/
0 Comments
मिडीयाको अनुहार ??
पालागुम्मी साईनाथ -पी. साईनाथ) ग्रामीण भारतको विषयमा लेख्न रुचाउने भारतीय पत्रकार हुन् । भारतीय दैनिक द हिन्दुका ग्रामीण मामला सम्पादक साईनाथ वर्षको करिब ९ देखि १० महिना ग्रामीण इलाकामा समाचार खोज्न हराउाछन् । उनको यो पछिल्लो १८ वर्षदेखिको दैनिकी हो । साईनाथ यसैसाता खोज पत्रकारिता केन्द्रको संयोजनमा नेपाल आएको थिए । सो वखत आयोजित एक कार्यक्रममा साईनाथले पत्रकारिताको विषयमा दिएको अभिब्यक्ति ः

प्रत्येक देशमा प्रजातन्त्रभन्दा अघि मिडिया आफ्नै प्रजातान्त्रिकरण आवश्यक हुन्छ । मिडिया प्रजातान्त्रिक हुनुको अर्थ पत्रकार प्रजातान्त्रिक हुनु हो । अहिले हामी के छापिरहेका छौं ? यो प्रश्न महत्वपूर्ण छ । हामी हिजोआज पैसा तिरिएको सामाग्रीलाई समाचारको नाम दिएर छापिरहेका छौं । अर्थात 'पेड न्यूज' प्रवृत्ति हुर्कदै गएको छ । मिडियामा लगानी गर्ने अधिकांश मालिक नाफामुखी मात्र छन् । उनीहरु मिडिया जनसेवाको माध्यम हो भन्ने बिर्सन्छन र पैसामात्र छाप्न चाहन्छन् । तर, म तिनीहरुलाई सल्लाह दिन चाहन्छु - नाफामात्र खोज्ने भए किन मिडियामा लगानी गर्नु ? लगानी गर्ने अरु थुप्रै ठाउा छन् ।

पत्रकारको सन्दर्भमा पनि त्यही हो । कुनै पनि पत्रकारले पेशाप्रतिको प्रतिवद्दतालाई गम्भीर रुपमा लिनैपर्छ । जबकि आफ्नै विषयमा होइन । पत्रकारिता पेशाको धर्म नै यही हो । अहिले मिडिया र कर्पोरेट सम्झौता सबैभन्दा हानीकारक भइरहेको देख्न सकिन्छ । यसले मिडियाको धर्मलाई नष्ट गर्छ । जब मिडिया 'कर्पोरेटाइज्ड' हुन्छ, त्यो झुटो बोल्ने संरचनाका रुपमा विकसित हुन्छ । मिडिया जति 'कमर्सियलाइज्ड' हुन्छ, मिडियामा लोकतन्त्र सकिदै जान्छ । अहिले गम्भीर प्रश्न उठेको छ, मिडिया 'फोर्थ स्टेट' हो कि 'रियल इस्टेट' ?

म त भन्छु - मिडियामा कङ्लोमरेट लगानी हुनै हुादैन । सम्पादकीय स्वतन्त्रताका लागि अन्य क्षेत्रमा लगानी गरेकाले मिडियामा लगानी गर्न नपाउने कानुनी बाध्यकारी ब्यवस्था बनाउनै पर्छ ।

पत्रकारहरु सोध्ने गर्छन्, 'नछापिएको समाचार
killed story का विषयमा के गर्ने ? म त भन्छु, त्यस्ता समाचार छाप्न छुट्टै जर्नल निकाल , ताकि तिम्रो सम्पादक/प्रकाशकलाई थाह होस् समाचार छाप्ने अर्को माध्यम पनि छ र समाचार मर्दैन भन्ने । पत्रकारले जति लेखे पनि केही हुने होइन वा परिवर्तन हुने होइन भनेर बेवास्ता गर्नुको अर्थ हुादैन । किनभने, केही हुने भन्ने कुरा एकैपटक हुादैन यो निरन्तरताको मात्र कुरा हो । केही हुन्छ, त्यो केही समयक्रममा हुन्छ । मिडियाकर्मीले Personal Responsibility भन्ने कुरालाई बिर्सयो भने पत्रकारिताको चरित्र ध्वस्त हुन्छ । आजकाल सम्पादकहरुले जनसम्बन्ध - public relation लाई बिर्सदै गएका छन्, त्यो हामीकारक छ । पत्रकारको चरित्र नै जनसम्बन्धमा छ

अर्को कुरा, म पत्रकारहरुको संगठन निर्माणमा जोड दिन्छु, यस्तो संगठन जसले मिडियालाई लोकतान्त्रिक गर्न एकतावद्ध प्रयास गरोस् । समग्रमा, पत्रकारिता जनताका लागि हो र हुनुपर्छ ।



You may also like

Powered by Blogger.

.

.

.

.