मैले नबुझेको पत्रकारिता

/
0 Comments
दिउँसोभरीको उपलव्धि ´एउटा समाचार’ मेरो बुझाईको पत्रकारिता होइन । जसले दिउँसोभरी कार्यक्रम स्थलमा नेता, कार्यकर्ताको भाषण सुनेर साँझ फ्याक्सबाट समाचार पठाउँछ र टेलिफोनबाट समाचार सामग्री टिपाउँछ, मेरो बुझाईमा ऊ क्रियाशील पत्रकार नै होइन । यज्ञमूर्ति तिमिल्सिना
काठमाडौं, (दैनिकी)
केही दिन अगाडि एउटा कार्यक्रम सकिएपछि साँझ बाटोमा भेट्दा जिल्लाका एक जना पुराना पत्रकारले मलाई इल्याउँदै भने 'पत्रकार बन्न त पहिले पत्रकारिता सिक्नुपर्छ ।’ सायद दिउँसोको कार्यक्रममा मैले फरक मत राखेकाले हुन सक्छ, उनले मलाई ती शव्दवाण प्रहार गरेको ।
त्यो पल म एक्लै भएको भए राम्रै जवाफ दिने थिएँ होला, तर मसँग अरू साथीहरू पनि थिए त्यसैले कता कता चित्त दुखाउँदै मलिन मुस्कानका साथ टाउको हल्लाउँदै विदा भए । तर प्रसंग केही गम्भीर नै थियो, दिउँसोको कार्यक्रममा मैले फरक मत राख्दा उनले मैतिर हेरेर गम्भीरता प्रकट गरेका थिए, त्यही कुरा अहिले बाटोमा पोखे भन्ने लाग्यो । तर अर्कातिर भने पत्रकारिता भित्र मैले नसिकी नहुने त्यस्तो विशेष कुरा के रहेछ भन्ने विषयले चाहीँ मलाई केही सोच्न बाध्य बनायो ।
मेरो विचारमा जो आम पत्रकारिताका लागि अग्रज छन् उनीहरूको सम्मान गर्नु नयाँ पुस्ताका पत्रकारको दायित्त्व हो । यो सिकाउनु पर्ने कुरा नै होइन, मान्छेले आफै बुझेर गर्नुपर्छ । 'म तिमीहरू नजन्मिँदै देखि पत्रकारिता गरेको व्यक्ति हुँ, त्यसैले मैले भनेका सबै कुरामा तिमीहरूले साथ दिनुपर्छ’ भन्नु मूर्खता हो । यसरी एक्काइसौँ शताव्दीको दोस्रो चरणसम्म आइपुगेको पत्रकारितालाई पुनः पुरानै संस्कार र संस्कृतितिर धकेल्न खोज्नु जस्तो ठूलो भूल केही हुनै सक्दैन ।
दिउँसोभरीको उपलव्धि 'एउटा समाचार’ मेरो बुझाईको पत्रकारिता होइन । जसले दिउँसोभरी कार्यक्रम स्थलमा नेता, कार्यकर्ताको भाषण सुनेर साँझ फ्याक्सबाट समाचार पठाउँछ र टेलिफोनबाट समाचार सामग्री टिपाउँछ, मेरो बुझाईमा ऊ क्रियाशील पत्रकार नै होइन । जसका कारण समाचारमा एकातिरको नाम र अर्कातिरको थर पर्दा पत्रकारले अर्को दिन निकै गालीको मात्रै होइन, धम्कीको समेत सामना गर्नुपर्छ, जसको जिम्मेवारी सञ्चार माध्यमका सञ्चालकहरूले लिनै सक्दैनन्, तिनै आज उपल्लो दर्जाका पत्रकार भएका छन् । जसलाई २००७ सालमा रेडियो नेपालबाट पहिलोपटक तारिणीप्रसाद कोइरालाले बोलेजस्तै गरी आज देशका हजारौँ युवाले बोल्दैछन् भन्नेमा गर्व होइन चीन र गुगल कम्पनी बीचको विवादले नेपालको प्रविधिमा पार्न सक्ने प्रभावको चिन्ता छ ।
आज पनि रिल चल्ने क्यामेराबाट खिचेको फोटो धुलाई गरेर पत्रिकामा छापिनुपर्छ भन्ने मान्यतालाई बचाइराख्नुपर्छ भन्नु ढुंगे युगलाई प्रतिविम्वित गराउनु हो, जसले नयाँ पुस्ताको प्रतिनिधित्व गर्नै सक्दैन । आज सूचना प्रविधिका कारण जन्मिएका आम पत्रकारका बीचमा त्यस्ता पुराना कुरा दन्त्य कथा बन्नुपर्ने हो तर विडम्वना सृजनशील नयाँ पुस्तालाई त्यस्तै कुरामा अल्झन बाध्य पारिँदै छ, किनकि अघिल्लो पुस्ताले पुरानै विचारको प्रतिनिधित्त्व गर्न सक्यो तर नयाँ प्रविध्रि्रति अनभिज्ञ रह्यो । जसका कारण आजपनि 'मै हुँ’ भन्ने पुराना पत्रकारमा हीनता भाव कायम छ ।
मोवाइलबाटै इन्टरनेटको माध्यमबाट समाचार सम्प्रेषणदेखि वेवसाइटमा अपडेटको काम हुन थालिसक्यो । जसका कारण एउटा गाउँ र समुदायको सानो भन्दा सानो समाचार सन्देश समेत केही समयमै विश्वव्यापी रुपमा लाखौं स्रोता, दर्शक र पाठकका सामु पुग्दछ।
यही अवसरमा लेख्न मन लाग्यो, केही महिना अगाडि एउटा सरकारी संस्थाले पाल्पाको कुनै गाउँमा घुमाउन लैजाँदा जिल्लाका पत्रकार महासंघका २ लाइसेन्स प्राप्त व्यक्ति बीचको सवारी साधन दुरूपयोग सम्बन्धी र्सार्वजनिक झगडा, पत्रकार महासंघ र नेपालयले गरेको फोटो प्रदर्शनीमा क्रान्तिकारी पत्रकार संघ पाल्पाले निकालेको विज्ञप्ति भित्रका शव्दबाणले नयाँ पुस्ताको प्रतिनिधित्व गरेको प्रष्ट थियो, तर जिल्लाका मै हुँ भन्नेहरूले त्यसको अर्थै बुझेनन् र गहिरिएर कारण खोज्ने प्रयास नै गरिएन । फगत फरक राजनीतिक विचार धाराको उपज हो भन्ने बुझाई भयो । तर त्यसले नयाँ पुस्ता र पुराना पुस्ताका सञ्चारकर्मीको विचारको तालमेल नमिलेको कुरालाई समयले पुष्टि गर्दछ ।
आजसम्म राजनीतिक विचारका रुपमा, संगठनात्मक रुपमा या व्यक्तिगत रुपमा आएका विरोधका आवाज जसको सम्वोधन गर्ने र समस्या पत्ता लगाई समाधान गर्नेतिर कसैको ध्यान गएकै देखिँदैन । जसले नेतृत्वको वागडोर सम्हालेको छु भन्छ उसमा 'सेतो कपडा राम्ररी धोएर लगाएको छु, त्यसैले मैलो हुँदैन’ भन्ने घमण्ड छ, तर त्यसलाई कुहिरोले फेला पार्‍यो भने अस्तित्व लोप गराउँछ भन्ने कुराको हेक्का नै छैन ।
मेरो विचारमा अझै पनि 'भाग्य छ, भनेर चाल्नोमा दुध दुहुने संस्कार’ हट्नुको सट्टा झनै झाँगिंदै छ । थोपा-थोपा चुहेको पानीले कहिले गाग्री भरिन्छ र नजिकै सुकाएको बिस्कुन कहिले भिज्ला भनेर नजरअन्दाज गर्नु ठूलो मूर्खता हो । म पत्रकारिता पेशामा आउँदा जिल्लामा निकै सक्रिय हुँ भन्नेहरू पछिल्लो समय पत्रकारिता नै छोडेर अग्रजहरूले माया गरेर र नयाँ पुस्ताले सम्मान गरेर दिएको पदको आडम्वरमा म बाहेक को छ - भन्दैछन् वास्तवमा उनीहरूलाई पत्रकारिताको मर्म सिकाउनेतर्फअग्रजहरूको ध्यान किन गएन -
मसँग पत्रकार महासंघ सँगको आवद्धताको प्रमाणपत्र त छैन तर पत्रकारिताकै क्षेत्रमा मेरा दैनिकी बिताएका आधारमा पनि यी कुरा लेख्ने अधिकार छ भन्ने लाग्दछ । जसले २० वर्षअगाडि एउटा पत्रिकामा आवद्ध थिएँ भन्दै सदस्यता पाएकै आडमा आज राजनीतिक दलका नेता वा कुनै भातृसंगठनको जिम्मेवार व्यक्तिको बागडोर सम्हालेको छ । ँताक परे तिवारी नत्र गोतामे’ भनेझैँ कहिले नेता बन्छ कहिले पत्रकार बन्छ । त्यस्ता व्यक्तिको छानविन किन महासंघले गर्न सक्दैन - उत्तर पनि सहज छ, महासंघका जिम्मेवार व्यक्तिहरू अग्रजहरुकै सिफारिसमा पद पाएका हुन् र अग्रजको पदवी पाउनेहरू तिनै राजनीतिक दलका नेताहरूले भनेको 'तपाई त झ्’ भन्ने शव्दबाटै मख्ख छन् । यो विषयमा जिल्लामा क्रियाशील सबैको ध्यान जानुपर्ने हो तर विडम्वना भोलि बिहान महसंघको सदस्यतासँगै अन्य अवसरहरू नपाउने डर छ नयाँ पत्रकारहरुमा ।
यस विषयमा नयाँ पुस्ताले सशक्त आवाज उठाउन चाहन्छन् तर उनीहरूको साहसलाई गिराउन पहिले बाटो-बाटोमा भेटेर पत्रकारिता सिक्न लगाइन्छ, बुझाइन्छ तर सिकाउनेहरु आफैँले पनि पूर्ण रुपमा सिक्न पाएका छैनन्, सिकारु नै छन् । लोकतन्त्रमा वाक स्वतन्त्रता छ तर पछिल्लो पुस्ताले त्यो व्यक्त गर्ने अवसर नै पाएकै छैन । फेरि उनीहरूका लागि अर्को चिन्ता पनि छ, यदि विरोधका शव्द बोल्ने हो भने भोलि बिहान कतै रोजीरोटी गुम्ने त होइन - जसले बिश्वव्यापी रुपमा नेपाली पत्रकारितालाई चिनाउन जीवन्त योगदान दिए, उनीहरूलाई सलाम छ तर कहिले अग्रज त कहिले सुस्त हुँहा-हुँदै पनि अग्रजको नाममा कहिले सक्रियता र कहिले निष्क्रियताको नाममा मौकाको फाइदा उठाउने र मभन्दा अगाडि कोही छैन भन्नु अग्रजको पनि खिल्ली उडाउनु हो ।

email– repoter.palpa@gmail.com


You may also like

Powered by Blogger.

.

.

.

.