/
0 Comments
अन्तर्राष्ट्रिय मिडियामा नेपाल

जनक तिमिल्सिना
मुख्यतया संञ्चार माध्यमको प्रादुर्भाव नै पश्चिमा मुलुकहरुबाट भएकोले पश्चिमा मिडिया सोसाइटी पनि विकासको स्वर्णयुगमा छ। डेली कुरान्टबाट आफ्नो दैनिक पत्रकारिताको यात्रा थालेको बेलायतको मिडिया सोसाइटी अहिले द सनजस्तो विश्वकै सर्वाधिक लोकप्रिय दैनिकसम्मको अवस्थामा पुगेको छ। यसैगरी बोस्टन न्यूजलेटरदेखि शुरु भएको अमेरिकाको छापा पत्रकारिता अहिले विश्वकै लोकप्रिय वासिङटन पोष्ट र न्यूयोर्क टाइम्सजस्ता जनप्रिय छापा तथा अनलाइन संस्करणसम्म पुगेको छ। प्रविधि र विकासको क्षेत्रमा मारेको यही फड्कोका कारण अहिले यूरोप, अमेरिका र अधिंकाश पश्चिमा देशहरुमा मिडिया उद्योग निकै फस्टाएको छ।
प्रविधिको विकास र इन्टरनेटका सञ्जालहरुले विश्वलाई ग्लोबल भिलेजमा परिणत गरिदिएको छ। सूचना संप्रेषणको दुनियामा भौगिलिक दुरी अब बाधक बन्न छाडिसकेको छ। र, प्रतिस्पर्धी सञ्चार माध्यमका अगाडि समाचार नछुटोस् भन्ने ध्येयले पनि समाचार लेख्नैपर्ने बाध्यात्मक स्थिति पैदा हुन्छ। अन्तर्राष्ट्रिय समाचारलाई समेट्ने शैलीका रुपमा छाताधारी पत्रकारिता (प्यारासुट जर्नालिज्म) को प्रवृत्ति पनि अहिले देख्न सकिन्छ जहा“ घटनाको ओज धेरै भएकाले विश्वभरिका पत्रकारहरू निश्चित ठाउ“मा भेला हुन्छन् र निश्चित अवधिसम्म समाचार संकलन गरेर फर्कन्छन्। तर, भिन्न राजनीतिक परिस्थितिका विषयमा अन्तर्राष्ट्रिय समाचार प्रस्तुत गर्दा कतिपय देशका सञ्चार माध्यमले राष्ट्रिय दृष्टिकोणलाई समेत मिसाउ“छन्।
तर मिडियामा पनि जसको शक्ति उसको भक्तिको प्रवृत्ति कायम छ। विश्वका ठूला मिडियाहरुले उठाउने नेपालजस्ता अल्पविकसित देशका मुद्धाहरुलाई हेर्दा मिडियाहरुले ती देशहरुलाई न्याय गर्न सकिरहेका छैनन् भन्ने प्रष्ट हुन्छ। ती मिडियाहरुले अल्पविकसित देशका सफलताका कथाभन्दा पनि त्यहा“ विद्यमान विसंगतीहरुलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ। यसबाट नेपाल पनि अछुतो छैन।
विदेशी सञ्चार माध्यममा नेपाललाई खोजि गरियो भने यहाका राम्रा पक्षभन्दा राजनीतिक संकट र रुढीवादसंग सम्वन्धित समाचारहरुलाई उनीहरुले मसला बनाइरहेका हुन्छन्। यसका केही दृष्टान्त र आयामहरुको बारेमा यहा“ चर्चा गरिएको छ।
नोभेम्बर २५ को बेलायतको टाइम्स अनलाइन संस्करणले आफ्नो समाचारमा नेपाललाई विश्वको सबैभन्दा ठुलो बलि दिने देशको रुपमा प्रस्तुत गरेको छ। बाराको गढीमाई मन्दिरमा हुने बलिको बारेमा थाउजेण्ड टेक पार्ट अफ वर्ल्ड लार्जेस्ट रिचुअल एनिमल स्लटर शीर्षकमा समाचार लेखिएको छ तर समाचारमा भरपर्दो स्रोतको उल्लेख छैन। यो विश्वमै सबैभन्दा ठूलो बली हो भनेर समाचारमा भनिएपनि त्यसको आधारहरु त्यहा“ छैनन्। बाराको गढीमाई मन्दिरमा भएको बलिलाई प्रायः ठूला अन्तर्राष्ट्रिय मिडियाहरुले व्यापक रुपमा कभर गरेका छन्।
नोभेम्बर २४ को न्यूयोर्क टाइम्सले पनि बारामा भएको बलिलाई महत्वका साथ प्रकाशित गरेको छ। न्युयोर्क टाइम्सले हिन्दुज एट फेस्टिबल सेक्रीफाइस, टु मिलियन एनिमल डेस्पाइट प्रोेटेस्टभन्ने शीर्षकमा बरियापुर बाराको सोही न्यूजलाई महत्वकासाथ कभर गरेको छ। न्यूयोर्क टाइम्स पनि नेपाली मन्त्रीहरुका अनुसार विश्वकै सबैभन्दा धेरै बली चढाइने ठाउ“ भनेर लेखेको छ। तर, कुन मन्त्रीका अनुसार हो भन्ने कुरामा भने समाचारमा स्रोतको उल्लेख गरिएको छैन।
यसैगरी अमेरिकाकै अर्को चर्चित अमेरिकी पत्रिका वासिङटन पोष्टले पनि लगातार रुपमा बाराको यो घटनालाई कभरेज गरेको छ।
यसैगरी युरोपको द डेलीमेलले सेप्टेम्बर ९ मा जेरी हेरवेल ह्याज अनोदर म्यान अन हर आर्म बट दीस टाइम इज नेप्लीज प्राइमिनिष्टर शीर्षकमा जेरीस“ग प्रधानमन्त्री नेपालको भेटलाई नाटकीय शैलीमा प्रस्तुत गरेको छ। त्यहा“ जेरीको नेपाल भ्रमणका क्रममा भएका सकारात्मक कामभन्दा जेरीले प्रधानमन्त्री माधवकुमार नेपालको पाखुर समाएको विषयलाई सनसनीपूर्ण बनाइएको छ।
तीन साता अघि नेपालमा एकल महिलाहरुले ग®ेको वि®ोध प्रदर्शनको समाचा® बीबीसी च्यानल फो®मा प्रसा®ण भएपछि नेपालसम्बन्धी चासो युरोपमा बहसको रुपमा देखापर्‍यो। विनाशुल्क वित®ण हुने इभिनिङ स्टान्डर्ड ® फ्रि मेट्रोजस्ता दैनिक पत्रिकाहरुम्ँँ समेत फोटोसहित छापिएको सो समाचा®ले विशेषग®ी धे®ै महिलाहरुको ध्यानाकर्षण गर्‍यो। विशेष गरी यो समाचारले नेपालका महिलाहरु अ“झैपनि दासताको युगमा भएको शन्देश दिएको थियो।
यसैगरी भारतको सबैभन्दा चर्चित पत्रिका टाइम्स अफ इन्डिया आफ्नो डिसेम्बर १ को अंकमा शोभाराजका कारण नेपाली न्याधीसहरु भाग्यमानी शीर्षकमा श्ाोभराजको मु्द्धा चलिरह“दा उनको केस हेरिरहेका दुई जना प्रधानन्याधीस भए भनेर छापेको छ। शोभराजको मुद्धा र न्यायाधीसहरुको बढुवा बिल्कुल असम्बन्धित भएपनि यसको शीर्षक भ्रम सिर्जना गर्ने खालको थियो।
यसैगरी यूरोपियन सञ्चारमाध्यम फ्री मेट्रोले राइस फार्मर प्लो न्युड शीर्षकमा समाचार छाप्यो। यी त भए पश्चिमा मिडियाले कभरेज गरेका पछिल्ला केही समाचारहरु। यसबाहेक पनि उनीहरु आफ्नो देशको कुटनीतिक पोलिसीलाई प्रस्तुत गर्ने गरी पस्किरहेका हुन्छन् समाचारहरु।
गत बैशाखमा प्रधानसेनापति प्रकरणमा एकीकृत नेकपा माओवादीले सरकार छाडेपछि र राष्ट्रपति रामवरण यादवले सरकारको निर्णय उल्ट्याएपछि नेपालमा उत्पन्न नया“ राजनीतिक परिस्थिति कुनै बेला अन्तर्राष्ट्रिय सञ्चार माध्यमका लागि खुराक बनेको थियो। ती सञ्चार माध्यममा नेपालको समाचार कतै निकटताका आधारमा, कतै छाताधारी प्रवृत्तिका रुपमा त कतै राष्ट्रिय स्वार्थका आधारमा प्रकाशित एवं प्रसारित भइरहेका छन्।
नेपालमा उत्पन्न नया“ परिस्थितिका बारेमा विशेष गरी भारतीय सञ्चार माध्यमले धेरै समाचार प्रकाशन/प्रसारण गरे भने अमेरिकी सञ्चार माध्यमले पनि नेपालको घटनाक्रमलाई महत्वपूर्ण स्थान दिए।
…नेपालमा पछिल्लो संकट माओवादी शान्तिको बाटोमा छन् भन्नेमा विश्वास गर्नेहरूका लागि एउटा राम्रो पाठ र कम्युनिस्ट धोकापनको एउटा गतिलो केस स्टडी हो,' वासिङ्टन पोस्टले लेखेको थियो। भिडियो टेपमा देखाएका दृश्य र पार्टी अध्यक्ष दाहालले बोलेका शब्दहरू प्रस्तुत गर्दै सम्पादकीयमा प्रचण्ड स्वयंले आतंकवादी हु“ भनी स्वीकारेको उल्लेख छ।
यसरी हेर्दा वासिङ्टन पोष्टको सम्पादकीयले नेपालका माओवादीलाई हेर्ने अमेरिकी दृष्टिकोणलाई प्रत्यक्ष रुपमा पेस गर्‍यो। अन्तर्राष्ट्रिय सूचना प्रवाह गर्दा कस्ता समाचारलाई प्राथमिकता दिइन्छ भन्ने सन्दर्भमा वासिङटन पोस्टको सम्पादकीय एउटा उदाहरण हो जसले निष्पक्ष विश्लेषणभन्दा पनि अमेरिकी नीतिको सोझै वकालत गरेको छ।
छिमेकी राष्ट्रको हैसियतले भूगोल, संस्कृति, पेसा र उत्पत्तिका आधारमा नेपाल र भारत दुवै देशका सञ्चार माध्यममा एकआपसका समाचारलाई प्राथमिकताका साथ प्रकाशित र प्रसारित गर्दै आएको पाइन्छ। ठूलो छिमेकीको हैसियतले नेपालमाथि भारतका प्रशस्तै राजनीतिक स्वार्थ छन्। यस अर्थमा नेपाली विषयवस्तुलाई प्रस्तुत गर्ने कतिपय भारतीय सञ्चार माध्यमले विषयवस्तुको निष्पक्ष प्रस्तुतिभन्दा पनि राष्ट्रिय स्वार्थको धार पकडेको पाइन्छ।
अन्तर्राष्ट्रिय समाचारको प्रवाहमा स्थानीय समाचारदाताको समाचारलाई प्रस्तुत गर्ने शैली र उसको व्यक्तिगत दृष्टिकोणले पनि प्रभाव पार्छ। उपयोगिताको दृष्टिकोणले राजनीतिक स्वार्थ वा सम्बन्ध, आर्थिक, व्यापारिक सन्धि सम्झौता नभएको, सम्बन्धित देशका मानिसहरूको उल्लेखनीय उपस्थिति नरहेको परिस्थिति वा कुनै खास रुचिकर आम सूचनाको अनुपस्थितिमा अन्तर्राष्ट्रिय समाचारको खास अर्थ रह“दैन तर विश्वव्यापी रुपमा हेरिने बीबीसीजस्ता समाचार संस्थाहरूका लागि अन्तर्राष्ट्रिय विषयको समाचार प्रवाह गर्नु बाध्यात्मक हुन्छ।
समग्रममा ठूला मिडियाहरुको मसला हाम्रो भोकमरी, रुढीवाद, अशिक्षा, राजनीतिक सङ्कट र प्राकृतिक प्रकोप बन्दै आएका छन्। कतिपय समाचारले पत्रकारितामा निकटता (प्रोक्सिमिटी) को दृष्टिकोणबाट अन्तर्राष्ट्रिय समाचारको मूल्य निर्धारण गरेका हुन्छन् भने कतिपय समाचार लेख्नकै लागि लेखिएजस्ता लाग्छन्। यसले हाम्रो अन्तर्राष्ट्रिय छवीलाई नकारात्कमरुपमा प्रस्तुत गर्ने शिवाय केही गर्दैन। यस्ता विषयहरुमा बहस थाल्न जरुरी छ।


You may also like

Powered by Blogger.

.

.

.

.