/
0 Comments
हिन्दी पत्रकारितामा पन्ध्र वर्ष

— किशोर नेपाल

केही समय पहिले प्रदीप (गिरी) दाइले भन्नुभयो, …तिमीले हिन्दीमा पनि नेपालका विषयमा सामयिक टिप्पणीहरू लेख्नथाले हुन्थ्यो। जनसत्ता दैनिक त तिमीलाई थाहै छ। बडो पावरफुल छ हिन्दी संसारमा।'
प्रदीप दाइको सुझाव राम्रो मात्रै थिएन, त्यतिबेलाको आवश्यकता पनि थियो। यति मात्रै कि म उत्सुक भएर पनि समयका कारणले खुम्चिएको छु।
भारतका केन्द्रीय समाचारपत्रहरूमा छानिएर आउने गरेका नेपालका समाचारहरूमा पूर्णता पाइ“दैन। त्यस्ता समाचारहरूको पहु“च हिन्दी संसारसम्म पुगेको पनि छैन। हिन्दी भाषीहरूका बीच नेपालका बारे जानकारीको ठूलो कमी छ। कम्युनिकेशन ग्याप पनि नेपाल र भारतबीच विग्रहको एउटा कारण बनेको छ।
शुरुमा हिन्दी पत्रपत्रिकाहरू निकै पढ्थे“। समाजवादी नेता डा.राममनोहर लोहियाद्वारा स्थापित …जन' मासिक र …दिनमान'को नियमित पाठक थिए“ म। मेरो अधिकांश समय नेपाल भारत सांस्कृतिक केन्द्रको लाइब्रेरीमा बित्दथ्यो। त्यतिखेर त्यो लाइब्रेरी डिल्लीबजारको पुतली सडकपट्टिको ओरालोमा थियो।
कुनै बेला म हिन्दी पत्रकारितामा सक्रिय थिएं“। टाइम्स अफ इन्डिया समूहको साप्ताहिक प्रकाशन दिनमानको नेपाल समाचारदाताको रूपमा मैले पन्ध्र वर्षजति निरन्तर काम गरे“। हिन्दीका सुप्रसिद्ध साहित्यकार रघुवीर सहायको सम्पादन टोलीमा धेरै महŒवपूर्ण साहित्यकारहरू हुनुहुन्थ्यो। सर्वेश्वर दयाल सक्सेना, प्रयाग शुक्ल, नेत्रसिंह रावतजस्ता धेरै दिग्गज व्यक्तित्वहरू दिनमानमार्फत भारतीय पत्रकारितामा छाउनुभएको थियो।
सन १९६६ को मध्यमा पहिलोपटक म दिल्ली पुगेको थिए“। भद्रगोल जेलमा सात महिना बिताएर बनारस हु“दै दिल्ली पुग्दा मस“ग केही थिएन। एउटा सानो ब्यागमा सामान्य कपडा र खल्तीमा पचास रूपैया“बाहेक।
अब कहा“ जाने? पुरानो दिल्लीको रेलवे स्टेशनमा ओर्लिएपछि मैले आफ्नो गन्तव्य पहिल्याउन खोजे“। जाने ठाउ“ थिएन। कसैस“ग परिचय थिएन। मेरो आमा ग्वालियरमा हुनुहुन्थ्यो। दिल्लीबाट झन्डै छ घण्टा लाग्दथ्यो रेलमा त्यहा“ पुग्न। त्यसमाथि मैले मनमा आमाकहा“ जानुभन्दा पहिले दिल्ली घुम्ने रहर सा“चेको थिए“। बनारसभन्दा ठूलो शहर कहिल्यै नदेखेको मेरा लागि दिल्ली महासमुद्रजत्तिकै थियो।
म दिनमानको कार्यालयमा जान चाहन्थे“। सम्पादक सहायजीस“ग भेट्ने र दिनमानमा लेख्ने ठूलो धोको थियो मनमा। म हिन्दी भाषा बुझ्दथ“े, हिन्दीमा लेख्नसक्छु भन्ने आत्मविश्वास थियो। तर, बोल्न भने त्यति आउ“दैनथ्यो। मैले सोधपुछ गरेर दिनमानको कार्यालय पत्ता लगाए“ र एउटा तीनपाङ्ग्रे चढेर पुगे“ टाइम्स अफ इन्डिया। दिनमानको कार्यालयमा पुगेर मैले भने“, …म नेपालबाट आएको हु“। सम्पादकस“ग भेट्न चाहन्छु।' संयोग मैले जोस“ग बोलेको थिए“, उहा“ नै हुनुहुन्थ्यो रघुवीर सहाय। उहा“ले मलाई सर्सर्ती हेर्नुभयो र आफ्नो च्याम्बरमा लैजानुभयो।
मैले बडो आत्मविश्वासका साथ भने“, …म नेपालका बारेमा लेख्न चाहन्छु। नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सघाउन चाहन्छु। म नेपालको समाजवादी आन्दोलनस“ग जोडिएको पनि छु र भर्खर जेलबाट छुटेर आएको ह“ु।'
सहायजीले उत्साहपूर्वक मेरो कुरा सुन्नुभयो र भन्नुभयो, …हुन्छ लेख। लेख्न थालिहाल। जेलको तिम्रो अनुभवबाटै शुरु गर।'

म दिल्लीमा स्थापित भए“, नेपालको महŒवपूर्ण पत्रकारका रूपमा। यता नेपालमा भने मेरो स्थिति मौलोमा बा“धिएको बोकाको जस्तो थियो। प्रशासनले कति बेला कुन बहानामा छप्काउने हो † सधै“को सन्त्रास।


सहायजीले नै मेरो बस्ने व्यवस्था मिलाइदिनुभयो र आफ्नो गाडीमा दिल्ली पनि घुमाइदिनुभयो। मैले बडो मिहिनेत गरेर नेपाली जेलको अवस्थाका बारे एउटा रिपोर्ट तयार गरे“ हिन्दीमा। लेखिसकेपछि आफ“ैलाई लाग्यो, …भाषा त सखाप नै छ।' मेरो रिपोर्टलाई नेत्रसिंह रावतले अलिकति पनि झर्को नमानी सम्पादन गरिदिनुभयो र उहा“ले नै हिन्दीमा लेख्न चाहिने केही सूत्रहरू बताइदिनुभयो। मेरो त्यो रिपोर्ट दिनमानको एउटा मुख्य स्टोरी बन्यो। तर, दिनमानको त्यो अङ्क नेपाली बजारमा आउन पाएन। त्यतिबेला अहिलेजस्तो भारतीय पत्रपत्रिकाहरू नेपाली बजारमा सर्वसुलभ थिएनन्। दिल्लीबाट विमानको बाटो काठमाडा“ै आएका पत्रपत्रिकाको कडा सेन्सर हुनेगर्दथ्यो विमानस्थलमा। नेपालका बारे समाचार छापिएका अङ्क जफत हुन्थे।
म नियमित रूपले लेख्नथाले“ दिनमानमा। नेपालको प्रजातान्त्रिक आन्दोलन, कला, साहित्य, संस्कृति सबै विषय पर्थ्याे मेरो भागमा। छोटो समयमा दिनमान नेपाली प्रजातान्त्रिक राजनीति र पत्रकारिता संसारस“ग अविच्छिन्न बन्यो। त्यतिबेलाका नेपाली नेताहरूले यसको महŒव बुझेका थिए। म दिल्लीमा स्थापित भए“, नेपालको महŒवपूर्ण पत्रकारका रूपमा। यता नेपालमा भने मेरो स्थिति मौलोमा बा“धिएको बोकाको जस्तो थियो। प्रशासनले कति बेला कुन बहानामा छप्काउने हो † सधै“को सन्त्रास।
टाइम्स अफ इन्डिया प्रकाशन समूहले प्रतिफलमुखी नीति अ“गालेपछि यसका प्रतिष्ठित तर नाफा कमाउन नसकेका प्रकाशनहरूलाई बन्द गर्दै जाने निर्णय गर्‍यो। यसक्रममा, १९८३ तिर रघुवीर सहाय, धर्मवीर भारतीलगायतका सम्पादकहरूलाई कम्पनीले बिदा गर्‍यो। सहायजीपछि केही समय कन्हैयालाल नन्दनको सम्पादनमा निस्कियो दिनमान। पछि केही समय सतीश झा पनि सम्पादक हुनुभयो। अन्ततः प्रकाशन सधै“का लागि बन्द भयो। सहायजीपछि मैले दिनमानमा लेखिन“। म हिन्दी पत्रकारितामा पनि नियमित हुन सकिन“। यद्यपि, केही समय मैले प्रभाष जोशीको सम्पादनमा इन्डियन एक्सप्रेस समूहको जनसत्ता दैनिकमा पनि काम गरे“।
अहिले हिन्दी पत्रकारिताले निकै बिस्तार पाएको छ। धेरै दैनिक पत्रिकाहरूले नेपाललाई बजारका रूपमा हेरेका छन्। नेपाली समाजमा सूचनाको भोक पनि बढ्दै गएको छ। दुःख लाग्दो कुरा, यी भारतीय प्रकाशनहरूमा नेपाली समाजको जिम्मेवार ढङ्गले प्रतिनिधित्व हुनसकेको छैन। न त भारतीय पत्रकारहरूले नेपालको परिवेश बुझ्न खोजेका छन्, न दुई देशबीच सम्बन्धका जटिलताहरूलाई सल्टाउन खोजेका छन्।




You may also like

Powered by Blogger.

.

.

.

.