के सम्म हुन्छ पत्रकारितामा

/
0 Comments
लन्डन, भदौ ३१ (एजेन्सी)- बेलायती पत्रिकाहरुले अफर आउँदा पनि नछापेको युवराज विलियमकी पत्‍नी केट मिडलटनको नग्न तस्बिर आयरल्यान्डको एउटा ट्याब्ल्वाइड पत्रिकाले छापेको छ। आइरिस डेली स्टारले दुई पेजको समाचारमा फ्रान्सको क्लोजर म्यागेजिनले छापेकै १० वटा फोटो 'क्रुद्ध केटले तस्बिर छापेकोमा पत्रिकालाई मुद्दा हाल्ने' शीर्षकमा छापेको हो। पत्रिकाले मुखपृष्ठमा 'सबैले हेर्न चाहेको तस्बिर राखेको' भन्दै 'टिजर' राखेको छ। फ्रान्सको क्लोजर म्यागेजिनविरुद्ध राजदम्पतिले मुद्दा दायर गरिसकेका छन्। यसैगरी एउटा इटालियन गसिप म्यागेजिन 'चे'ले २६ पेजको रिपोर्टसहित नछापिएका थप तस्बिरहरु सोमबार छाप्ने बताइसकेको छ। ग्रिक पत्रिका एलेफ्थेरोस टिपोजले पनि मुखपृष्ठमा नै दुई वटा नग्न फोटो छापिसकेको छ।

 आइरिस डेली स्टारका सम्पादक माइक ओ केनले बीबीसीलाई प्रतिक्रिया दिँदै आफ्ना पाठकहरुको सेवाका लागि फोटो छापिएको बताएका छन्। 'यो इस्यु बेलायतमा मात्र हो किनभने उनी तपाईँहरुकी भावी महारानी हुन्। तर यहाँ आयरल्यान्डमा हाम्रो दृष्टिमा केट मिडलटन एक सेलिब्रिटीमात्रै हुन्', उनले भनेका छन्। पत्रिकाको ५० प्रतिशत शेयर बेलायती कम्पनी नर्दन एन्ड शेलको छ। उसले सम्पादकीय निर्णयमा आफ्नो कुनै नियन्त्रण नहुने बताउँदै फोटो छापेर प्राइभेसीको उल्लङ्घन गरेको बताएको छ। टिप्प्णी ः यसअघी पनि बेलायती राजपरिवारक सदस्य अर्थात राजकुमार पि्रन्सका भतिजाको नग्न तस्विर छापीएपछिं सिंगो वेलायत तातेको थियो । उक्त तस्विर बेलायतकै दि सन् ले पनि छापेको थियो । तर राजकुमारी पि्रन्सको तस्विर भने दि सन् ले नछाप्ने बताईसकेको छ । व्यक्तीगत क्रियाकलापका तस्विरहरु छाप्न हुने कि नहुने भन्ने विवाद र बहस पत्रकारिताको जननी मानीने बेलायतमा वर्षौदेखी चली आएको छ । आफ्नो अर्धनग्न तस्विर छापेको भन्दै बेलायती राजसंस्थाले क्लोजर म्यागजिन विरुद्ध मुद्धा दर्ता गरीसकेको छ । यो मुद्धाको बहस ले पत्रकारितामा निजी र व्यक्तीगत कुरा छाप्न हुन्छ की हुदैन वा सार्वजनिक ठाउमा देखीएका सबै तस्विरहरु छाप्न हुन्छ कि हुदैन भन्ने बहसको किनारा लगाउनेछ ।


You may also like

Powered by Blogger.

.

.

.

.