/
0 Comments
उत्तरदायित्वविहीन पत्रकारिता
— चेतनाथ आचार्य

पत्रकारिता सबैभन्दा संवेदनशील पेशा हो। यो पेशामा सञ्चारकर्मीले गर्ने सानो गल्तीले वर्षौंसम्म पछुताउनुपर्ने हुन्छ। डेनमार्कबाट निस्केको एउटा म्यागेजिनले मुसलमान धर्मावलम्बीहरूका एक ईश्वर पैगम्बर मोहम्मदको कार्टुन छाप्दा नै संसारभरका कट्टरपन्थी मुसलमानहरूको आक्रमणको तारो बन्नुपर्‍यो। पत्रिकाको अर्को अङ्कमा भूलसुधार गर्दै मुसलमान समुदायस“ग पत्रिकाले क्षमायाचना मागेपनि आजसम्म डेनमार्क मुसलमान समुदायको आ“खी भएको छ। नेपालबाटै निस्केको जनआस्था साप्ताहिकले कलाकार श्रीषा कार्कीको नग्न तस्वीर छापेको कुरालाई पीतपत्रकारिताको उदाहरणका रूपमा कलेजका पत्रकारिताका विद्यार्थीहरूले घोकिरहेका छन्।
बाहिरबाट हेर्दा पत्रकारिता आकर्षक छ, त्यत्तिकै जिम्मेवार पनि छ। तर, नेपाली पत्रकारिता सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई अपनाउनु त के सीधै तिरस्कार गरेको पाइन्छ। पत्रकारिता सध“ै अर्काको टिप्पणी गर्ने र गल्ती खोज्ने पेशाका रूपमा चित्रित छ। तर, पत्रकारिताले गल्ती गर्‍यो भने कसले औ“ला ठड्याउने? पत्रकारिता अहं, मैमत्त र दादागिरी होइन। यो सामाजिक सेवा हो, सबैभन्दा उत्तरदायित्वपूर्ण पेशा हो। निमुखाको आवाज, नेत्रविहीनको आ“खा र निसहायको आधार बन्न पत्रकारिताले कहिल्यै आ“ट गरेको देखि“दैन। नेपाली पत्रकारिता बिस्तारै बाटो बिराएर दादागिरीतिर लाग्दैछ। यसका केही ठोस उदाहरण हेरौ“ —
उच्च माध्यमिक विद्यालय शिक्षक–संघले शिक्षामन्त्रालय र उच्च माध्यमिक शिक्षा परिषद्सामु आङ्खना मागहरू राखेर पुस ९ देखि १२ गतेसम्म देशभरका उच्च माविहरू बन्दको आह्वान गर्‍यो। देशभरका उच्चमाविमा यसको आंशिक प्रभाव पर्‍यो। ललितपुर जिल्लाका प्रायः सबै उच्चमावि बन्द रहे, भने काठमाडौ“का प्राय उच्चमावि खुले। पुस ९ गते बिहिबार एभिन्युज टेलिभिजनका सञ्चारकर्मीहरू बन्द रहेका उच्चमाविको समाचार सङ्कलन गर्नेक्रममा पुरानो बानेश्वरको एम्बिसन उच्चमाविमा पुगे। एम्बिसन उच्चमावि खुला रहेर पढाइ भइरहेको थियो। बिहान ८ बजे पुगेका सञ्चारकर्मीले एम्बिसनका पालेदाइलाई खुला रहेको गेट बन्द गर्न लगाएर बाहिरबाट दृश्य खिचे। अनि सा“झ उच्चमावि बन्दको समाचारमा सो दृश्य देखाइयो। बन्दको अवज्ञा समाचार बन्दैनथ्यो, अथवा प्रभाव नै देखाउन अनिवार्य थियो? कस्तो रहस्यमय र हा“सो उठ्दो नाटक †

निमुखाको आवाज, नेत्रविहीको आ“खा र निःसहायको आधार बन्न पत्रकारिताले कहिल्यै आ“ट गरेको देखि“दैन।


लहानबाट एबीसी टेलिभिजनका रिपोर्टरले दुई हप्ता अगाडि सम्प्रेषण गरेको समाचारले सञ्चारकर्मी र समाचारमाथि नै प्रश्नचिन्ह उठाएको छ। व्यक्तिगत रिसइबीका कारण केही व्यक्तिले स्थानीय केरा–व्यापारीको घरबाट चारआना सुन र केही पैसा चोरी गरे। तर, संवाददाले समाचारमा चारआजा सुनलाई चार तोला र केही सय पैसालाई लाखौ“ रूपैया“ भनेर समाचार सम्प्रेषण गरे। समाचार सम्प्रेषण गरेको केही समयमै एबीसी टेलिभिजनको ङ्खल्यास न्युजमा समाचार प्रसारण भयो। त्यसपछि स्क्रोलिङमा समाचार नियमित प्रसारण भइरह्यो। समाचारमा चारआजा सुन र केही पैसा भनेको भए समाचार प्रसारण हु“दैन थियो र स्थानीय समाचारदाताले पारिश्रमिक पनि नपाउने अवस्था। समाचार जति सनसनीपूर्ण भयो त्यति नै समाचारदाताले स्याबासी कमाउने भएकाले सामान्य कुरालाई पनि सनसनीपूर्ण बनाउने कस्तो बिडम्बना †
केही समय अगाडि बीबीसी नेपाली सेवाको अन्तर्वार्तामा प्रश्नकर्ताले एकजना सरकारले नियुक्त गरेका उच्चपदस्थ व्यक्तिलाई प्रश्न गर्दा …आमा कसम भन्नुहोस् त' भनेर प्रश्न सोधे। अदालतमा गीता छुवाएर बकपत्र लिएजस्तो सञ्चारमाध्यमले प्रश्न गर्नु कत्तिको उचित हुन्छ †
पा“च महिनाअगाडि नागरिक दैनिक पत्रिकाले दोस्रो पृष्ठमा …हाप्सिलो' लाटकोसेरो वर्गको चरामा राखेर समाचार प्रकाशन गर्‍यो। हाप्सिलो पंक्षी नभएर एकप्रकारको स्तनधारी जनावर हो, जुन ङ्खयाउरोजस्तै हुन्छ। समाचारको टिप्पणीमा समाचार प्रेषकको स्पष्टोक्ति थियो …मलाई वर्ड कन्जरभेसन नेपालका अधिकारीले जसो भने त्यसै समाचार लेखे“, मलाई के थाहा चरो हो कि समाचार'। समाचारकक्षमा विभिन्न सन्दर्भसामग्री हुन्छन्, जसमा शब्दकोश अनिवार्य हुन्छ। अझ त्यसमाथि आङ्खनो विशेष समाचारक्षेत्रकै संवाददाताले यति सानो कुरामा किन हेलचेक्र्याइ“ †
के त अब पत्रकारिता पत्रुकारितामा र चौथो अंग चुत्थो अङ्गनै बनेको हो त?






You may also like

Powered by Blogger.

.

.

.

.