बेरोजगार छोराको चिठ्ठी

/
0 Comments
पि्रिय आमा 

 गाउ यतिखेर पर्याप्त हल्लाहरूले भरिएको हुदो हो । कसको छोराले कुन देशवाट कति पैसा पठायो र कति कोशेली ल्यायो भन्ने सन्र्दभहरू तिम्रो निम्ती पनि रूचिकर वनेको होला । तिमीले पनि म वाट त्यस्तै अपेक्षाहरू गरेकी छौं भन्ने कुरा मलाई थाहा छ । मोवाईल फोनमा छोरासाग गफ गर्ने छिमेकीहरू देखेर हुन सक्छ अथवा अथवा हातमा रिमोट कन्ट्रोल वोकरै पधेरामा पुगेका छिमेकीहरूले सुनाएको हिन्दी सिरीयलका ताजुव कथाहरूले तिम्रा अपेक्षाहरू पनि हृवात्तै वढाईदिएको हुनसक्छ । जीवन भोग्नुको परिभाषा मैले भन्दा तिमीले पृथक ढंगवाट वुझ्न थालेकी छौं । यो कुनै नौलो कुरा भएन । त्यही भएर त तिमी मेरो आमा वनेकी छौं । समाज भन्दा तिमी पृथक भएर वााच्नपर्छ भनेर मैले तिमीलाई भन्ने हिम्मत गर्न सक्दीन । पृथक त म पो छु आमा । जो हरेक वर्ष आमाका अपेक्षाहरू पुरा गर्नुपर्ने डरमा दशैलाई खल्लो विताउछ । मलाई थाहा छ टेलिभिजनमा देखिने जीवनका रंगहरू वढी कृत्रिम हुन र धेरै ढोंग । तर तिम्रो वुढ््यौली आाखाले खुट्याएको जीवनको रंगलाई म कसरी गलत छ भनेर तिमीसाग वादविवाद गरौं । वादविवाद गरिहालेभनेपनि मलाई छिमेकीहरूले भन्नेछन, एउटा नालायक छोरा, जो आमाको अपेक्षाहरू पुरा गर्न नसकेर जीवनको परिभाषा वदल्नतिर लागेको छ । 


कसले कहा कसरी पैसा कमायो भन्ने सन्र्दभ तिम्रो निम्ती यतिखेर रूचिकर हुन सक्दैन । यो प्रवत्ती हो । यतिखेर सबैलाई आफ्नो घर सिगार्ने व्यस्तता हुादो हो । मोवाईलको कि प्याडमा औलाहरू नचाउादै शुभकामना लेखिरहने छिमेकीहरू देखेर तिमीमा पनि आह्रीस पलाएको हुादो हो । त्यतिखेर कहिल्यै पैसा कमाउन नजान्ने आफ्नो छोरोप्रति तिमीमा कति धेरै रिस उठदो हो भनेर म कल्पना पनि गर्न सक्दीन । तर ति सबै कुराहरू तिम्रो अधिकार भीत्र पर्दछन । मेरो आमाभीत्र यतिधेरै अपेक्षाहरू यो दशैले हरेक वर्ष किन थुपारिदिन्छ भन्ने कुरा म अब कसरी थाहा पाउा । यस्तो लाग्न थालिसक्यो यो दशैं एउटा प्रतियोगीता हो । त्यही भएर त हरेक वर्ष जब लाख रुपैया बोकेर सपिङ गर्न हिडेकाहरुले हजार बोकेर बजार गर्न हिडेकाहरुलाई धक्का दिन्छन । तब साच्चिकै दशै आएको भनेर बुझ्नुपर्छ । 

सपनामा मैले धेरै पैसा कमाएर घर फर्केको सपना तिमीले मलाई सुनाएको दिनदेखि मैले आफैलाई नालायक अनुभूति गर्न थालेको छु । मलाई थाहा छ, फ्रायडले भनेका छन पुरा हुन नसकेका अपेक्षाहरू नै सपना वनेर आउाछन । तिमीमा पनि त्यही तथ्य लागु भएको हो । जो म  बुझाउन सक्दिन । तर पनि मलाई आत्मग्लानी भएको छ । दौड जित्न नसकेर हारेको प्रतियोगी जस्तो, लडाई हारेर फर्केको सैनीक जस्तो ।

तिमीलाई लागेको हुनसक्छ - छोरालाई शहरले वदल्यो र हरेक वर्ष पर्याप्त वाहानाहरू देखाएर छोरा दशै मनाउान गााउ छिर्दैन । तर कारण त्यसो होइन । म तिम्रा परिवर्तीत अपेक्षाहरू पुरा गर्नुपर्ने डर मानेर गाउा नछिरेको होइन भन्ने नै अन्तिम सत्य हो । आमा,तिमीले भनेका कुराहरू सत्य हुन तर अन्तिम सत्य त्यतिमात्रै होईन । हो म शहरमा जीवन वुझ्नुको भ्रम पालेर वााचेको छु । 

मैले यो कुरा तिमीसाग धेरैपल्ट गरिसके । तर पनि यही कुरा दोहराईरहन मन लाग्दैछ । दशै त अर्को वर्ष पनि आउछ । त्यतिखेर तिम्रा अपेक्षाहरू पनि वदलिनेछन भन्ने मलाई थाहा छ । थोरै मान्छेलाई जस्तै मलाई पनि लाग्न थालेको छ हाम्रा कतिपय आस्थाहरू र कतिपय भक्तीहरू वेमौषममा आएको गलगाड झै हामीलाई पि्रय लाग्दछ ।



You may also like

Powered by Blogger.

.

.

.

.