सरकारबाट मात्रै सम्भव छैन। ठूला सञ्चार माध्यमलाई प्रेस स्वतन्त्रताको प्रतिबद्ध बनाउने जिम्मेवारी तपाईहरुको पनि हो।’
स्वतन्त्र प्रेसको लागि सञ्चार माध्यमहरु व्यवसायिक रुपमा आत्मनिर्भर हुनुपर्ने बताउँदै उनले पत्रकारिताको लागि सञ्चार माध्यमहरुलाई व्यवसायिक रुपमा आत्मनिर्भर हुने वातावरण सरकारले बनाउने भएपनि आर्थिक सहयोग गर्ने काम राम्रो नभएको धारणा राखे। अहिले विभिन्न वर्ग छुट्याउँदै पत्रिकाहरुलाई सरकारले वार्षिक लाखौँको अनुदान विज्ञापनवापत् दिने गरेको छ।
स्वतन्त्र प्रेस भन्दै राज्यसँग अनुदान मागेर पत्रिका चलाउन खोज्नु कुन खालको स्वतन्त्रता हो ? उनले प्रश्न गरे। श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न केही समय दिनुपर्ने भएकोले आगामी बैशाख १ गतेसम्मको लागि ठूला सञ्चार प्रतिष्ठानलाई समय दिइएको भएपनि त्यसपछि कडाइका साथ श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने उनले बताए। -नवराज न्यौपाने



You may also like

Powered by Blogger.

.

.

.

.