/
0 Comments
जमीमको हत्याले उठाएको प्रश्न


नेपाली मिडीयामाथी हुने लगानी र त्यसका पछाडी हुने गरेका अनेकन टिप्पणीमध्ये जमीम शाह माथी हुने टिप्पणी सबैभन्दा चर्काे थियो। सायद त्यसैको पछिल्लो परिणाम हो उनको हत्या र त्यसपछिको वहस।
जीवनवादी भएर सोच्ने हो भने अरवपती जमीम कसरी जीवनको अन्त्यमा निलो माइक्रोमा चढनुपर्यो? सायदै उनले जीवनभर निलो माइक्रो चढे होलान। यो एउटा मानवीयताको पक्ष भयो।
तर जमीम यस्ता मान्छे थिए उनले मिडीयाको प्रयोग गरेर कसैका विरुद्ध लडने प्रयत्न थालको थिए। भलै त्यो असफल भयो। तत्कालिन संचारमन्त्री जयप्रकाश गुप्तासँको प्रतिशोधमा उनले मिडीयालाई कसरी प्रयोग गरे भन्ने कुराको उदाहरण हेर्न त्यतिवेलाको स्पेशटायम हेरे पुग्छ। मिडीयालाई हतियारका रुपमा प्रयोग गर्ने लगानीकर्ताम्ध्ये जमीम पनि एक हुन।
तर उनको व्यक्तित्वको यो पाटोलाई मात्रै लेख्नु अन्याय नै हुन्छ। उनले नेपाली टेलभिजनको इतिहासमा कोरेको बाटोलाई कसैले भुल्न सक्दैन। त्यो एउटा चुनौती थियो र हाँक पनि। जसले अरवपती जमीमलाई लखपती बनाइदियो।


You may also like

Powered by Blogger.

.

.

.

.