लैङ्गिक समानतामा पत्रकारिता

/
0 Comments
लैङ्गिक समानतामा पत्रकारिता

– शारदा शर्मा

सञ्चारमा महिलाको सहभागिता बढ्नसक्यो भने भोलिका दिनमा मिडियाको माध्यमबाट लैङ्गिक असमानता हटाउन महŒवपूर्ण भूमिका निर्वाह हुनेछ। जबसम्म महिला स्वतन्त्र हुन सक्दैन, तबसम्म पत्रकारिता–पेशामा महिलाहरूको बाहुल्यता हुनसक्दैन। त्यसैले महिला स्वतन्त्रता र पत्रकारितालाई स“गै अगाडि बढाउन महिला सहभागिता हुन जरुरी छ। पत्रकारितामा महिला सहभागिता बढाउन जरुरी भएको कुरामा सबैको सहमति छ। तर, सहमति र इच्छाले केही हु“दैन, पत्रकारितामा महिला सहभागिताको कमी किन भयो? यो पेशामा लाग्न महिलाहरूमा रुचि भएन कि? पत्रकारिता–पेशामा खट्न सकेनन् कि? महिला–पत्रकारप्रति समाजको दृष्टि राम्रो भएन कि? जस्ता कुराहरूमा गहन विचार पुर्‍याउनुपर्ने हुन्छ। पत्रकारिता अत्यन्त कठिन र संवेदनशील पेशा हो। यो पेशा अपनाउ“दा हरेक पाइलामा चुनौतिस“ग सामना गर्नुपर्दछ। धेरै दौडधुप, मिहिनेत र अध्ययन गर्नुपर्दछ। समय परिवर्तनस“गै सिर्जनशीलतालाई दौडाउन सक्नुपर्दछ। सञ्चारमा काम गर्ने व्यक्तिमा उर्जाशक्ति हुनुपर्छ। आज अल्छी लागेको छ। आज त सञ्चो छैन, घरमै बसेर रमाउन मनलागेको छ भन्ने सोचेर हु“दैन। ठ्याक्कै त्यतिबेलै क्यै पर्‍यो भने त्यो अवसर छोप्न सञ्चारकर्मी जस्तोसुकै अवस्थामा पनि दौड्नुपर्ने हुन्छ। यो पेशामा आउने जति अवसर छन् त्यति ठूला र संवेदनशील चुनौती पनि छन्। एउटा सानो शब्द–प्रयोगमा गल्ती गर्नेमात्र हो भने पनि समाजमा हलचल मच्चिनसक्छ। त्यसमाथि महिलाहरूको लागि जटिल पेशा हो यो। एकातिर महिलालाई हेर्ने सामाजिक दृष्टिकोण र निम्न–आयस्रोतको कारणले पत्रकारितामा लाग्न महिलाहरूलाई कठिन छ। पत्रकारितामा पैसालाई भन्दा मिहिनेत र समयलाई बढी ध्यान दिनुपर्छ। तर, हाम्रो समाजले, परिवारले पैसालाई नै महŒव दिन्छ। काठमाडा“ैमा पत्रकारिताबाट केही आम्दानी गर्न सकेपनि जिल्लामा आर्थिकरूपले पत्रकारिता सबै पत्रकारहरूका लागि अझै पेशा हुनसकेको छैन। पत्रकारिता गरेर कति आम्दानी भयो? भन्ने प्रश्न राखिन्छ। अर्कोतिर बेठेगान भएर दिन–रात दौडधुप गर्नुपर्ने समस्या छ। धैरेजसो महिलाहरूस“ग साधन–स्रोत र समयको अभाव हुन्छ। हाम्रो समाजले महिलालाई घरभित्रको पूरै जिम्मेवारी दिएको छ। पत्रकारितामा लाग्ने महिलाहरू पनि त्यस जिम्मेवारीबाट मुक्त हुने अवस्था छैन। महिलाहरूले घरकै कामबाट बेफुर्सदी भएका कारणले सञ्चारक्षेत्रमा पर्याप्त समय दिन सकेका ह“ुदैनन्। समय नभएर उनीहरूलाई अध्ययन गर्ने, नया“–नया“ खोजमूलक कुराहरूको जानकारी लिने, सिर्जनात्मक काममा लागिरहने कुरामा अफ्ठेरो हुन्छ।
उता सामाजिक सुरक्षाको सवालमा महिलालाई झन् ठूलो समस्या छ। रातिमा कुनै घटना घटे त्यहा“ पुरुष सञ्चारकर्मी क्षणभरमै पुगेर रिपोटिङ गर्न कसैले छेक्दैन। तर, त्यस ठाउ“मा महिला–सञ्चारकमीलाई पुग्न परिवारदेखि समाजले विभिन्न अवरोधहरू विच्छाइदिन्छन्। अफ्ठेरा र असुरक्षाका घेरामा विभिन्न समस्याहरू समाजले लगाइदिन्छ। ती घेरा तोड्न परिवारको साथै समाजको समेत स्वीकृत लिनुपर्ने हुन्छ। दिउ“सोमा समेत सञ्चारक्षेत्रकै कामविषेशले महिलालाई धेरै दौडधुप गरेको देखे पनि हाम्रो समाज–परिवारलाई पचाउन गाह्रो हुन्छ। त्यसैले पत्रकारितामा राम्रा अवसरहरू लिन महिला खुम्चिनुपर्ने बाध्यता हुन्छ।
पत्रकारितामा आउने अवसर र सम्मानको आकर्षणबाट रहरले केही महिलाहरू यो पेशामा लाग्छन्, तर टिक्न सक्दैनन्। महिलाहरू अविवाहित ह“ुदासम्म केही स्वतन्त्र हुन्छन्। उनीहरूमा र्सिजनशीलताको लागि अवसरको खोजीमा पत्रकारिता पेशामा लाग्दै अगाडि पनि बढेका हुन्छन्। तर, जब महिलाहरू विवाहित हुन्छन्, घर–गृहस्थीमा लाग्नुपर्ने हुन्छ। बच्चा जन्मिन्छ, त्यसपछि उनलाई त्यो पेशा बोझको रूपमा साबित भइदिन्छ। समाज र परिवारले गर्दा सञ्चारक्षेत्रमा समय दिइरहेकी महिला नै किन नहोस् उसलाई कार्यबोझ र समस्यै–समस्याका साङलाले बेर्दै जान्छ। अनि एउटा स्वतन्त्र पेशा गर्ने महिला बन्न सक्दिनन्।
पत्रकारितामा महिला–सहभागिता २००८ सालदेखि नै शुरु भए पनि आमसञ्चारमा महिला–सहभागिता अति कम भएको छ। महिला पत्रकार उमासिंह, घाइते टिका विष्टका घटनाले पत्रकार–महिलालाई अझ हतोत्साही पारेको छ। नेपाली पत्रकारहरूको साझा संस्था पत्रकार महासंघकाअनुसार महासंघका जम्मा ७ हजार ५ सय सदस्यमध्ये महिलाको संख्या आठ सयमात्र रहेको छ।
पत्रकारितास“ग सम्बन्धित संघ–संस्थाहरूले पत्रकारिताममा महिला–सहभागिता बढाउन ठोस योजना बनाउन जरुरी छ। पत्रकारितामा महिला–सहभागिताले हरेक क्षेत्रमा आधा जनसंख्या ओगटेका महिलाको सहभागिता बढाउन सहयोग गर्नेछ। यसको लागि ठोस वातावरण, योजना, प्रोत्साहन दिन परिवार, समाज राष्ट्रले दिनुपर्दछ। अथवा भावी बन्दै गरेको नया“ संविधानले यसको सुनिश्चित गर्नुपर्नेछ र महिलाहरू आफै“ पनि त्यसतर्फ अग्रसर हुनुपर्दछ।


You may also like

Powered by Blogger.

.

.

.

.