गजुरवाला बस

/
0 Comments
सानैमा मैले सुनेको हुं । मनको मन्दिरमा तिमीलाई सजाउला भन्ने बोलको गीत । त्यतिबेला मलाई धेरै कुरा थाह थिएन । थाह पाउने उमेर पनि त थिएन । तर मनको मन्दिर कस्तो हुन्छ होला ? अनि त्यसमा भगवानलाई नसजाएर मान्छेलाई नै किन सजाउने भनेका होलान ? त्यसरी सजाउने मान्छे कति भाग्यमानी हुन्छ होला । जसले हरेक दिन भक्तजनहरुको प्रसाद खानेछ । धुपको वासना पाउनेछ र घण्टीको पि्रय आवाज सुन्नेछ । मलाई त्यतिवेला यो पनि थाह थिएन, त्यस्तो मन्दिर कस्तो हुन्छ होला ? पशुपतीनाथको जस्तो कि कृष्ण मन्दिर जस्तो । कि त्यो हुन्छ होला परेवाको विष्टहरुले पोतिएको र अलिक ढल्किएको मनकामना मन्दिर जस्तो । 

ठूलो भएपछि मैले थाह पाए । मनको मन्दिरमा राख्छु भनेको कुरा त अर्कै पो रैछ । त्यो त पिरिम गर्नेहरुले गाउने गीत पो रैछ । सिधै भन्न नसकेर त्यो भन्या होलान तिनीहरुले । कम्ती वाठा रैछन । त्यति वाठा रैछन र पो त पिरिम गर्ने हिम्मत गर्दा रैछन । त्यतिबेलै मैले थाह पाएको हुं, मन्दिरभीत्र जो बसेपनि जसलाई बसाएपनि मन्दिरको आकार एउटै हुन्छ । त्यसको गजुर हुन्छ । त्यो मन्दिरको टुप्पोमा हुन्छ ।

अघिल्लो वर्ष दशैको भोलिपल्ट तनहंुको बन्दिपुर जांदा म धेरै नै बेर डुम्रे बजारमा रोकिएको थिए । बेनीको बजार जता माया उतै छ नजर भन्ने गीतलाई साथीहरुले विगारेर डुम्रेको बजार जता माया उतै छ नजर भनेर गाईरहेका थिए । सुर र ताल नमिलेको गीत सुनेर केही केटीहरु हासीरहेका थिए । तिनीहरुको हांसोमा व्यग्य मिसीएको थियो र अनुहार नराम्ररी खुम्चिएको थियो । त्यतिनै बेला एउटा बस चर्को स्वरमा हर्न बजाउदै आयो । मैले कान थुने । मनमनै सरापे । र बसतिर हेरे । बस त अनौठोको रैछ । म गलत सावित भए । मन्दिरमा गजुर हुन्छ भन्ठान्या त बसमा पनि गजुर हुंदो रैछ । गजुर भएपछि त त्यो मन्दिर हुनुपर्ने हो । तर यो त मन्दिर हैन । तर गजुर छ । यसलाई के भन्ने होला ? बसको ड्राईभरलाई पुजारी भन्ने होला की यात्रुहरुलाई भक्तजन भन्ने होला । अघी बजेको हर्न होला कि यसको आधुनिक घण्टी होला । जे होला होला । तर त्यो बसलाई मैले कैद गरिहाले मेरो क्यामेरामा । गजुर भएको बसलाई के भन्ने होला ? मायाको मन्दिरमा सजाउने गीतकेा गायकले यो कुरा थाह पाए के गलर्ा 



You may also like

Powered by Blogger.

.

.

.

.