/
0 Comments

विद्यार्थीले जलाए नागरिक दैनिक

अनलाइनबाट प्रिन्ट गरेर पनि जलाए-
टेकनारायण भट्टराई, पाल्पा, माघ १२, पाल्पाका विद्यार्थी संगठनले नागरिक दैनिक जलाएका छन्। बुधबार बेलुका तानसेन सितलपाटीमा पत्रिका जलाउदै विद्यार्थीले पत्रकारलाई जे पायो त्यो नलेख्न धम्की दिएका छन्। आक्रोशित विद्यार्थीले आन्दोलनको पक्षमा समाचार प्रकाशित नगरे अन्य पत्रिका पनि जलाउने चेतावनी दिएका छन्।
विद्यार्थी आन्दोलनको विरोध गर्दै नागरिकले बुधबार सम्पादकीय प्रकाशित गरेको भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु छैठौं र स्वतन्त्र विद्यार्थी युनियनले पत्रिका जलाएका हुन्। ‘आज नागरिक दैनिक जलाइएको छ,' कोणसभामा बोल्दै विद्यार्थी नेताले भने ‘हाम्रो आन्दोलनलाई महत्व नदिने र तुहाउन खोज्ने कुनै पत्रिकालाई बाँकी राखिने छैन्।'

यसैबीच नेपाल पत्रकार महासंघ पाल्पाले पत्रिका जलाइएकोमा विज्ञप्ति मार्फत भ्रत्सना गरेको छ। पत्रकार महासंघ पाल्पाका अध्यक्ष भगवान भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विमतिका अन्य उपाय हुँदाहुँदै पत्रिका जलाएर विद्यार्थीले प्रेस स्वतन्त्रता र विचारको मानमर्दन गरेको उल्लेख छ। ‘सम्पादकीय लेखेको विषयलाई लिएर नागरिक दैनिक पत्रिका जलाइएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा उल्लेख छ ‘पत्रिका जलाउने विद्यार्थीको कदम प्रेस स्वतन्त्रताको विपक्षमा छ, आइन्दा यस्ता कृयाकलाप नगरियोस्।'

नेविसंघ त्रिभुवन वहुमुखी क्याम्पस इकाइ सभापति केशव बश्यालले नागरिकले विद्यार्थी आन्दोलन तुहाउने मनसायले सम्पादकीय लेखेको भन्दै जलाइएको बताए। ‘हाम्रो आन्दोलनको विपक्षमा गएकोले नागरिक जलाइएको हो।' उनले भने। विद्यार्थीले नागरिकन्यूज डटकमबाट सम्पादकीय प्रिन्ट गरेर समेत त्यसलाई जलाएका थिए। प्रिन्ट गरिएका प्रतिलाई नागरिक पत्रिकाको चाङमामाथि राखेर डढाए पछि उनीहरुले ताली बजाए। आन्दोलनको समाचारलाई महत्व नदिए स्थानीय पत्रिका पनि जालउने धम्की विद्यार्थी संगठनले दिएका छन्।
Thursday, 26 January 2012 नागरिक
http://www.nagariknews.com/society/nation/35894-2012-01-26-05-20-10.html


You may also like

Powered by Blogger.

.

.

.

.