/
0 Comments
पूर्वाञ्चलका साप्ताहिक पत्रिका वितरणमा कमी

राजकुमार पासवान

अखबारले समाचार, लेख र विश्लेषण तथ्य फरक ढङ्गले पाठकलाई दिन नसकेपछि खासगरी साप्ताहिक पत्रिकाको वितरण र पाठकको सङ्ख्या ह्वात्तै घटेको छ। मुलुकको राजनीति स्थिती थाहा पाउन र विभिन्न लेख, रचना पढेर ज्ञान बढाउन आकृषित भएका पाठकहरू हालका वर्षहरूमा एउटै घटनालाई अतिरञ्जित तरिकाले फरक फरक रूपमा दलगत आधारमा समाचार सम्प्रेषण गर्न थालेपछि पत्रिकाको शोख मात्र गुमेको होइन, स्वतन्त्र पाठकको सङ्ख्या घट्न गई वितरणमा समेत प्रभाव परेको हो।
विगत केही समय अघिसम्म चर्चाको शिखरमा रहेका पत्रपत्रिका हालका दिनहरूमा एक तिहाइ पनि बिक्री हुन छाडेका छन्। यसरी उच्च बिन्दु कायम गरी ओरालोतर्फ लागेका साप्ताहिक पत्रपत्रिकामा खासगरी नवीन, मधेस टाईम्स, जन क्रान्ति, मधेश क्रान्ति लगायत छन्।
तीन वर्ष अघिसम्म हरेक उच्च सुरक्षा अधिकारीको अभिन्न अङ्ग बनेको जनआस्था र माओवादी कार्यकर्ताको गीताको रूपमा रहने जनादेशको उत्पादन र वितरणमा समेत अहिले पत्याउँनै नसकिने गरी कमी आएको छ।


राजनीति प्रति वितृष्णा हुनु, स्वच्छ र व्यावसायिक पत्रकारिता नहुनु, पाठक पनि एउटा आग्रहबाट पे्ररित हुनु, विद्युतीय सञ्चारमाध्यमको दिन प्रतिदिन प्रभाव बढ्नु र समाचारमा फरकपन नदेखिनुले समेत साप्ताहिक पत्रिकाको बिक्री र ग्राहक सङ्ख्यामा कमी आएको अनुमान गर्न सकिन्छ।


पुर्वाञ्चलमा ख्याति कमाएका साप्ताहिक पत्रिकाबाट वितरणबापतको पैसा उठाउन खटिएका प्रतिनिधिले जिल्लाको सदरमुकाम बाहिर पत्रिका बिक्रीबाट आफनो दैनिक भ्रमण भत्ता र यातायात खर्चसमेत उठाउन गाह्रो परिरहेकेा बताए। पत्रिका पसलबाट फिर्ता पठाइएको तथ्याङ्कले पनि साप्ताहिक पत्रिकाको वितरणमा कमी आएको देखिएको छ।

कुनै न कुनै रूपमा दल विशेष रहे पनि विगतमा यी सबै पत्र–पत्रिकाले प्रकाशित गरेका समाचारलाई पाठकले राजपत्रमा प्रकाशित सूचना जस्तै आधिकारिक र विश्वासिलो रूपमा ग्रहण गर्ने गरेकोमा अहिले ती पत्रपत्रिकामा ज्ञानवर्द्धक, अनुसन्धान र सूचनामूलक सामग्रीको साटो दल भित्रका गुट /उपगुटलाई बोकेर गुणस्तरहीन र मनगढन्ते समाचार सम्प्रेषण गर्नाले पत्रिका प्रति पाठकको विश्वास खस्कदै गएको जिल्ला अदालतका राजविराजका अधिवक्ता सुकदेव चौधरीेको कथन रहेको छ।
उनी भन्छन—दलभित्रका गुट /उपगुटका कुराहरू आउनुपर्छ, तर एक गुटलाई उचाल्ने र अर्को गुटलाई पछार्ने काम पत्रिकाको होइन।

मुलुकमा स्थापना भएका आधा दर्जनभन्दा बढी टेलिभिजन च्यानलहरूमा आउने बहस, अन्तरक्रिया, छलफल जस्ता कार्यक्रमले समेत पाठकहरूलाई पत्रिका पढन घटाएको छ।
देशका विभिन्न भागबाट सञ्चालन भएका करीब ४५ भन्दा बढी र सुन्ासरीबाट सञ्चालन सप्तकोशी एफएम ,नमस्ते एफएम ,विजयपुर एफएम , स्टार एफएम र गणतन्त्र एफएमले बिहान ओछ्यानबाट नउठ्दै सबै सूचना र पत्रिका छापिएका खबरसमेत पढेर सुनाउने भएकाले पाठकहरूलाई पत्रिका पढ्नुपर्ने बाध्यतालाई अन्त्य गराएकाले पनि पत्रिका वितरणमा कमी आएको हो ।
तर, अहिले त्यो अवस्था रहेन, सप्तरी सदरम’काम राजविराजबाट प्रकाशित हुने न्यूज टुडे दैनिक, आजको वातावरण दैनिक पाठकको मन जित्न सफल भएको छ। न्यूज टुडे दैनिकको साइजमा आधा दर्जन निस्कनुले समेत साप्ताहिक पत्रिकालाई चुनौती बढेको छ।

श्री सत्यापन साप्ताहिकका प्रकाशक/सम्पादक सुरेन्द्र गुप्ताले पत्रिका वितरणमा आएको मन्दीलाई स्विकार्दै विगतमा सूचना प्रवाह गरी आमजनताको मन जित्न सफल साप्ताहिक पत्रिकालाई सप्तरी जिल्लामा सञ्चार क्षेत्रमा आएको आमूल परिवर्तनले अब विचार विश्लेषण गर्ने जिम्मेवारी आएको छ–भन्नुभयो।
सप्तरीका श्री सत्यापन साप्ताहिक पत्रिका भनेको पत्रकारिताका हुन भन्दै उहाँले पाठकले खोजेजति सामग्री पस्कन नसके पनि मुलुकको कतिपय कठिन परिस्थितिमा साप्ताहिक पत्रिकाले पुर्‍याएको योगदान कसैले बिर्सन नसक्ने उल्लेख गर्नुभयो।

विगत पाँच/सात वर्षभित्र मासिक, पाक्षिक हुँदै साप्ताहिकसम्म झरेका हिमाल, नेपाल, समय र मुल्याङ्कन जस्ता पत्रिका तुलनात्मक रूपमा गुणस्तरीय भए पनि चर्को मूल्यका कारण सामान्य पाठकको पहँुचबाट बाहिर रहेकालेे, वास्तविक पढनुपर्ने र पढाउनुपर्ने पाठकलाई दिन नसकिएको यहाँका पत्रिका व्यवसायीहरुको भनाइ रहेको छ।

राजनीति प्रति वितृष्णा हुनु, स्वच्छ र व्यावसायिक पत्रकारिता नहुनु, पाठक पनि एउटा आग्रहबाट पे्ररित हुनु, विद्युतीय सञ्चारमाध्यमको दिन प्रतिदिन प्रभाव बढ्नु र समाचारमा फरकपन नदेखिनुले समेत साप्ताहिक पत्रिकाको बिक्री र ग्राहक सङ्ख्यामा कमी आएको अनुमान गर्न सकिन्छ।


You may also like

Powered by Blogger.

.

.

.

.