/
0 Comments
टेलीभिजन पत्रकारिता ग्याल्मरस भन्दा दुःख धेरै
– जनकराज सापकोटा
नेपालको टेलीभिजन पत्रकारहरु आफैमा विचारहरु हुन। यो एउटा यस्तो प्रवृत्ती भैसकेको छ, जसलाई न पत्रकारहरुले व्यवस्थापन गर्न सकेका छन न पत्रकारका मालीकहरुले। मेरा दर्जन भन्दा वढी यस्ता साथीहरु छन् जो कुन हप्ता कुन टेलीभिजनमा हुन्छन भन्नै गाह्रो छ। नियमित तलब नपाउनु, सेवा र ुुसुविधामा असमान वितरण हुनु यसका प्रमुख कारण हुन। तर त्यसका पछाडी कतिपय अवस्थामा पत्रकारहरुविचको जुागाको लडाइ पनि कारण नबनेको होइन।
टेलीभिजनको बुम समातेर रिपोटिङ गर्नु बाहीरी रुपमा जति ग्याल्मरस र आर्कषक छ त्यति नै त्यसभीत्रको अन्तरकथा दर्दनाक छ। कतिपय पत्रकारहरु साथीहरु आत्मरतीका लागि पनि काम गरिरहेका छन्। त्यसका पछाडी आफ्नै वाध्यता र कारणहरु जिम्मेवार होलान। तर टेलीभिजन पत्रकारितालाई यति साह्रो सस्तो र कमजोर बनाउनुका पछाडी मिडीयाका मालीकहरु जति जिम्मेवार छन् त्यति नै पत्रकारहरु पनि।
दुई सय तलब वढी पायो भन्दैमा टेलीभिजन छाड्दै हिडनु पत्रकारको धर्म होइन। त्यसो त मिडियाका मालीकहरु पनि चोखा छैनन् , आफु अनुकूल डम्फु बजाइदिए पत्रकार जाति र गतिलो हुने आफू अनुकुल गरिदिएन भने अगतिलो हुने नेपाली टेलीभिजन पत्रकारिताको वास्तविकता हो।
दिनभर नेताका वरीपरी समाचारको लागि माथापच्चीसी गरिरहने टेलीभिजन पत्रकारहरुको आर्थिक अभावको पीडा सुन्ने हो भने दुःख लागेर आउछ। प्रतिस्पर्धामा नाममा बग्रेल्ती खुलेको टेलीभिजन च्यानलहरु खहरे खोलाजस्तो देखीएका छन्। सुरुमा के के न गर्ला जस्तो गर्ने अन्तमा केही नर्गने। नयाँ टेलीभिजन च्यानल सुरु नहुँदै देखी त्यसको लगानी र उद्धेश्यको बारेमा हुने बजार हल्लाहरुले हाम्रो टेलीभिजन च्यानलहरुको उचाइ पुडको बनाइदिएको छ। यसरी चल्ने हल्ल्ााहरु धेरै हावादारी भएपनि त्यसका पछाडी केही सत्यताको अंश रहेको कुरालाई नर्कान सकिदैन्। एभिन्युज टेलीभिजन प्रसारण सुरु नहुँदै त्यसका बारेमा बजारमा चलेका हल्ला, एबीसी टेलीभिजन प्रसारण नहुँदै त्यसको लगानी र उद्धेश्यको विषयमा चलेको हल्ला र न्युज नेपाल नेशनल टेलीभिजन सुरु नहुँदै त्यसको बारेमा मिडीया जगतमा चलेका हल्लाहरु सबै निराधार होईनन।
लगानीमा अपारदर्शीता, सरकारी नियमनको अभाव, पत्रकारहरुको व्यवसायिक दक्षतामाथी उठेको प्रश्न सबै माथीको कारणका निम्ती जिम्मेवार छन्।



You may also like

Powered by Blogger.

.

.

.

.