/
0 Comments
पत्रकारले कर्मचारी संयन्त्र बिगारेको प्रजिअको आरोप
बारा, भाद्र ३१ - बाराका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद नेपालले सञ्चारकर्मीका कारण जिल्लाका कर्मचारी संयन्त्र अस्तव्यस्त भएको आरोप लगाएका छन् ।
सुरक्षाको माग गर्दै पत्रकार महासंघबाराका अध्यक्ष गुरुप्रसाद गौतमको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका सञ्चारकर्मीमाथि प्रजिअ नेपालले यस्तो आरोप लगाएका हुन् । समाचार सम्प्रेषणको क्रममा राजनीतिक दलका नेता कार्यकर्ता, सभासद्, मन्त्री र कर्मचारीको हस्तक्षेप बढेपछि सञ्चारकर्मीहरू सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।
प्रजिअ नेपालले सञ्चारकर्मीलाई हप्काउँदै 'तपाईहरूकै कारण जिल्ला शिक्षा अधिकारी जिल्ला भित्र बस्न नसकेका हुन्' भन्ने आरोप लगाए । करिब तीन महिना देखि बेपता भएका बाराका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो बुधबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए । अनियमितताको आरोप लागेका महतोको प्रतिक्रिया लिन सञ्चारकर्मीहरू त्यहाँ पुगेका हुन् ।
नेपाल पत्रकार महासंघको कलैयामा बसेको आकस्मिक बैठकले प्रजिअको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै सच्याउन माग गरेको छ । त्यसैगरी जिल्लामा हुने गरेका अनियमितताको बारेमा प्रतिक्रिया लिन पुगेका सञ्चारकमीसँग नेपालले गरेको दुर्व्यवहार सच्याउन महासंघले माग गरेको छ ।प्रकाशित मिति: २०६७ भाद्र ३१ ०५:३७


You may also like

Powered by Blogger.

.

.

.

.