/
0 Comments
पत्रकारहरुलाई नगद वितरण गरेको घटनाप्रति महासंघको ध्यानाकर्षण ।
दशैको मुखमा शुभकामना दिने भन्दै पत्रकारहरुलाई पैसा दिएको घटना सार्वजनिक भएपछि पत्रकार महासंघले बिज्ञप्ती जारी गरेको छ । यो नेपाली पत्रकारितामा आफैमा नया घटना हो । हिडन सेक्रेट जस्तो दशैको मुखमा पत्रकारहरुले पैसा लिने घटना सुन्नमा आएपनि महासंघले नै चासो लिएर विज्ञप्ती जारी गरेको यो पहिलो घटना हो । यस्ता घटनाले नेपाली पत्रकारिताको वास्तविकता बुझाउन मात्रै मद्दत गर्दैन, पत्रकार र नेताविचको सम्बन्धलाई बुEmन समेत मद्धत गर्दछ । त्यसैले महासंघको विज्ञप्तीको पूर्णपाठ सान्र्दभिक हुने ठानेर यहा राखीएको छ ।

०६८।०६।१५


प्रेस विज्ञप्ति


स्वास्थ मन्त्री राजेन्द्र महतोले असोज १४ गते पत्रकारहरुलाई दशैंको शुभकामना कार्डसँगै नगद वितरण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
आफ्ना स्वकीय सचिवमार्फत मन्त्री महतोले पत्रकारहरुलाई ुजरुरी काम छ मन्त्रीज्यूलाई भेट्नु पर् योु भन्दै पटकपटक टेलिफोन गरेर पुल्चोकस्थित सरकारी निवासमा बोलाएर शुभकामना कार्डसहित रु ५०००। देखि रु। ८०००। सम्म नगद वितरण गरेको विवरण महासंघलाई प्राप्त भएको छ ।

स्वास्थ्य मन्त्री महतोको यो कार्य पदीय मर्यादाविपरीतमात्र होइन नेपालको अन्तरिम संविधान र कानुनको प्रत्यक्षत उल्लंघन पनि हो । यसैगरी सो कार्य अख्तियारको दुरुपयोग र भ्रष्टाचार नियन्त्रण ऐनविपरीतको काम पनि हो । यो कार्यलाई महासंघले सत्ता र शक्तिको आडमा सरकारी रकमको दुरुपयोग गरी पत्रकार र साचारमाध्यमलाई भ्रष्ट र आफ्नो प्रशंसक बनाउन खोज्ने प्रयत्नको रुपमा लिएको छ । यसतर्फ आवश्यक अनुसन्धान गरी कारबाही प्रकि्रया अघि बढाउन महासंघ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँछ ।
साथै महासंघ पत्रकार आचारसंहिताविपरीतका यस्ता कार्यबाट टाढा रहन आफ्ना सबै सदस्यको ध्यानाकर्षण गराउँदछ ।

जगत नेपाल
का वा महासचिव



You may also like

Powered by Blogger.

.

.

.

.