/
0 Comments
प्रायोजित समाचार

एकराज पाठक

राजधानीबाट प्रकाशित हुने हरेक दिनका अखबारहरूको अर्थ पृष्ठमा हिजोआज एउटा समाचारले बेजोड प्राथमिकता पाउने गर्छ। समाचारको शीर्षक हुने गर्छ – फलानो बैंकको शाखा फलानोे ठाउ“मा खुल्यो। यो समाचारलाई यसरी पनि सि“गार्ने गरिन्छ – यससमेत गरी देशभरमा यो बंैकका शाखा यति पुगे। चानचुने हाउभाउले छापि“दैन यो समाचार। कम्तीमा तीन कोलुममा अक्षर र त्यो बंैकका अध्यक्ष या कार्यकारी अधिकृतले रिबन काट्दै गरेको एकै शैलीको (प्रायः कालो चश्मा लगाएको) तस्वीरसमेतले स्थान पउने गर्छ। धेरैजसो पत्रिकाको आर्थिक पेजको यो मुख्य समाचार नै हो। छापामा मात्र नभई टेलिभिजनहरूका लागि पनि प्राथमिकताकै समाचार हो।
यो देशमा वाणिज्य बैंक २६, विकास बैंक ६३ र फाईनान्स कम्पनी अर्थात् वित्तीय संस्थाको संख्या ७७ छ। नेपालका विभिन्न स्थानमा रहेका सहकारी त अलग्गै भई नै हाले। देशका यी सबै बैंक तथा वित्तीय संस्थाले देशका कुनै न कुनै स्थानमा शाखा खोलेकै छन्। मुलुकलाई दह्रो रूपमा आर्थिक मन्दीले छोए पनि, यी बैंकमा तरलता–अभाव जारी नै रहे पनि शाखा खोल्नमा भने बैंक तीब्र प्रतिस्पर्धामा उत्रिएका छन्। यो प्रतिस्पर्धाले बैंक समाचारमा छाउने क्रममा भने कुनै मन्दीले छोएको छैन। दैनिक एवं साप्ताहिक अखबारले पनि आफ्ना पेज भर्ने गतिलै माध्यम पाएका छन्। यसरी पेज भरिएका समाचार गएको फागुन महिनामा मात्र दैनिक पत्रिकामा दुई सयको हाराहारीमा भेटिए। यो महिनामात्र दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाले राजधानीबाहिर विभिन्न स्थानमा शाखा खोलेका छन्। ती सबै घटनाले दैनिक अखबारका समाचारमा राम्रो प्राथमिकता पाएका छन्।
प्रश्न यो समाचार हो कि, होइन भन्ने हो। देशका अखबारहरूको अर्थपेजलाई समाचारको आ“खाबाट हेर्ने हो भने यी समाचारलाई विज्ञापन पेजमा मात्र राख्नमिल्छ। भारतको प्रमुख बैंक स्टेट बैंक अफ इन्डियाका स्वदेश र विदेशमा गरी करिब आठ हजार शाखाहरू छन्। नेपाली पत्रिकाले जस्तै समाचार छाप्ने हो भने भारतको एक शताब्दी लामो प्रमुख अखबार टाइम्स अफ इन्डियाले कति पेज विशेषाङ्क निकाल्नुपर्ला?

भारतको प्रमुख बैंक स्टेट बैंक अफ इन्डियाका स्वदेश र विदेशमा गरी करिब आठ हजार शाखाहरू छन्। नेपाली पत्रिकाले जस्तै समाचार छाप्ने हो भने भारतको एक शताब्दी लामो प्रमुख अखबार टाइम्स अफ इन्डियाले कति पेज विशेषाङ्क निकाल्नुपर्ला?

तर, हाम्रो देशका अब्बल दर्जाको दाबी गर्ने अखबारहरूले जस्तो गरी त्यो पत्रिकाले कहिल्यै पनि छापेको देखि“दैन। यो एउटा बैंकको मात्र कुरा होइन, त्यो देशमा कति बैंक तथा वित्तीय संस्था होलान् र तिनका पनि यसै गरी सेवा केन्द्र या शाखा खोलेको समाचार दिने हो भने भारतीय अखबारका पनि आर्थिक पेजको हालत त त्यस्तै हुनेथियो, त्यस्तो समाचारले ती अखबारमा स्थान पाउ“दैन, विज्ञापनमा बाहेक।
समाचार के हो र विज्ञापन के हो भन्ने बहसले हामीकहा“ अझै आधिकारिकता हासिल गर्न सकिरहेको छैन। नेपालको पत्रिका सुधासागरलाई आधार मान्दा नेपालको पत्रकारिताको इतिहासले ठीक एघार दशक पूरा गर्‍यो। रत्नराज्य क्याम्पसले शुरु गरेको समयलाई नै आधार मान्दा पनि नेपाली पत्रकारिताको विश्वविद्यालयीय शिक्षाले पनि तेत्तीस वर्ष नाघ्यो। आज देशका दुई सयभन्दा बढी साना–ठूला क्याम्पसमा पत्रकारिता विषयमा अध्ययन भइरहेको छ, भने यो विषयको स्नातकोत्तर पढाइ शुरु भएको पनि आठ वर्ष पुगिसक्यो। अब कहिले हुने त व्यावसायिक? समाचार र विज्ञापन छुट्याउन सक्ने हुनका लागि अझ कति वर्षको प्राज्ञिक या प्रयोगात्मक अध्ययन चाहिने हो? वास्तवमा बंैकको शाखा खुलेको विषयले समाचारको स्थान लिन सक्दैन, यो जानकारी या सूचना हो र यसको प्रवाह गर्न पत्रकारिताभित्र पनि अलग्गै स्थान र मान्यता छ। सम्बद्ध बैंकले विज्ञापनमार्फत आफ्ना ग्राहकलाई जानकारी दिनसक्छ। त्यो बैंकका कहा“ र के–कस्तो सुविधा दिने शाखा छन् भन्ने विषयको जानकारी उसैले विज्ञापनमार्फत जानकारी दिने हो।
विज्ञापन समाचार बनेको यो एउटा मात्र उदाहरण हो। सा“च्चै भन्ने नै हो भने यस्ता अनगिन्ती विज्ञापनको लेपयुक्त अक्षरहरूले मात्र अखबारको अर्थ पेज भरिएको हुन्छ। आज फलानो कम्पनीको यस्तो–उस्तो उत्पादन बजारमा आयो भनेर छापिन्छ। त्यसको एक–दुई दिनमै त्यही उत्पादनको विज्ञापनले त्यो अखबारको पेज भरिन्छ। यो समाचार नछाप्ने अखबारलाई त्यो कम्पनीले विज्ञापन दि“दैन, जसरी शाखा खोलेको समाचार र विज्ञापन नछाप्नेलाई बैंकले दि“दैन। विज्ञापन प्राप्त गर्नकै लागि पनि अखबारहरूले यी विज्ञापनलाई समाचार बनाएर छाप्ने गरेका हुन्। यही संस्कृतिलाई बढावा दिई नै रहने हो भने समाचार के हो र के होइन भन्ने विषयमा विश्वविद्यालयहरूमा किन पत्रकारिता विषयको अध्ययनमा जोड दिनुपर्‍यो? त्यसैले समाचारलाई समाचरकै र विज्ञापनलाई विज्ञापनकै स्थानमा छाप्ने बनाउनका लागि आखिर हामै्र पहलको खा“चो पहिलो हो। होइन, भने आर्थिक मन्दीले दिन गनेरै र उद्योगधन्दाहरू थला परिरहेको मुलुकुको अखबारमा यसको कारण र निराकरणका उपायको सामयिक खोजीलाई बहसमा ल्याउनुको सट्टा यसै गरी विज्ञापनले नै पेज भर्नेे हो भने यस्ता पेजको नाम किन …विज्ञापन पेज' भनेर नराख्ने? अथवा अर्थ पत्रकारिताका विषयमा थप तालिम या अध्ययनको पो खाचो हो कि?







You may also like

Powered by Blogger.

.

.

.

.