/
0 Comments
भ्रम बा“ड्दै टेलिभिजनहरू
— रमेश न्यौपाने

२०६५ साल चैत्र १९ गते एकाबिहानै केही टेलिभिजन च्यानलहरुले दुर्घटनाको …तात्तातो समाचार' पर्दाबाट पस्के। समाचारमा, नुवाकोटबाट काठमाडौ“ आउ“दै गरेको बस बीचमै दुर्घटनाग्रस्त भएको र ४ जनाको मृत्यु भएको तथा दर्जनबढी घाइते भएको उल्लेख थियो। तर, एकैछिनमा पत्ता लाग्यो बस दुर्घटनामा परेकै थिएन। भएको के रहेछ भने अंग्रेजी महिना अनुसार, त्यो दिन अप्रिल फस्ट परेकाले नुवाकोटका संवाददाताहरुलाई कसैले फोन गरेर मूर्ख बनाउन गलत सूचना दिएको थियो। संवाददाताहरुले त्यो समाचारलाई यसरी पत्याए कि उनीहरुलाई न समाचारको स्रोत पुष्टि गर्नुपर्‍या,े न वास्तविकता केलाउनुपर्‍यो। उनीहरुलाई पहिले समाचार ब्रेक गर्ने भूत चढेको थियो ।
गत साउनमा सबै टेलिभिजन च्यानलहरुले काठमाडौ“बाट उदयपुर कटारी जा“दैगरेको बस त्रिशुली नदीमा खसेर बेपत्ता भएको समाचार प्रसारण गरिरहे। तर, बिहान पत्ता लाग्यो त्रिशुलीमा खसेको भनिएको बस त कटारी पो पुगिसकेछ। समाचारमा भनिएजस्तो न बस त्रिशुलीमा झरेको थियो न दर्जनौ“ यात्रु बेपत्ता भएका थिए। खासमा त टेलिभिजन च्यानलहरुले मृत्युको भयावह त्रास पो बा“डिरहेका थिए।
संसारमा टेलिभिजन प्रसारण सुरु भएको आधा शताब्दीपछि तात्कालीन शासकको इच्छा र रुचिमा सुरु भएको नेपाली टेलिभिजन च्यानलहरु प्रसारण यात्रामा बामे सर्ने स्थितिबाट दौडने अवस्थासम्म आइपुगिसेका छन्। १० वटा प्रसारण गरिरहेका र प्रसारणको तयारीमा रहेका थप कयौ“ टेलिभिजन च्यानलहरु प्रतिस्पर्धाको राजमार्गमा अरु च्यानललाई उछिन्न उद्यत् छन् र रहनेछन्।
केही समयभित्रै नेपालमै न्यूज च्यानलहरुको संख्या आधा दर्जन पुग्दैछन्। तर, प्रवृत्ति हेर्दा टेलिभिजनहरु स्तर बढाउने र सामाग्रीमा मौलिकता र विविधता दिने होइन ,भ्ाारतीय च्यानल …आजतक'को नेपाली सस्ता संस्करण जस्ता लाग्छन्। नन् इस्युलाई इस्यु बनाउने र टिप्नुपर्ने इस्युलाई बिर्सीदिने खास प्रवृत्तिलाई यिनीहरुले हुर्काउ“दैछन्। सबैभन्दा डरलाग्दो कुरो सूचनालाई पुष्टि–पुनर्पुष्टि गर्नु र विश्वसनीय बनाउनुको बदला प्रथम हुने होडमा …जे आउ“छ त्यही खबर ब्रेकिङ्ग' बनाएर दिइहाल्ने चलनले समाचार र ब्रेकिङ्ग न्यूजको नै गरिमा क्रमशः धूमिल हु“दैछ।
बिहानको समाचार पढ्दा …आज दिउ“सो भएको कार्यक्रममा' भन्ने र समाचार पढ्दापढ्दै खल्तीको मोबाइल बजाउने टेलिभिजनकर्मीले टेलिभजनको पर्दामा सक्कली अनुहार देखाएका छन्।

टेलिभिजनले जेे दिएपनि समाचार हुन्छ र त्यसलाई दर्शकले ग्रहण गर्नैपर्छ भन्ने दम्भले टेलिभिजन च्यानललाई किच्दै लगेको छ। सन्देशमा विचार गर्नुभन्दा पनि समाचारमा आफ्नो विचार र मतलाई हालेर …जेसुकै होस् ठोक्दे' प्रवृत्ति हुर्कदैगर्दा जे पनि समाचार हो भन्ने अवधारणा बढ्दै गएको छ।
केही नेताजीका बासी अनुहार वरिपरि घुमिरहने टेलिभिजन क्यामेराहरु अझै पनि शहर र राजनीतिबाट बाहिर निस्कने आ“ट गर्न सकेका छैनन्। कतै दुर्घटना या हिंसाको खबर दि“दा खेद होइन प्रस्तोताको अनुहारमा युद्ध जितेर फर्केको सिपाहीको जस्तो विजयीभाव देख्न पाइन्छ। हातमा …बुम' बोकेका टेलिभिजनकर्मी पनि …भक्सपप' या कुनै नाममा सर्वसाधारणस“ग यसरी प्रस्तुत भइदिन्छन् कि विचारा सर्वसाधारणहरु उनीहरुस“ग उल्टै तर्सिन पुग्छन् । बिहानको समाचार पढ्दा …आज दिउ“सो भएको कार्यक्रममा' भन्ने र समाचार पढ्दापढ्दै खल्तीको मोबाइल बजाउने टेलिभिजन कर्मीले टेलिभजनको पर्दामा सक्कली अनुहार देखाएका छन्।
विषयदेखि प्रस्तुतिसम्म, रुपदेखि सारसम्म टेलिभिजन च्यानलहरु ओजनदार होइन झन् झन् हलुका बन्दैछन्। समाचार, ब्रेकिङ्ग न्यूज, समाचारमूलक कार्यक्रम, जनमत, करेन्ट अफेयर्स सबैले टेलिभिजनको गरिमालाई सम्हाल्न नसकेको देखि“दैछ। …चौथो अङ्ग' भनेर घमण्ड गरिरहने हो भने बेग्लै कुरा हो, नत्र अरुको समीक्षा गर्न …तीनहात बित्ता' अघि सर्ने टेलिभिजन च्यानलहरुले आफ्नो गल्ती कमजोरी सुधार्न जा“गर देखाउ“नै पर्छ। समाचार उत्पादन प्रकृयाको गल्ती त परै जाओस् पढ्दै गरेको समाचार रोकेर खल्तीमा बजिरहेको मोबाइल अफ गर्नुपर्ने स्थिति दोहोरिइरहने नाटक हेर्न गुरुकुल नै किन धाइरहनुपर्‍यो र?



You may also like

Powered by Blogger.

.

.

.

.