/
0 Comments

नेपाली मिडियामा पत्रकारको हालत
By move8, on September 22nd, 2007
श्रमजीवी पत्रकार ऐन संसदले पास गरिसकेको बेला नेपालका मिडियाहरु कसरी पत्रकारहरुको शोषण गर्दैछन्, त्यसको एउटा उदाहरणको रुपमा यो करारनामाको एउटा नमूना प्राप्त भएको छ। यसमा प्रथम पक्षका रुपमा सञ्चार संस्था रहेको छ भने दोस्रो पक्षका रुपमा पत्रकार कर्मचारी। अब आफै हेर्नुस्, कस्तो छ पत्रकार कर्मचारीको हक अधिकार।
करारका शर्तहरु
१. यो करारनामा आज करारनामा भएका मितिबाट ३ वर्षसम्मका लागि कायम रहनेछ।
२. द्वितीय पक्षले यस करारनामा विपरीत वा प्रथम पक्षको हित विपरीतको कार्य गर्न पाउने छैन। यदि प्रथम पक्षको हित विपरीत कार्य गरेमा यस करारनामा स्वतः रद्द भएको मानिनेछ र प्रथम पक्षले तोकिएको कार्यबाट द्वितीय पक्षलाई हटाउनेछ।
३. यस करारनामाको समायावधिभित्र द्वितीय पक्षले प्रथम पक्षको कार्यालय छाडी अन्यत्र समानस्तरको सञ्चार क्षेत्रमा जान पाउने छैन। यदि यस करारको समयावधिभित्रै द्वितीय पक्षले प्रथम पक्षको कार्यालय छाडी गएमा द्वितीय पक्षले खाइपाई आएको १ वर्षको तलब रकम बराबरको रकम क्षतिपूर्ति वापत प्रथम पक्षलाई तिर्नु बुझाउनु पर्नेछ। यसरी द्वितीय पक्षले बीचैमा छाडी गएको अवस्थामा क्षतिपूर्ति नबुझाएमा प्रथम पक्षले कानुन बमोजिम असुल उपर गरी लिन पाउनेछ।
४. यस करारनामाको समयावधि समाप्त भएपछि अर्को करारनामाद्वारा समायावधि थप नभएमा द्वितीय पक्ष प्रथम पक्षले तोकेको कामबाट स्वतः हट्नेछ। साथै प्रथम पक्षले पुनः राख्न चाहेमा यस करारनामाको अवधि समाप्त हुनुभन्दा पहिल्यै अर्को करार गरी प्रथम पक्षले काममा लगाउन सक्नेछ। काम दिने वा नद%E


You may also like

Powered by Blogger.

.

.

.

.