/
0 Comments
संकटमा पत्रकार महासंघ
–किशोर नेपाल

विधिको सम्मान नगर्ने संस्कार भएका समाजहरूमा आन्दोलन लगभग अनिवार्य नै हुन्छ। एक्काईशौ“ शताब्दीमा प्रवेश गरेको आधुनिक विश्व समुदायको हावाले तरंगित भएको मन र अठारौ“ शताब्दीको सामन्तवादी मानसिक जकडबाट मुक्त हुन नसकेको नेपाली समाजको परिवर्तनका लागि त आन्दोलन बाहेकका अरू विकल्पहरू उपस्थित नै छैनन् भनेपनि हुन्छ। यो तथ्यलाई सबभन्दा बढी बुझ्ने संस्था बनेको छ नेपाल पत्रकार महासंघ। संचारकर्मीहरूको व्यावसायिक छाता संगठनका रूपमा प्रतिष्ठित महासंघ आन्दोलनको अजस्र स्रोत बन्दै गएको छ।
महासंघले गरेका आन्दोलनहरू अहिलेसम्म निष्कर्षहीन बनेका छन्। पत्रकारहरू मारिने, पिटिने र धम्क्याइने बित्तिकै महासंघमा आन्दोलनको मौसम शुरू भै हाल्दछ। उच्चस्तरीय मिशनहरू गठन हुन्छन्। प्रतिवेदनहरू तयार हुन्छन्। कार्यशाला, गोष्ठी र सेमिनारको आयोजना गरिन्छ। तर, व्यवसायमा लागेकाहरू मारिने, पिटिने र धम्क्याइने क्रम जारी रहन्छ। वीरेन्द्र शाह, उमा सिंहहुंदै अहिले टीका विष्टसम्म आइपुग्दा यही क्रम दोहोरिइ रहेकोछ। महासंघले आफ“ैले तयार पारेका प्रतिवेदनहरूलाई कहिल्यै पनि दोहोर्‍याएर हेर्दैन। महासंघका पदाधिकारीहरू आन्दोलनमा रमाउ“छन्। व्यावसायिक सुरक्षाका लागि आन्दोलन गर्नै नपर्ने परिस्थितिको निर्माण उनीहरूको कार्यसूचीमा पर्दैन।
महासंघको व्यावसायिक प्रतिष्ठा पनि घाइते भइसकेको छ। महासंघभित्र व्यवसायीहरूभन्दा राजनीतिक दल र गैरसरकारी संघसंस्थाहरू बढी हावी भएका छन्। उमा सिंह दुर्घटनापछि संचारकर्मीहरूको नाममा गैरसंचारकर्मीहरूले अनुचित फाइदा उठाए। वीरेन्द्र शाह दुर्घटनापछि पनि त्यस्तै देखियो। महासंघको आ“गनमा उभिएर गैससका नेताहरू हिरो भए। महासंघका पदाधिकारीहरूले थपडी बजाए।

महासंघका सदस्यहरू पहिले कुनै राजनीतिक दलको सक्रिय सदस्य र त्यसपछिमात्र संचारकर्मी हुन थालेका छन्। शासनमा रहेको दलस“ग टीका विष्टको हिमचिम र लसपस नभएर उनी महासंघकी सदस्य मात्र भएकी भए उनी बा“च्ने थिइन् वा थिइनन् यसै भन्न सकि“दैन।

यतिवेला महासंघको छवि व्यावसायिक संचारकर्मीहरूको छाता संगठनभन्दा बढी विभिन्न राजनीतिक दलहरूको खेलमैदानका रूपमा विकसित हुन थालेको छ। महासंघका सदस्यहरू पहिले कुनै राजनीतिक दलको सक्रिय सदस्य र त्यसपछिमात्र संचारकर्मी हुन थालेका छन्। शासनमा रहेको दलस“ग टीका विष्टको हिमचिम र लसपस नभएर उनी महासंघकी सदस्य मात्र भएकी भए उनी बा“च्ने थिइन् वा थिइनन् यसै भन्न सकि“दैन। स्थिति अध्ययनका लागि महासंघको महामिशन पनि रूकुम जाने थिएन। आफ्ना सदस्यहरूलाई सुरक्षित तुल्याउने वातावरणको निर्माणमा महासंघ असफल भएपछि व्यवसायीहरू राजनीतिक दलको छहारीमा ओत लाग्न जानु अस्वाभाविक पनि होइन। अहिलेको अवस्थामा, नेपाली लोकतन्त्रको ठेकेदारी आफ्नो हातमा लिएका राजनीतिक दलहरूको प्रत्यक्षपरोक्ष निर्देशन अनुसार महासंघले आफ्नो भूमिका तय गर्नु पनि उत्तिकै स्वाभाविक हो।
कानून व्यवसायी र संचारकर्मीहरूको दुई छाता संगठन वाहेक अन्य व्यावसायिक संगठनहरू राजनीतिक दलका भातृसंगठनका रूपमा विकसित भइरहेका वेला पत्रकार महासंघको भविष्य संकटमा पर्न थालेको छ। लामो र ऐतिहासिक पृष्ठभूमि भएको पत्रकार महासंघले यतिखेर आफ्नो स्वतन्त्र अस्तिŒवको पहिचान गरेर नाम अनुसारको भूमिका तय गर्न सकेन भने यसको औचित्य समाप्त हुनेछ। स“धै आन्दोलन मात्रै गर्ने र त्यही आन्दोलनको ब्याज खाएर बस्ने प्रवृत्ति महासंघभित्र मौलाउ“दै गएको छ। आन्दोलनका परिणामहरूलाई पू“जीकृत गरेर महासंघको प्रतिष्ठा र प्रभाव वढाउने चिन्ता कसैमा देखिएको छैन। पक्कै पनि, यो महासंघका वर्तमान सभापतिको असफलता होइन। तर, उनी पानीमाथिको ओभानो बन्ने अवस्था भने पक्कै छैन।






You may also like

Powered by Blogger.

.

.

.

.