के के भने सम्पादकहरुले

/
0 Comments



५ असोज । ०६९ । फाईन पि्रन्ट आयोजना र एनसेलको प्रायोजनमा काठमाडौंको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा भएको नेपाली मिडीयामाथीको भएको बहसले गम्भीर प्रश्नहरु जन्माईदिएको छ । जसको उत्तर आफैमा दुरुह छ । तर यो बहसले के नेपाली मिडीया नेपाली समाजप्रति जिम्मेवार छ ? छैन भने त्यसका पछाडीका कारणहरु के के थिए भन्ने प्रश्नहरुको सांकेतिक उत्तरहरु भने दिएको छ । कान्तिपुर दैनिकका पत्रकार सुधिर शर्मा, नागरिक दैनिकका सम्पादक किशोर नेपाल र अंग्रेजी दैनिक दि हिमालयन टाईम्सका सम्पादक अजयभद्र खनालका विचारहरुले नेपाली मिडीयाको अवस्थिती, दिशा र दशा दर्शाईरहेका थिए । कार्यक्रममा के के भने उनीहरुले त्यसको सारसंक्षेप ः 


सुधिर शर्मा, सम्पादक कान्तिपुर दैनिक ः
· अनलाईन र एफएम रेडियोहरुको वढोत्तरीले गर्दा दैनिक पत्रिकाहरुले आफ्नो परम्परागत मिडीयाको कन्टेन्ट फेर्नुपर्ने बाध्यता सिर्जना भएको छ । पाठकहरुलाई बासी समाचार दिने कि त्यो भन्दा फरक कुरा पनि दिनुपर्छ भन्ने बहसको सिर्जना भईसकको छ ।   
· नेपाली मिडीयाले सामाजीक जीवनलाई गती दिन मद्धत पुर्याईरहेका छन् । नेपाली समाज र राजनीतिमा मिडीयाले भूमीका नखेलेको भए सायद यतिखेर नेपाली समाज र राजनीति दुवै अत्यन्तै धेरै विथोलीएको हुन्थ्यो । संविधानसभा अवसानाकेा समयमा समाजमा उठेका उग्र जातीय मुद्धाहरुलाई मिडीयाले सर्मथन गरेन । त्यसैका कारण नेपाली समाज थप ध्रुवीकरण हुनबाट जोगीयो । 
· आजसम्म पनि संघीयता वा शक्ती विकेन्दि्रकरणको मुद्धा वा बहस काठमाडौं केन्दि्रत नै छ । जतीपनि सामाजीक आन्दोलनहरु भएका छन् ति पनि कुनै न कुनै रुपमा काठमाडौंसंग नै जोडीएका छन् । त्यसैले मिडीया पनि काठमाडौं केन्दि्रत भएको जस्तो देखीएको हो । मिडीया पनि समाजकै एउटा अंग भएको हुनाले सामाजीक अभ्यासको प्रभाव मिडीयामा पनि परेको हो । यद्यपी हामीले मोफसलका चार ठाउबाट पत्रिका प्रकाशन गरेर त्यसलाई चिर्ने अभ्यास गरेका छौं । तर त्यो त्यती सजिलो छैन । संघीयतामा गईसकेपछि त्यसका नया आयामहरु देखीन सक्छन । 
· काठमाडौं र शहरी क्षेत्रमा हुने सामाजीक परिवर्तनहरुमा मिडीयाकेा प्रभ्ाव निश्चय नै छ । मिडीयाले समाजमा प्रभाव नै पारेको छैन भन्न मिल्दैन । मिडीयालाई कम आक्नु हुदैन । 
· हिजो पत्रिका निकाल्ने आफै सम्पादक र प्रकाशक हुन्थे । आज कम्सेकम प्रकाशकबाट केही शक्ती सम्पादकसम्म पनि आएको छ । तर पनि पत्रकार हुन कुनैपनि मापदण्ड नचाहिने प्रवृत्तीने समस्या निमत्याएको छ । विकृती वढाएकेा पनि छ र प्रश्नचिन्ह खडा गरीदिएको छ । 
· राजनीति विग्रीएकाले मिडीयाले अरु विषयमा ठाउ नदिएको जस्तो मात्रै लागेको हो । तर अरु विषयका समाचारहरु पनि पत्रिकामा आईरहेका छन् । पत्रिकाको पहिलो पेजमा मात्रै धेरै राजनीतिक समाचार आएको सत्य हो । तर सिंगो पत्रिकाभरी भने अन्य विषयहरुले पनि ठाउ पाएको छ । 
· सिक्दै, काम गर्दै र फेरी सिक्दै नेपाली मिडीया अगाडी वढेको छ । यो अभ्यासका क्रममा केही गल्तीहरु पनि नभएका होईनन । तर समग्रमा मिडीयाले विस्तारै सिक्दैछ । 

किशोर नेपाल, सम्पादक, नागरिक दैनिक 

· एजेन्डा सेट गर्ने काम मिडीयाकेा होईन । त्यो त जनताको काम हो । जनताले सेट गरेको एजेन्डालाई मिडीयाले अगाडी ल्याउने मात्रै हो । तर हिजोआज मिडीयाले राजनीतिक दलको एजेन्डा सेट गर्न थालेको छ । समाजको मूल्य र मान्यताहरु कसरी परिवर्तन भएका छन र कसरी स्थापित भएका छन भन्ने कुरामा मिडीयाहरु वढी नै चुकेका छन् । 
· सम्पादकहरुलाई पनि भ्रम छ । सम्पादक भएपछि सबै कुरा आफै हृवारहृवार्ती आईहाल्छ भन्ने भ्रम छ । हामी सम्पादकहरुले गर्नुपर्ने टिम वर्क गर्न सकेका छैनौं । 
· पत्रकार महासंघ भनेको राजनीतिक दलका गठजोड भएको छ । तिनीहरु मिडीयको बारेमा अध्ययन र अनुसन्धानहरु गर्दैनन बरु सामान्य घटनाहरुलाई असामान्य बनाउनको निम्ती प्रेस विज्ञप्ती निकाल्छन । 
· नेपाली पत्रिकाहरुको प्रभाव नेपाली समाजमा छैन । बरु त्यो प्रभाव त राजनीतिक दलहरुमा र व्युरोक्रेसीमा मात्रै छ । समाजमा यतिका धेरै क्षेत्रमा भ्रष्ट्राचार वढेको छ तर मिडीयाले त्यसलाई उधिन्न नै सकेको छैन । त्यसप्रति मिडीयाको ध्यान खै ? त्यही भएर अखबारहरु पठनिय छैनन । हरेक साझ पत्रिकामा समाचार भर्ने र विहान सखारै घरदैलोमा पुर्याउने काममा मात्रै पत्रिकाहरु सिमीत छन् । पत्रिकाहरु रुटिन कामको एउटा श्रृखला जस्तो मात्रै छन् । सम्पादकहरु पनि सधै उस्तै र उही कुराहरु मात्रै लेख्छन, सनातनी पाराले । हाम्रा सम्पादकीयहरु कती जनाले पढछन भन्ने कुरा कसलाई थाह छ । 
· आफैले फुर्ती लगाउने र हामी प्रभावशाली छौं भन्ने र राजनीतिक तहमा आफ्नो ठाउ सुरक्षित गरीरहने काममा मात्रै मिडीया सिमीत भएको छ । वासिङ्गटन पोष्ट र न्युयोर्क टाईम्सजस्ता हाम्रा अखबारहरुको प्रभाव नेपाली समाजमा छैन । मिडीयाको जुन हिसाबले प्रभावशाली हुनुपर्ने हो त्यस्तो छैन । 
· मिडीयाहरु गाउ केन्दि्रत भएनन भन्ने कुरा हुनै नसक्ने कुरा हो, अहिलेको सन्र्दभमा । संघीयता भईसकेपछि पनि मिडीया अहिले जस्तै काठमाडौं केन्दि्रत नै हुनेछन । किनकी अहिले पनि नागरिकका पुर्वेली र पश्चिमेली संस्करण निस्किदा त्यहाका स्थ्ाानियहरु काठमाडौंकै पत्रिका पढन खोज्छन । संघीयताको संरचनाले मिडीयालाई भरथेग गर्ने सम्भावना पनि देखीदैन । 
· मिडीयाले समाजको बारेमा केही लेख्न सकेको छैन । वर्षको अर्वौ पैसा वैदेशीक रोजगारीबाट नेपाल भित्रीन्छ । तर पत्रिकामा भने अरबका देशबाट काठका बाकसमा लास आएको समाचार मात्रै छापिन्छ । कतारबाट पैसा कमाउन पत्रिकाको संस्करण निकाल्ने काम मात्रै भएको छ । समाज र स्वास्थ्यको बारेमा मिडीयाले खै लेखेको ? 

अखिलेश उपाध्याय, सम्पादक, दि हिमालयन टाईम्स 

· समाजमा विचारको भ्रम र द्वन्द्व विद्यमान छ । अहिले सबै मानीसहरु आफ्नो विचार राख्न सक्षम भएका छन् । तर ति सबैको विचार विश्लेषण भने होईन । तर विचारलाई नै विश्लेषण भनेर मिडीयाले पस्किने काम भएको छ । 
· मिडीयाको काम अर्थपूर्ण रुपमा समाजलाई प्रतिबिम्बन गर्नु हो । तर मिडीयाले सही प्रतिबिम्बन गर्न सकिरहेको छैन । त्यसैले समाजमा विचारहरुको भ्रम भएको छ ।  विचार पस्किने र भ्रम सिर्जना गर्ने काममा मिडीया अगाडी छ । 



You may also like

Powered by Blogger.

.

.

.

.